निर्णय नं. ४३९४ - लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेकोलागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३९४ - लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेकोलागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/२९ २५१० निर्णय नं. ४३९४ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २१३ फैसला भएको मिति: २०४८।१०।२९।४ मा निवेदक/प्रतिवादी: जि.का.का.शाखा काठमाडौंमा थुनामा रहेको शुसिलदेव वंगाली विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार मुद्दा : लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको (१) कसैले कुनै प्रलोभन दिंदैमा कानुन वर्जित कार्य गरेकोमा त्यस्को दायित्वबाट उम्किन नपाउने । (प्रकरण नं. १४) (२) प्रहरी प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट पनि मुद्दा दायर गर्न अनुरोध गरी अड्डाको छाप समेत लगाएको देखिँदा कारवाही पूर्णतः बेरीत भन्न नसकिने । (प्रकरण नं. १४) (३) ८० ग्राम हेरोइन ल्याएकोलाई सानो मात्रा मान्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री तिर्थ बसौला विपक्षीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. म.क्षे.अ.को इन्साफमा चित्त नबुझी दायर हुन आएको प्रस्तुत पुनरावेदन तथा मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. होटल आनन्द लजको कोठा नं. ९ मा बसेको सुशिलदेव वंगाली बसेको कोठा तलासी लिंदा निजको सुटकेश भित्र पोलिथीन झोलामा पोको पारी राखेको पोको खोली हेर्दा अवैध लागू औषध हेरोइन सेतो र निज शुसिलदेव वंगालीलाई पक्राउ गरी लगेको हो भन्ने समेत व्यहोराको मिति २०४३।८।२४।३ को बरामदी मुचुल्का । ३. लागू औषध सेतो हेरोइन ८० ग्राम स्वयंले भारतबाट नेपालमा विक्री गर्न भनी ल्याएको हो भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाडौंमा प्रतिवादी शुसिलदेव वंगालीको वयान कागज । ४. बरामद भएको ८० ग्राम हिरोइन र शुसिलदेव वंगालीलाई पक्राउ गरी लगेको ठिक हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. प्रतिवादी शुसिलदेव वंगालीले लागू औषध नियन्त्रण ऐन, २०३३ (संशोधन सहित) को दफा ४ (ङ), (च) को कसूर गरेको प्रष्ट देखिन्छ । तसर्थ निज शुसिलदेव वंगाली उपर उक्त ऐनको दफा १४ (ग) अनुसार कारवाही भै सजाय हुन अनुरोध छ भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रहरी प्रतिवेदन । ६. भिसा पासपोर्ट बनाउनको लागि सुपरफास्ट सर्भिसेजका लछुमनले हिरोइन ल्याइदे, सो पासपोर्ट (साविक पेज नं. ६५५) बनाइदिन्छु भनेकोले मैले निजलाई सेतो हिरोइन ल्याएको समय प्रहरीले बरामद गरी पक्राउ गरेको हो, लछुमन र प्रहरी सिविल ड्रेसमा आनन्द होटलमा नै गएका थिए भन्ने समेत व्यहोराको प्रतिवादी शुसिलदेव वंगालीले विशेष अदालतमा गरेको वयान । ७. मलाई सुपरफास्ट सर्भिसेजका लछुमनले पासपोर्ट बनाई दिने र अष्टे«लिया पठाइदिने कुरा गरेकोले निजलाई दिन निमित्त ल्याएको हो भनी विक्री गर्न ल्याएकोमा इन्कार गरे पनि भारतबाट नेपाल ल्याएकोमा सावितै भएको देखियो । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले जुनसुकै प्रयोजन भए पनि लागू औषधको निकासी वा पैठारी गर्न र ओसार पसार गर्न निषेध गरेको हुँदा प्रतिवादीले भारतबाट ल्याएको दशीको लागू औषध विक्रीको लागि ल्याएको होइन भन्दैमा अपराध भएको होइन भन्न मिल्दैन । प्रतिवादीले भारतबाट दशीको ८० ग्राम सेतो हिरोइन पैठारी र ओसार पसार गरी लागू औषध (नियन्त्रण) ऐन (संशोधन सहित) को दफा ४ को (ङ) र (च) अन्तर्गतको कसूर गरेको ठहर्छ