निर्णय नं. ९१०९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१०९ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/१०/२० ४१३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति M २०७०।१०।२०।२ ०६९-CR-०४३६ विषय :– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी M जिल्ला सुनसरी, भोक्राहा गा.वि.स.वडा नं. ३ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेकी सरिता पौडेल विरूद्ध प्रत्यर्थी/वादी M सिताराम पौडेलको जाहेरीले नेपाल सरकार चरम गरिबी, असहाय अवस्था, सहयोग र समर्थनको अभावले मनोवैज्ञानिक दुर्बलताले विवेकहीन कार्य गरेको देखिन आउँदछ । बराबर विरामी भइरहने र त्यसको भार थेग्न नसक्ने अवस्थाले विचलित भएर एउटा महिलाले आफ्नो प्रियजन कै उपर साङ्घातिक बल प्रयोग गर्नुपर्ने परिस्थिति मानवता र समाजका लागि पनि चेतावनी दिने खालको कुरा छ । यस्तो कार्य र परिस्थिति अवाञ्छित र विडम्बनापूर्ण त छ तर त्यस्तो स्थितिबाट उम्कन सक्ने राहतजन्य व्यवस्थाहरूको अभावमा त्यस्तो जघन्य र सम्वेदनशून्य अवस्था आई नरहला भन्न पनि सकिँदैन । समाज र राज्यले यस्ता कुराको कारक तत्त्वहरूको अध्ययन र पहिचान गरी मानवीय सुरक्षाका किल्लाहरू ठेकेदारहरूले मजबुत पार्ने प्रयास गर्नुपर्ने । (प्रकरण नं.३) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता रामप्रसाद अर्याल प्रत्यर्थी/वादीका तर्फबाट M अवलम्बित नजीर M सम्बद्ध कानून M मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३-३_, अ.बं.१८८ नं. शुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री बालकृष्ण उप्रेती पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री डम्बरबहादुर शाही मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल । फैसला न्या.कल्याण श्रेष्ठ M पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६८।३।७ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :– मिति २०६६।१।२४ गते मेरी बुहारी सरिता पौडेलले १५ महिनाको नाति सचिन कोइरालालाई लिई कसैलाई जानकारी नगराई इनरूवातर्फ गएकोमा निज साँझसम्म पनि फर्की नआएकोले खोजतलास गर्दा फेला परेकी थिइनन् । मिति २०६६।१।२६ गते सुनसरी खोला पारी सरितालाई देखी गाउँले तथा हामीसमेतका परिवार भेट्न जाँदा निज भागी गएकी र भागेकै स्थान वरिपरि हेर्दा नाति सचिन पौडेलको लास फेला परेको भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । जिल्ला सुनसरी, डुम्रहा गा.वि.स. वडा नं. ३ स्थित सुनसरी खोला किनारमा मृतक सचिन पौडेलको लास फेला परेको, सो लासको शरीरका भागहरू हेर्दा घाँटीमा नीलोरातो डाम देखिनुका अलावा घाँटी लल्याकलुलुक अवस्थामा रहेको, छातीको भागमा रगत जमी कालो देखिएको, सो स्थानभन्दा १०० मिटर पूर्वतर्फ एउटा सखुवाको सानो रूखमा नीलो कपडाको टुक्रा बाँधिएको, सो नजिकै एउटा रूखको फेदमा मृतक सचिनको आमा सरिता पौडेलको चप्पल फेला परेको भन्नेसमेत व्यहोराको घटनास्थल लास प्रकृति मुचुल्का । मृतक सचिन पौडेलको मृत्युको कारण Asphyxia due to Throatling भन्नेसमेत व्यहोराको पोष्ट मार्टम रिपोर्ट । मिति २०६६।१।२४ गतेका दिन मैले घरपरिवारका मानिसहरूलाई जानकारी नदिई छोरा सचिन पौडेललाई उपचार गर्न भनी इनरूवा लिई गएको हो । इनरूवाबाट फर्की सुनसरी खोला छेउको घरमा रात्री बास बसी भोलिपल्ट म सो स्थानबाट घरतर्फ जाँदैगर्दा छोरा विरामी भएकाले निजलाई लिई जंगलतर्फ गएँ, सो क्रममा मैले विषसमेत बोकेकोल