निर्णय नं. ८५४४ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५४४ - उत्प्रेषणसमेत भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/०३/१७ ३५६८ निर्णय नं. ८५४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय २०६४ –WO– ०७५६ आदेश मितिः २०६७।३।१७।५ मुद्दाः उत्प्रेषणसमेत । निवेदकः पर्सा जिल्ला वीरगञ्ज उप.म.न.पा. वडा नं. १२ स्थित प्रोवायोटेक इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट ऐ का अधिकारप्राप्त सञ्चालक ऐ.ऐ. बस्ने जगदिश अग्रवाल विरुद्ध विपक्षीः ठूला करदाता कार्यालय, हरिहरभवन, ललितपुर समेत § नेपाल र भारतबीच भएको द्वैध करधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा समेत नेपालमा उत्पादन भएको सामग्री भारत समेतमा बिक्री वितरण गर्दा भारतमा रहेको कम्पनीले प्राप्त गर्ने Sales Commission को रकम नेपालबाटै भुक्तानी पठाएको अवस्थामा नेपालमा स्रोत भएको उक्त भुक्तानी रकमको कर नेपालले लिन नपाउने भन्ने व्यवस्था नरहेको र त्यस्तो रकममा नेपालमा कर तिरिसकेपछि सो वरावरको रकम भारतमा निजले कर छूट (क्रेडिट) लिन पाउने नै रहेको हुँदा दोहोरो कर तिर्नुपर्ने अवस्था रहेको नदेखिने । (प्रकरण नं.४) § नेपालमा स्थापित भएको कम्पनीले आफ्नो उत्पादन भारतमा बिक्री वितरण गर्न नियुक्त गरिएको Agent लाई नेपालकै स्रोतबाट भुक्तानी गरिएको रकममा आयकर ऐन, २०५८ बमोजिम कर कट्टा गर्न मिल्ने । (प्रकरण नं.६) निवेदकतर्फबाटः विद्वान अधिवक्ता अनिलकुमार सिन्हा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोजप्रसाद गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०५८ को दफा ६७(६), ८८(१) आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– निवेदक प्रोवायोटेक इण्डष्ट्रिज प्रा.लि ले पशुपंक्षीको लागि चाहिने आहारा दानामा मिसाउने पदार्थहरू उत्पादन गरी स्थानीय बजार तथा विदेशी वजारमा बिक्री गर्दै आएको छ । सोअनुरूप भारत लगायत सार्क क्षेत्रका देशहरूमा आफ्नो उत्पादन बिक्री वितरण गर्न भारतको कोलकत्तास्थित ओमेगा भेन्चर्स प्रा.लि. लाई सम्झौता गरी जिम्मा लगाएको र निज ओमेगाले भारतमै बसी बिक्री वितरण गरी काम गरेवापतको सेवा शुल्क भारतमा नै ओमेगाले पाउने गरी निवेदकले भुक्तानी गरिआएको छ । यसरी भुक्तानी भएको रकम निवेदकको आम्दानी नभै ओमेगाको विदेश भारतमा भएको आम्दानी हो । प्रचलित नेपाल कानून तथा नेपाल र भारतबीच भएको २०४३।१२।१६ को द्वैध करधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौताबमोजिम नेपालमा कुनै स्थायी संस्थापन वा कार्यालय नभएको ओमेगाले नै कानूनबमोजिम भारतमै कर तिर्नुपर्ने दायित्व हुन्छ । यस्तो गैरवासिन्दा व्यक्तिले विदेशमा पाएको भुक्तानीमा नेपालमा करको दायित्व व्यहोर्नुपर्ने व्यवस्था आयकर ऐन, २०५८ एवं नियम, २०५९ लगायत कुनै पनि कानूनमा छैन । सोही बमोजिम निवेदकले २०६०।६१ को नाफा नोक्सान वासलात तयार गरी आय विवरण पेश गरेकोमा विपक्षी ठूला करदाता कार्यालयले निवेदकको नाममा २०६४।६।६ मा संशोधित कर निर्धारण गर्दा सो निर्धारण सूचनामा आयकर ऐन, २०५८ को दफा ६७(६)ठ को (१)र(२) मा गरिएको व्यवस्था तथा सोसंग सम्बन्धित दफा ६७(१)र(२) को व्यवस्था बमोजिम भुक्तानी भएको रु.१,३६,१५,५१५।२० मा अग्रिम कर कट्टीवापत आयकर ऐन, २०५८ को दफा ८८ बमोजिम १५ प्रतिशतले हुने रु.२०,४२,३२७।२८ स्रोतमा कर कट्टी गरी राजश्व दाखिला गर्नुपर्नेमा सो गरेको नपाइएको