निर्णय नं. ४३९५ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३९५ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०८ २४६५ निर्णय नं. ४३९५ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको रिट नं. १२२३ आदेश भएको मिति: २०४८।१०।८।४ मा निवेदक : जिल्ला धनुषा जनकपुर वार्ड नं. १ बस्ने मनबहादुर नेपाली विरुद्ध विपक्षी : कार्यकारिणी अध्यक्ष, जनकपुर चुरोट कारखाना लिमिटेडसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) भ्रष्टाचार सम्बन्धी कसूरमा सफाई पाएकोले पुनः नोकरीमा कायम गरी पाउँ भन्ने जिकिर कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ९) (२) सजायँ गर्ने अधिकारी कार्यकारी अध्यक्षले स्पष्टीकरण माग गर्नु पर्नेमा नायब महाप्रबन्धकले स्पष्टीकरण माग गरेको र कार्यकारी अध्यक्षले पदमुक्तको पत्र दिएको कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल, विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीर : ने.का.प. २०४५, भाग ३० अंक ६, नि.नं. ३४७५ मा प्रतिपादित सिद्धान्त । ने.का.प. २०४५, भाग ३०, अंक ७, नि.नं ३५२०, पृ. ६८९ मा प्रतिपादित सिद्धान्त । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. २०२६।२।२६ मा ज.चु.कारखानामा (साविक पेज नं. ६५७) प्राविधिक (ख) पदमा नियुक्त म निवेदक ५ औं तहसम्म बढुवा भई काम गरी आएकोमा छैठौं तहको बढुवाको लागि उम्मेदवार हुँदा निवेदकले पेश गरेको नेपाल राष्ट्रिय विद्यापिठद्वारा संचालित २०२९ सालको क्रमसंख्या २५१ बाट उत्तीर्ण मार्कसिटलाई लिई शैक्षिक योग्यता ढाँटी भ्रष्टाचार गरेको आरोप लगाई विशेष प्रहरी विभागबाट चलाएकोमा मुद्दामा सम्मानीत सर्वोच्च अदालतबाट सफाई पाएको छु । भ्रष्टाचार गरेको प्रष्ट हुन गएको भन्ने आरोप लगाई कर्मचारी प्रशासन नियम, २०३६ को परिच्छेद ११ को नियम ११.५(७) बमोजिम किन नगर्ने भन्ने मिति २०४२।१।२ मा प्रथम स्पष्टीकरण सोधिएको र सो को जवाफ पश्चात सोही दफा प्रयोग गरी भ्रष्टाचार गर्न प्रयत्न गरेको प्रष्ट हुन आएको भन्ने कारण देखाई २०४२।२।१७ मा पुनः स्पष्टीकरणको पत्र बुझाइयो र अन्त्यमा विशेष प्रहरी विभागको पत्र र निवेदकको स्पष्टीकरणबाट आरोपित कसूर गरेकै देखिएको र सो बाट भ्रष्टाचार गर्न प्रयत्न गरेको भन्ने आधार लिई निवेदकलाई बर्खास्त गरिएको ज.चु.का.लि. को मिति २०४२।९।८ मा प्राप्त भई ज.चु.का.लि.बोर्डमा पुनरावेदन गरेकोमा कारवाही हुँदैछ भन्ने आश्वासन पाएकोमा कुनै जानकारी नपाएकोले सम्मानीत अदालतमा परमादेशको आदेशको निवेदन गर्दा विपक्षी ज.चु.का.लि.को लिखितजवाफमा मिति २०४२।११।३० मा निर्णय गरेको भन्ने पेटबोलीमा उल्लेख भएबाट यसको नक्कल २०४६।१२।१२ मा लिई थाहा पाई यो निवेदन गरेको छु । निवेदकलाई सोधिएको प्रथम र दोश्रो स्पष्टीकरणमा कुरा फरक पारी सोधिएको छ । कर्मचारी प्रशासन नियमावलीको परिच्छेद ११ को नियम ११.५(७) प्रयोग गरी बर्खास्त गरेको त्रुटिपूर्ण छ । निवेदकद्वारा पेश गरेको सर्टिफिकेट अदालतबाट सच्याइएको ठहरिएको छैन । ऐ.नियमको ११.७(३) बमोजिम जाँचबुझ गर्नु पर्नेमा गरिएको छैन र सजायँ दिन पाउने अधिकारीबाट पहिलो र दोश्रो स्पष्टीकरण नसोधिएकोले ऐ.११.७(१) को त्रुटिपूर्ण छ । विशेष प्रहरीको पत्रबाट निवेदकलाई ज.चु.का.लि