निर्णय नं. ४३९६ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३९६ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/२२ २९२० निर्णय नं. ४३९६ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४८ सालको रिट नं. १४६३ आदेश भएको मिति: २०४८।१०।२२।४ मा निवेदक : कर विभाग लाजिम्पाटको रा.प.अनं. प्रथम श्रेणी ना.सु.पदमा कार्यरत रमानाथ पौडेल विरुद्ध विपक्षी : श्री ५ को सरकार वन तथा भू–संरक्षण मन्त्रालय, वन विभाग, जिल्ला वन कार्यालय भोजपुरसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) तोकिएको आर्थिक वर्ष भित्रैमा भुक्तानी नलिएको भए पनि सो आधारले मात्र आर्थिक (साविक पेज नं. ६६०) वर्ष व्यतित भएपछि भुक्तानी पाउनु पर्ने संचित विदाको रकम भुक्तानी पाउनबाट रोक लगाउने स्थिति नरहने । (प्रकरण नं. १०) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधीवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ फैसला न्या.हरगोविन्द सिंह प्रधान १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म रिट निवेदक ना.सु. हुनु पूर्व कर कार्यालय धनकुटामा खरिदार पदमा कार्यरत थिएँ । लोकसेवा आयोगको सिफारिश अनुसार पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयको मिति २०४५।२।२९ को निर्णयानुसार जिल्ला वन कार्यालय भोजपुरको ना.सु.पदमा पदस्थापना गरी मिति २०४५।३।१९ मा स्थायी नियुक्ति दिइयो । खरिदार पदमा कार्यरत रहेको साविक कर कार्यालय धनकुटाबाट जिल्ला वन कार्यालय जान दिइएको रमाना पत्रमा मेरो संचित बिदाको विवरण खुलाइएको थियो पछि मिति २०४७।४।७ को निर्णयानुसार जिल्ला वन कार्यालयबाट कर विभागको ना.सु.पदमा सरुवा गरियो । हालसम्म सोही विभागमा कार्यरत छु । यसरी सरुवा भएपछि ०४७ साल आषाढ मसान्तसम्मको तलब भत्ता वन कार्यालय भोजपुरबाट नै भुक्तानी पाएको र पछि नि.से.नि. को २४ औं संशोधनानुसार मैले वन कार्यालय भोजपुरबाट ०४३ साल चैत्र मसान्त तकको भुक्तानी पाउन बाँकी संचित घर बिदा ११ र बिरामी बिदा १ एक दिनको साविक खरिदार पदको तलब स्केल बमोजिम हुने रु. ३२०।७८, २०४५ साल बैशाख देखि चैत्र मसान्तसम्म संचित रहेको बिरामी बिदा दिन ११ को ना.सु.पदको साविक तलब स्केल बमोजिम हुने रु. ४१९।७६, २०४६ बैशाख देखि चैत्र मसान्तसम्मको संचित घर बिदा २० दिन र बिरामी बिदा १२ दिन समेत जम्मा ३२ दिनको ना.सु.पदको साविक तलब स्केल बमोजिम रु. १२२०।१२ र २०४७ साल बैशाख देखि ऐ.आषाढ मसान्ततकको बढ तलब मासिक रु. ३१५।– का दरले बढेको ३ महीनाको हुने रु. ९४५।– मा १०% ले क.सं. कोष कट्टा गरी बाँकी हुन आउने रु. ८५०।५० समेत गरी जम्मा रु. २,८१२।१६ समेत भुक्तानी पाउँ भनी कर विभागका महानिर्देशक ज्यू समक्ष दिएको निवेदन कारवाहीको लागि जिल्ला वन कार्यालय भोजपुर पठाएकोमा भुक्तानी दिन बाँकी श्रेस्ताबाट नदेखिएको भन्ने उक्त कार्यालयबाट जानकारी गराइएको र पटक पटक रकम भुक्तानी पाउन अनुरोध गर्दा नदिएकोले मलाई नि.से.नि.द्वारा प्रदत्त कानुनी हक अधिकार एवं नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ तथा १२.१(ङ) द्वारा प्रदत्त मौलिक हकमा समेत जिल्ला वन कार्यालय भोजपुरले आघात पारेकोले अन्य उपचारको व्यवस्था समेत नभएको हुँदा वन विभागको मिति २०४८।१।२३ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी उपर्युक्त संचित विदाको रकम तथा बढ तलब रकममा क.सं. कोष कट्टी गरी नियमानुसार पाउने बढ तलब रकम समेत भुक्तानी दिनु दिलाउनु भनी विपक्षी जिल्ला वन