निर्णय नं. १५७६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५७६ - अंश भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/११ २८८७ निर्णय नं. १५७६ ने.का.प. २०३९ अङ्क ८ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको देवानी फुल बे.नम्बर २३ फैसला भएको मिति : २०३९।८।११।६ मा निवेदक/प्रतिवादी : ल.पु.जि.निरनिवास बस्ने फि.मा.श्री निरशम्शेर ज.ब.रा. विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने बिमलादेवी राणा मुद्दा : अंश (१) दाइजो पनि ४ भाग लाग्ने भनी भएको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. २३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला प्र.न्या.नयनबहादुर खत्री १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०२३।१०।१२।३ मा भएको फैसला दोहराइ इन्साफ गरी दिनु भन्ने प्रमाङ्गी पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तीपत्रमा “यो बिन्तीपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो हो र तायदातीमा आएको गर–गहना सुनाचाँदी समेतको कानूनले बुझ्नु पर्ने प्रमाण नबुझी निर्णय भएको रहेछ भने बिन्तीपत्रमा लेखिएको त्यस अदालतको डिभिजनबेञ्चबाट ०२८।१०।१२ मा किनारा भएको अंश मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी ३ महिनाभित्र कानून बमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भनी मौसूफका बिशेष जाहेरी बिभागबाट ०३९।३।१।३ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : विपक्षसँग मेरो विवाह भएको २३।२४ बर्ष भयो। छोरा १ जायजन्म भएपछि मलाई हेला गरी बराबर कुटपिट झगडा गरी दुःख दिने गर्नु भएको र ०२३ साल पौष १ गतेदेखि खान लगाउन समेत नदिनु भएकोले सोल्टी होटेलमा नोकरी गरी दाईजो पेवा समेतबाट निर्वाह गरी आएको छु । छोराको विवाह समेतमा हेरविचार नगर्नु भएकोले बालकृष्णसँग ऋण लिई विवाह गरी दिएको, खान लाउन नदिएकोले अंशियार जवान ४ हुँदा ऐन बमोजिम ४ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्नेसमेत वादी दावी रहेछ । ३. वादी मेरो विवाहिता श्रीमती हुन् निजलाई खान लगाउन दिई राखेकी छु र ढुकुटी भण्डारको साँचो समेत वादीकै जिम्मामा छ । डाक्टरको राय अनुसार ३ बर्षदेखि म छुट्टै बंगालामा बसेको छु । वादी म देखि छुट्टै मूलघरमा बस्ने गरी आएकी छन् । सोल्टी होटलमा नोकरी गर्नु पर्ने अवस्था नै छैन, बालकृष्णसँग मेरो रुपैयाँ लिनु छ वादीले कसरी सापट लिइन । वादी दावी बमोजिम अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादी जिकिर रहेछ । ४. विवाहिता स्वास्नीलाई त्याग्नु पर्ने अवस्था नभई वादी लेखको मात्र प्रतित मानी कुटपिट गरी निकाला गरेको र खान लाउन नदिएको कुराको प्रमाण वादीबाट पेश हुन नआएबाट वादीलाई अंश छुट्याई दिनुपर्छ भन्ने न्यायोचित देखिन नआएकोले बुझिए सम्मका सबूत प्रमाणबाट अ.बं.को १० नं.र लोग्ने स्वास्नीको ९ नं.समेतबाट वादी दावी पुग्न नसक्ने भई झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत २०२६।१२।१६।४ को ललितपुर जिल्ला अदालतको फैसला रहेछ । ५. सबूतप्रमाणको मुल्यांकन नगरी अंश नपाउने भनी ठहर गरेको सुरुको इन्साफमा चित्त बुझेन उचित न्यायपाउँ भन्नेसमेत वादीको ०२७।१।२९।३को बा.अं.मा परेको पुनरावेदन रहेछ । ६. अंश पाउँ भन्ने वादीको दावा पुग्न नसक्ने भनी ल.पु.जि.अ.बाट गरेको फैसला बदर गरिदिएको छ । मानु छुट्टिएको ०२३।१।१९ गते कायम गरी सो मितिको अघिल्ला