निर्णय नं. ४३९८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३९८ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०६ २५१५ निर्णय नं. ४३९८ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. ९१५ आदेश भएको मिति: २०४८।१०।६।२ मा निवेदक : सिराहा मल्हानिया गा.पं. वार्ड नं. २ बस्ने मुगालाल यादवसमेत विरुद्ध प्रत्यर्थी : पूर्वाञ्चल क्षेत्रीय अदालतसमेत विषय : उत्प्रेषण (१) अदालतहरुबाट सबूद प्रमाणहरुको तथ्यगत मूल्याड्ढन गरी दाइजो पेवा हो होइन, बण्डा लाग्ने नलाग्ने के हो इत्यादि कुराहरुको प्रमाण बुझी गरेको इन्साफलाई पुनः तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १३) विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या. ओमभक्त श्रेष्ठ १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. अंश छुट्याई दिन मञ्जूर नगरेकोले ४ भागको १ भाग अंश हिस्सा छुट्याई पाउँ भन्ने प्रत्यर्थी रामस्वरुप यादवको सप्तरी जि.अ.मा फिराद परेकोमा अंश भइसकेकोले अंश दिनु पर्ने होइन भन्ने जगरुप यादव श्रीमती भजनी यादव, महेन्द्र यादव, सीयावती यादव तथा हाम्रो बीचमा अंश नभएकोले अंश छुट्याई दिन हामीलाई कुनै आपत्ति थिएन छैन भन्ने मुगालाल, मिश्रीलाल र बेचन यादव समेतको प्रतिउत्तर भएकोमा कि.नं. १८३५ को ०–०–४ धुर बाहेक वादी प्रतिवादीबाट पेश भएको तायदातीमा उल्लेखित सम्पत्तिमा ४ भागको १ भाग वादीले प्रतिवादीबाट पाउने ठहर्छ भन्ने जि.अ. बाट फैसला भयो, त्यस उपर पुनरावेदन पर्दा सगरमाथा अञ्चल अदालतले जि.अ.को फैसलालाई आंशिक उल्टाई निर्णय गर्यो र सो उपर वादी रामस्वरुपले पूर्वाञ्चल क्षेत्रीय अदालतले मानो छुट्टिएको मितिमा मुख नमिलेकोले २०२२ सालमा मानो छुट्टिएको मिति कायम गरेको सगरमाथा अञ्चल अदालतको इन्साफ नमिलेको अतः फिराद परेको अघिल्लो मिति २०४२।३।२६ गते मानो छुट्टिएको मिति कायम हुने ठहर्छ । फाँटवारीमा उल्लेखित सम्पत्ति मध्य प्र.सियावतिले जगरुपबाट २०४१।११।१७ मा पारित गरी लिएको राजीनामामा पेवा रुपैयाँबाट खरीद गरेको भन्ने उल्लेख भईका रहेको र सो राजीनामा लिखत कानुनी कारवाही गरी बदर गराएको नदेखिएकोले सो राजीनामा लिखतमा उल्लेखित सम्पत्ति प्र.सियावतीले पेवा रुपैयाँबाट राजीनामा लिएको होइन भन्ने दावी पुग्न सक्ने देखिएन । पेवा रुपैयाँबाट प्र.सियावतीले (साविक पेज नं. ६६८) राजीनामा लिएको २०४१।११।१७ मा पारित राजीनामा लिखतमा उल्लेखित जग्गा र प्र.महेन्द्रले सियावतीबाट २०३९।१२।२४ मा पारित भएको बकसपत्रबाट पाएको जग्गा अंश बण्डाको १८ नं. ले बण्डा गर्न कर नलाग्ने हुँदा सो २०४१।११।१७ का पारीत राजीनामा लिखतमा र २०३९।१२।२४ मा पारित बकसपत्रमा उल्लेखित जग्गा बण्डा नगर्ने गरिएको हदसम्म इन्साफ मनासिब ठहर्छ । मानो छुट्टिएको मितिदेखि अघि राजीनामा लिएको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्ति आफ्नो निजी आर्जनको हो भन्ने पक्का सबूद प्रमाण प्रतिवादीहरुले गुजार्न नसकेकोले प्रमाण ऐन, २०३१ को दफा ६ ले सगोलमा रहेको अंशियारको नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको मानिने व्यवस्था भइरहेको सो सम्पत्ति पनि बण्डा नलाग्ने गरेको सगरमाथा अञ्चल अदालत राजविराजको इन्साफ मिलेको नदेखिएकोले सो हदसम्म इन्साफ बदर हुन्छ भनी फैसला भयो । जिल्ला अदालतबाट भएको फैसलालाई आंशिक सदर र बदर गर्दै सगरमाथा अञ्