निर्णय नं. ४४०० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४०० - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/२७ २४४८ निर्णय नं. ४४०० ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल २०४७ सालको रिट नं. १३१४ आदेश भएको मिति : २०४८।१०।२७।२ मा निवेदक : का.जि.स्यूचाटार गा.वि.स. वडा नं. ६ बस्ने लोकबहादुर खत्री विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत विषय : उत्प्रेषण (१) मौलिक हक वा अन्य प्रभावकारी वैकल्पिक उपचार नभएको कानुनी हक प्रचलनार्थ असाधारण अधिकार क्षेत्र गुहार्न आउनु पर्ने हुन्छ, व्यक्तिको त्यस्तो हक अनाधिकार र देखादेखी रुपमा कानुनी त्रुटि गरी हनन् भएको अवस्थामा मात्र रिट क्षेत्रबाट उपचार दिन मिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीभक्त भडेल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. पृथ्वीमानका तीन छोराहरु मध्ये माहिला कृष्णको श्रीमती माहिली समेतको मृत्यु भई अपुतालीहरु खाने पति बद्रीबहादुरको पनि मृत्यु भई मेरो नाउँमा अपुताली पर्न आएकोले का.जि.स्यूचाटारा गा.पं. वडा नं. ६ कि.नं. १८० क्षेत्रफल ०–१३–० जग्गा मा.पो.का.काठमाडौंबाट मिति काठमाडौंको मिति ०४०।४।२२ को निर्णय बमोजिम नामसारी दर्ता भएको बखत माहिली आमा माहिली खत्री जीवित नै हुनुहुन्थ्यो । सोही जग्गामा ०४१ बैशाखमा घर बनाई ०४२ चैत्रमा तयार गरी बसेको कुरा एकै घरआँगन जोड्ने विपक्षीले मौकैमा थाहा पाएको हो । कृष्णबहादुर तथा माहिली आमाको पालताल मैले नै गरी दागबत्ती, पिण्डदानी काजक्रिया समेत मैले नै गरेकोले हकदैया र हदम्यादको अभावमा गरिएको फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गरी साक्षी बकपत्र गर्दा विपक्षका साक्षी समेतले प्र.भोटे खत्रीलाई सानै उमेर देखि कृष्णबहादुर र माहिलीले पातलाल गरेको, कृष्णबहादुरको काजकृया माइलीले माइलीको पालताल, दागबत्ति काजकृया पिण्डपानी समेत भोटे खत्रीले नै गरेको भन्ने किटानी बकपत्र भई का.जि.अ.बाट यसै लगाउको मुद्दामा माहिलीको उजूर बेगर फिराद गर्ने हक अधिकार अ.बं. ८२ नं. ले नहुँदा अ.बं. १८० नं. ले खारेज हुने ठहर्याई भएको फैसला उपर विपक्षको वा.अं.अ.मा कृष्णबहादुर तथा माहिलीलाई पालताल काजक्रिया समेत वादीले गरेको साक्षीले बकपत्र गर्दा गर्दै नगरेको भनी गरेको फैसला बदर गरिपाउँ भन्ने पुनरावेदन परी बागमती अञ्चल अदालतबाट मिति ०४६।११।१८ मा समान स्तरका हकवालाले अपुतालीमा दावी गर्ने हकै छैन भनी खारेज गरेको शुरुको निर्णय बदर गरी दिएको छ । पुनः निर्णय गर्नु भनी गरिएको फैसला उपर म निवेदकको म.क्षे.अ. मा हकदैया, हदम्याद, पालन पोषण दागबती काजक्रिया समेतको उल्लेख नगरी नभएको समान स्तरका हकवाला भन्दै शुरुको निर्णय बदर गरेको वा.अं.अ.को अन्यायपूर्ण फैसला बदर गरी शुरुकै फैसला कायम गरिपाउँ भन्ने समेत पुनरावेदन परी म.क्षे.अ.बाट मिति ०४७।११।१२ मा वादी प्रतिवादी आपसमा काका भतिजा नाताको भएकोमा विवाद नरहेको दावीवाला नजीकको हकदार देखिएबाट निर्णय हुनु पर्ने नै देखिँदा वा.अं.अ.को फैसला मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन भनी गरिएको फैसलाबाट मुलुकी ऐन अ.बं. ४२, ८२, १८०, जग्गा पजनीको १७ (साविक पेज नं. ६७६) नं. को कानुनी हकको हनन् हुन गई बदरभागी छ । ३. विपक्षले क