निर्णय नं. १५७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/१५ २४४४ निर्णय नं. १५७७ ने.का.प. २०३९ अङ्क ८ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्दबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको रि.फू.नं. ४८ आदेश भएको मिति : २०३९।८।१५।३ मा निवेदक : का.जि.चोभार भूतखेल गा.पं.वडा नं.१ बस्ने चालसिं महर्जन विरुद्ध विपक्षी : का.जि.बाहिटी गा.पं.वडा नं.७ इटावाल बस्ने कृष्णलाल मर्हजन समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) सदर गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिएबाट निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खेरल र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३७।७।१८।२ मा भएको निर्णय दोहर्याई पाउँ भनी निवेदकको श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तीपत्र “यो बिन्तीपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट निर्णय भएको यसमा लेखिएको उत्प्रेषण रिट निवेदनको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी निर्णय गर्नु, निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भनी मौसूफका बिशेष जाहेरी बिभागबाट ०३८।९।८।४ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : किर्तिपुर मालमा मेरो नाममा आ.नं.६७९ ठिमी टोल गा.पं.वडा नं.५ग.कि.नं.३६।३७।९३ कित्ता भई रोपनी ४।३ मा मैले लगाएको बाली विपक्षले लुटपिट गरी लगेको मुद्दा दिएकोमा विपक्षी चालसिंले दिएको प्रतिउत्तरमा उक्त जग्गा लिलाम बदर गरी तिरो बुझाउन पाउँ भनी प्र.चालसिंले मुद्दा दिने र प्र.मिनबहादुर मिलोमतो हाजिर नभई मिलोमतो गरी मेरो हक चालसिंको हक गराई ०२६।१।१३ मा आयकर अदालतबाट फैसला भएकोले उक्त फैसलाले विपक्षी चालसिंहको हक गराएको जग्गा मेरो हक कायम गरी पाउँ भन्ने कृष्णलालको फिराद । कुयाममा जग्गा लिलाम गरेको देखी लिलाम बदर गरी फैसला भए उपर सर्वोच्च अदालतमा निवेदन परेकोमा आयकरको फैसला मनासिव ठहरी आदेश भएबमोजिम मुद्दा परेको अवधीको आयस्ता बिगो पाउँ भन्ने फिराद परी फैसला समेत भएको र सो जग्गाको जग्गाधनी पूर्जा बदर भई मबाट तिरो भइरहेको मीनबहादुरले उक्त फैसला बदर गराउन नसकेको हुँदा वादीलाई नै सजाय गरिपाउँ भन्ने समेत प्र.चालसिंको प्रतिवादी । यै जग्गाको बाली लुटपिट मुद्दा वादीको जग्गामै हक नहुने मुद्दा लुटपिट गरेको ठहर्दैन र वादी दावीको जग्गा वादी कृष्णलालको ठर्हछ भन्ने का.प.जि.अ.बाट फैसला भएको । सो फैसला बदर गराई पाउँ भन्ने समेत चालसिंहको पुनरावेदन । ३. प्र.चालसिंको हक कायम नदेखिनाले पुनरावेदन जिकिर पुग्न सक्दैन, इन्साफ सुरुको मनासिव भन्ने समेत बाग्मती अञ्चल अदालतको फैसला । ४. रिट निवेदन जिकिर : सुरु का.जि.अ.त.बा.अं.अ.लाई अ.बं.८६ नं.ले लिलाम सदर बदर भन्ने विषयमा उजूर नभई अरु कुराको उजूरी लिई कारवाई गर्न अधिकार छैन । अधिकार क्षेत्र नाघी फिराद लिई कारवाई गरेको देखिनाले अ.बं.३५ नं.ले बदर हुने प्रष्ट छ । लिलाम बेरीत भन्ने कुरामा विवाद नउठेको हुनाले लिलाम बदर गरेको फैसला नै अन्तिम भएको छ र लिलाम बदर भए तर्फको उजूर बिना लुटपिट मुद्दा लुटपिट ठहराई डिसमिस