निर्णय नं. १५७८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५७८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/१३ २५३३ निर्णय नं. १५७८ ने.का.प. २०३९ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रि.नं. १३१६ आदेश भएको मिति : २०३९।८।१३।१ मा निवेदक : ल.पु.न.पं.वडा नं.१७ घपगाल बस्ने बज्ररत्न बज्राचार्य विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने राम बज्राचार्य, ल.पु.न.पं.वडा नं.५ लक्ष्मी निवास स्थित काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति ललितपुर मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) श्री ५ को सरकारको विचाराधीनमा रहेको कुरालाई असर पुग्न जाने गरी रिट निवेदनबाट आदेश जारी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बारकृष्ण श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अ.स.अ.श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री पद्मराज काÇले आदेश न्या.बासुदेव शर्मा १. विपक्षी नगर विकास योजना कार्यान्वयन समिति ललितपुरमा मिति ०३८।५।२६।६ को कानूनी त्रुटिपूर्ण फैसला उत्प्रेषणको आदेश जारी गरी बदर गरी मेरा हक यथावत कायम गरी पाउँ भन्ने समेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३८।७।१७ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ : २. संक्षिप्त तथ्य : निवेदकले साझा चोकमा बिना स्वीकृति नक्सा पास बेगर बनाएको टहरा छुटाई सजाय समेत गरी पाउँ भन्ने विपक्षी राम बज्राचार्यको विपक्षी समितिमा उजूर परी बयान समेत भएको रहेछ । निवेदकलाई झिकाई बुझ्दा कान्छा बज्राचार्यसँग ०३४।३।२४ मा घर किन्दा साझा चोकको सीमाना राखी सो घर पाताल भई बनाउँदा साझा चोक भनी टाँस भई घरका निकास पाईपद्वारा साझा चोकमा गिराउने छु भनी न.पं.बाट भएको म्याद टाँस मसँग छ भनी नक्कल पेश गरेको सो टहरा बनाएको चोक साझा चोक देखियो । न.वि.यो.का.ऐन, २०२९ को दफा ५ को उपदफा (१) बमोजिम पूर्वस्वीकृति लिई निर्माण गर्नु पर्ने सो केही नगरी आफ्नो मनोमानीले स्वीकृत नलिई साझा चोक समेत मिची सोही दफा १ को खण्ड (ग) बमोजिम निर्णय गरेको देखियो, निजको सो कार्यले समितिलाई तोकिएको अधिकारमा विरोध पर्ने नै ठहर्छ । सो ठहर्नाले सोही ऐनको दफा ५ को उपदफा (२) र दफा ६ बमोजिम पूर्वस्वीकृत बिना निज बज्रराजले टहरा निर्माण गरेकोमा रु.५००।–जरीवाना गरी साझा चोकमा निर्माण गरेको टहरा भत्काई हटाउन र पेटी समेत साझा गर्ने भनी ३५ दिन भित्र आदेश जारी गर्नु पर्ने ठहर्छ भनी विपक्षी समितिबाट ०३८।५।२६ मा निर्णय भएको रहेछ । सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको देखिन्छ । ३. संक्षिप्त जिकिर : कुनै पनि मुद्दामा जग्गाको तेरो मेरो पर्नासाथ सो सम्बन्धी निरुपण हुन गर्न सम्बन्धित अदालतमा जानु भनी सुनाउनु पर्ने प्रचलित कानून छ । यस मुद्दामा पनि जग्गाको तेरो मेरो परेपछि का.उ.न.वि.यो.का.स.ल.पु.बाट पनि सम्बन्धित अदालतमा जान सुनाउनु पर्ने नसुनाई जग्गाको तेरो मेरोमा हेर्ने फैसला गर्ने अधिकार नुहँदा अधिकार क्षेत्र नाघी अदालतमा मुद्दा चलिरहेकोलाई धक्का पुग्ने गरी दावी भन्दा बढी कुरामा फैसला गर्नु कानूनी त्रुटि हुन गएको छ । विपक्षी राम बज्राचार्यले ललितपुर जिल्ला अदालतमा यही साझा चोक कायम गरी खिचोला मेटाई पाउँ र साझा चोकमा नक्सा पास नगरी बनाएको टहरा अड्डैबाट भत्काउन लगाई पाउँ भनी मेरो विरुद्ध समेत ०३७।१०।१२ मा फिराद दिई मुद्द