निर्णय नं. ८५४५ - साँवा व्याज र हर्जाना समेत दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५४५ - साँवा व्याज र हर्जाना समेत दिलाई पाऊँ भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/०९/१२ ३४२१ निर्णय नं. ८५४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६३ सालको २०६३–CI-११३५, २०६४ सालको २०६४–CI–०१३१ आदेश मितिः २०६७।९।१२।२ मुद्दा :– साँवा व्याज र हर्जाना समेत दिलाई पाउँ । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.११ सिँहदरवार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय कानून विभागको विभागीय प्रमुख माधवराज पन्त समेत विरुद्ध प्रत्यर्थी वादीः नवलपरासी जिल्ला, सुनवल गा.वि.स.वडा नं.४ मा स्थित न्यू जगत्रदेवी निर्माण सेवाका प्रोप्राइटर ऐ.ऐ.बस्ने कृष्णप्रसाद कर्माचार्य पुनरावेदक वादीः नवलपरासी जिल्ला, सुनवल गा.वि.स.वडा नं.४ मा स्थित न्यू जगत्रदेवी निर्माण सेवाका प्रोप्राइटर ऐ.ऐ.बस्ने कृष्णप्रसाद कर्माचार्य विरुद्ध पुनरावेदक वादीः राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय समेत शुरु तहमा फैसला गर्ने : मा.न्या. श्री शम्भुबहादुर कार्की पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री अलि अकवर मिकरानी मा.न्या. श्री हरिप्रसाद घिमिरे § लिलाम गर्नेले कानूनको रीत पुर्याउन नसकेको कारणबाट सकारवालाले सकार गरेको लिलाम कायम रहन नसकेको अवस्थामा सोको कारणबाट सकारवालाले व्यहोर्नु परेको आर्थिक परिणामलाई अनदेखा गर्न कानून, न्याय र विवेकले समेत नदिने । (प्रकरण नं.३) § मुलुकी ऐन लेनदेन व्यवहारको महलको १० नं. मा हक छाडी दिए लिएको सदर नभएको अवस्थामा त्यस्तो किसिमको रकम भरी पाउने व्यवस्था भएको देखिएको र लेनदेन व्यवहारको १० नं.कै अवस्थाको मुद्दा प्रस्तुत मुद्दा नभए पनि यस किसिमको स्थितिमा लगानीकर्ताको त्रुटि बिना अकारण आर्थिक क्षति वा अन्याय व्यहोर्न लगाउन नमिल्ने हुनाले न्यूनतम् खर्च र व्याज भराउनु पर्ने । (प्रकरण नं.४) § तत्कालीन राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ सो सम्बन्धमा मौन रहेको अवस्थामा बैंकको आन्तरिक कार्य सम्पादनका लागि प्रचलित निर्देशिकाहरूमा धरौटी रकममा व्याज दिन नमिल्ने भन्ने उल्लेख हुँदैमा कानूनमा व्यवस्था भएको लेनदेन व्यवहारको १० नं.को प्रतिकूल हुने गरी पक्षहरूको त्रुटि बिना व्यहोर्नु परेको आर्थिक क्षति वा नोक्सानी भराउन नमिल्ने अर्थ गरी निर्देशिका नै आकर्षित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरू नरहरि आचार्य, विष्णुप्रसाद कंडेल तथा बाबुराम खत्री प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ § लेनदेन व्यवहारको १० नं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनबाट मिति २०६३।८।११।२ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालत समक्ष दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– नवलपरासी जिल्ला, सुनवल आदर्श गा.वि.स.वडा नं.१(क) कि.नं.१२ को ज.वि.१–५–१० जग्गा लिलाम बढाबढबाट बिक्री गरिने भनी विपक्षी शाखा कार्यालय मैतीदेवीबाट सूचना प्रकाशित भएकोले सो लिलाममा सहभागी भै म फिरादीले कवोल गरेको अङ्क बढी भएको कारण उल्लिखित जग्गामा फिरादीको नाममा सकार गराई दिने भनी विपक्षी केन्द्रीय कार्यालयको मिति २०५०।१२।२९ को पत्र बमोजिम विपक्षी राष्ट्रिय वाणिज्य बैंक, मैतीदेवी शाखाको मिति २०५१।१।१५ को पत्रबाट जानकार