निर्णय नं. ४४०२ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४०२ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/१९ २३५२ निर्णय नं. ४४०२ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. १३९९ आदेश भएको मिति: २०४८।१०।१९।१ मा निवेदक : जनकपुर नं.पं.वा.नं. ४ बस्ने पुरुषोतम शर्मा विरुद्ध प्रत्यर्थी : धनुषा जिल्ला पंचायत सचिवालयसमेत (साविक पेज नं. ६८७) विषय : उत्प्रेषण मिश्रित परमादेश (१) जग्गाको कुनै भागमा मुद्दा परी राखेको स्थितिले सो कित्तामा यो यता पट्टिको भागमा विवाद परेको र यतापट्टिको विवाद नपरेको भनी प्रमाण हेरी रिटनिवेदनबाट छुट्याउन नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तीनारायण प्रधान प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश फैसला न्या.केदारनाथ उपाध्याय १. नेपालको संंविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जनकपुर न.पं. वा.नं. ४ अन्तर्गत गुठी अधिनस्थ दाजु बद्रीप्रसाद उपाध्यायका नाममा नम्बरी दर्ता भएको ज.वि. ०–१–७ १/२ मध्ये मलाई घर बनाउन दाजुले दिएको मेरो हक भोगको जग्गामा घर बनाउने तरखरमा लागेको देखि विपक्ष मध्येको शिबनाथ शाह कलवारले आफ्नो घरमा मेरो घर पट्टि पर्ने गरी पर्खाल फोडी नयाँ झ्याल बनाएकोले सो झ्याल बन्द गरी पाउँ भनी नगर पंचायतमा निवेदन दिँदा विपक्षीको नाउँमा जारी भएको ३ दिने म्यादमा विपक्षी हाजिर नभई नगर पंचायतबाट विपक्षीले नक्सा पास तथा पेश गरी सकेको भए नक्सामा झ्याल खुली सकेको भए पास तथा पेश भएको नक्सा बमोजिम नै झ्याल कायम रहने र नक्सा पास तथा पेश नगराई घर निमार्ण गरेको भए निवेदनको दावी अनुसार निजले निवेदकको घर आँगन तर्फ खोलेको झ्याल बन्द गर्ने गरी २०४०।७।१० मा निर्णय भएको थियो । विपक्षी शिबनाथ शाहले हामी समेत उपर गुठी सरकारी जग्गाको सुरक्षा गरी पाउँ भनी दिनु भएको निवेदनमा आफ्नो भएको व्यहोरा प्रतिवाद गरेकोमा गुठीको सरकारी जग्गा च्यापी घटी बढी गरेको भन्ने उजूरी देखिँदा गुठी जग्गा च्यापेको सम्बन्धमा उजूरी गर्ने अधिकार गुठी संस्थानलाई भएको हुनाले निवेदन दावी अनुसार कारबाही गरी रहन परेन भन्ने निर्णय भयो । जनकपुर नगर पंचायत कार्यालयमा मिति २०४०।७।१० मा घर बनाउन भनी आवश्यक सबै व्यहोरा खुलाई दस्तूर समेत बुझाई नक्सा सहित नक्सापास होस भनी मैले दर्ता गराएको निवेदनमा २०४०।७।११ मा सूचना जारी भएको म्याद भित्र कसैको उजूरी नपरेपछि नगर पंचायत ऐन, २०१९ को दफा ४८ बमोजिमको प्रकृया पूरा गरी निवेदकको नक्सा पास गरी दिनु पर्नेमा जि.पं.का. धनुषाबाट २०४०।८।२० मा नक्सा पास सम्बन्धी कुनै पनि काम कारबाही नचलाउनु भनी आदेश प्राप्त भई नगर पंचायतबाट नक्सा पास सम्बन्धी कारबाही रोक्का राखियो, सो उपर सर्वोच्च अदालतमा रिटनिवेदन गर्दा विवादको नक्सा सम्बन्धी जग्गालाई लिई जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयले जनकपुर नगर पंचायतलाई राम मन्दीरको बगैंचा जग्गा नछुट्टिएसम्म नक्सा पास नगरी दिनु भनी कारवाई भएको भन्नेसम्म हुँदा उक्त रिटनिवेदन खारेज गरियो । ३. मैले झ्याल बन्द गरी पाउँ भनी विपक्षी शिवनाथ समेत उपर नगर पंचायतमा दिएको निवेदन माथि उल्लेख गरे बमोजिम निर्णय भएपछि आफूले प्रतिउत्तर नदिएको विषयमा अ.बं. २०८ नं. विपरीत पुनरावेदन दिएकोमा जिल्ला न्याय समितिले पनि न्याय समितिका सदस्यहरुले स्थलगत निर