निर्णय नं. १५७९ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५७९ - जग्गा खिचोला भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/०७ २४५२ निर्णय नं. १५७९ ने.का.प. २०३९ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३७ दे.वि.नं. ८८ फैसला भएको मिति : २०३९।८।७।२ मा निवेदक/वादी : गण्डकी अञ्चल कास्की जिल्ला लामाचौर गा.पं..हाल अर्मला लामाचौर गा.पं..वडा नं.१ लामाचौर बस्ने देउमानसिंह भण्डारीक्षेत्री विरुद्ध विपक्षी/प्रतिवादी : गण्डकी अञ्चल कास्की जिल्ला पोखरा नगर पञ्चायत वडा नं.१ ठूलो वगर बस्ने खिमलाल रानाभाट् समेत मुद्दा : जग्गा खिचोला (१) राजीनामाको लिखत बदर नभएसम्म जग्गा खिचोला गर्यो भन्न सकिने अवस्था नुहने। (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. श्री ५ महाराजाधिराजका हजुरमा इन्साफ जाँची पाउँ भनी दावी देउमानसिंह भण्डारीक्षेत्रीले चढाएको विन्तिपत्रमा इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भन्ने हुकुम प्रमांङ्गी बक्स भई आई सर्वोच्च अदालत सिंगलबेञ्चका ०३६।१२।२०।४ का आदेशानुसार विविधको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ : २. अन्यायवालाहरु समेत उपर मैले दिएको जग्गा खिचोला मुद्दामा मेरो हक भोग तिरोको जग्गामा ०२७।६।२० गते दावी खिचोला गरेकोले निजहरु उपर समेत मेरो फिराद परेकोमा झुठ्ठा प्रतिवादी दिएको मिसिल यस अदालतमा दायर छ । सो मुद्दाको फिराद २ दफामा लेखिए बमोजिम रामबहादुर, एकबहादुरबाट राजीनामा पास गरी लिई हक भएको पूर्व काली खोलाको डिल पश्चिम सेती गंगाको साँध उत्तर हले जुनप्रसादको साध दक्षिण नरबहादुर भण्डारीको साँध यति ४ किल्ला भित्रको तल्लो दिप भन्ने जग्गा मध्ये आधा दक्षिणपट्टिको विजमाना ।.। २ को जग्गा सो फिराद गर्नु भन्दा अगावै सट्टिपट्टिमा नरबहादुरलाई दिएको त्यस जग्गापट्टि मैले उसै मौका उजुर गर्ने अवस्था नपरेको र सो सट्टीपट्टीमा मुद्दा परी सट्टी पट्टी बदर भई उक्त दफा २ को ४ किल्ला भित्रको आधा दक्षिणपट्टिको समेत सबै जग्गा मेरो हक ठहरी यस अदालतबाट ०२८।५।११ मा फैसला भएबमोजिम मेरो हक हुन आएको उक्त २ दफाको ४ किल्ला भित्रको दक्षिणपट्टिको आधा जग्गामा सोही ०२७।६।२० देखि अन्यायवाला खेमलाल पूर्णकुमारीहरुले दावी खिचोला गर्ने गरी रहेको र अघिको फिरादमा मेरो दावी उजुर नभएको त्यस जग्गामा अब मैले उजुर गर्नु पर्ने आवश्यक परेबाट फिराद गर्न आएको छु । नक्सा नं.१६।२२ को मेरो हकको जग्गा दावी खिचोला गरेमा कोर्ट फि मलाई दिलाई सो जग्गा मेरो हक कायम गरी पाउँ भन्ने समेत वादी । ३. न.नं.१ मा कविराजका नाउँमा दर्ता भई निज मरी छोरा देवबहादुरको हक भएको म खिमलालले विज माना ।.।४ म पूर्णकुमारीले विज माना ।.।२ को जग्गा देवबहादुरबाट राजीनामा लिई भोग चलन गरी आएको जग्गा लिन खान विपक्षी र नरबहादुर जना २ ले जग्गा खिचोलाको हामीहरु उपर झुठ्ठा फिराद गरेको मुद्दा यसै अदालतमा हुँदा हामीहरुको राजीनामाको जग्गा खान झुठ्ठा फिराद गरेका हुन भन्ने समेत खिमलाल रानाभाट तथा पूर्णकुमारी ठकुर्निको प्रतिउत्तर । ४. यिनै वादी प्रतिवादी समेत भएको दे.४१२ नं.को जग्गा खिचोला मुद्दाको बुँदा प्रमाण समेतबाट न.नं.१६ को जग्गामा प्रतिवादीले खिचोला गरेको र न.नं.२२ को जग्गामा वादीले झुठ्ठा दावी गरेको समेत ठर्हछ भन्ने समेत काश्की जिल्ला अदालतको ०३०।८।१८ को फैसला । ५. सो