निर्णय नं. ७१६१ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६१ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/११ २८८७ निर्णय न.७१६१ ने.का.प २०६० अङ्क १.२ विशेष इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु सम्वत् २०५९ सालको रिट नं. ...... ९६ आदेश मितिः २०६०।१।११।५ बिषय :– उत्प्रेषण समेत । निवेदकः ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ८ घर भै हाल सशस्त्र प्रहरी गण नं. २ गुल्म नं. ३ महाराजगञ्जमा दरबन्दी भै अपराध अनुसन्धान विभाग नक्साल काठमाडौंमा कार्यरत नवराज वुढाथोकी विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद्, मन्त्रिपरिषद् सचिवालय सिंहदरवार, काठमाडौं समेत § प्रहरी कर्मचारी सेवा वा पदलाई निजामती कर्मचारीको सेवा वा पद मान्न मिल्ने नदेखिदा प्रहरी कर्मचारी जस्ता निजामती सेवा बाहेक अन्य कर्मचारी कार्यरत सेवका सम्बन्धमा समेत संविधानको धारा १२४ द्वारा व्यवस्थित प्रवाधन आकर्षित नहुने। § प्रहरी कर्मचारी सँग सम्वन्धित सेवक सर्तहरु प्रहरी ऐन,२०१२ मा व्यवस्थित नगरी प्रहरी नियमावली, २०४९ मा व्यवस्थित गरिएकोले सेवा सर्त सँग सम्वन्धित त्यस्ता व्यवस्थाहरु संविधानको धारा १२४ सँग वाझिन गएको भन्ने निवेदन जिकिरसँग सहमत हुन नसकिने । § प्रहरी फोर्स सँग कार्यरत प्रहरी कर्मचारीहरुको विशेष प्रकृतिको सेवालाई दृष्‍टिगत गरी नेपाल अधिराज्यको संविधान,२०४७ लागु हुनु भन्दा अगाडि देखी नै लागु भइरहेको सो कानुनी व्यवस्थालाई वर्तमान संविधान लागु भएको सन्दर्भ समेत वेमनासिव भन्न नमिल्ने । § प्रहरी ऐन,२०१२ को उद्धेश्य कार्यन्वयन गर्ने निर्माण गरिएको प्रहरी नियमावली,२०४९ को नियम ९८ को उपनियम (१) को व्यवस्थाले व्यवस्थित प्रवाधनको परिपुर्ती सम्म गरेको देखिन आएकोले उक्त कानुनी व्यवस्था ऐन दफा ९(२) विपरीत रहेको भन्ने समेटा देखिन नआउने । § अलग अलग उद्धेश्य र कार्यक्षेत्र भएको अलग अलग प्रकृतिको सेवासँग सम्वन्धित सेवाका सर्तहरु समान हुनुपर्छ भन्नु तर्क सम्मत नहुने । § प्रहरी कर्मचारी श्री ५ को सरकारक इच्छा अनुसारको अवधिसम्म आफ्नो पदमा वहाल रहन सक्ने भएको सन्दर्भमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई लागु हुने गरी ३० वर्ष सेवा अवधी पुरा भएपछी अवकाश पाउने गरी गरिएको नियमावलिको नियम ९८(१) को व्यवस्थाले समान अवस्थाका व्यक्तिहरु बीच असमान व्यवहार गरेको मान्न नमिल्ने । § प्रहरी ऐन,२०१२ को दफा ३(२) तथा दफा ९ अन्तर्गत प्रहरी कर्मचारीको सेवक सर्त हरु निर्धारण गर्न सक्ने अधिकार प्रयोग गरी ऐनको दफा ३९ अनुसार ऐन्को उद्धेश्य कार्यन्वयन गर्न निर्माण गरिएको प्रहरी नियमावली, २०४९ को नियम ९८ (१) मा प्रहरी कर्मचारीको ३० वर्ष सेवा अवधि पुरा भएपछी सेवाबाट अवकाश पाउने गरी भएको व्यवस्था नेपाल अधिराज्यको संविधान,२०४७ को धारा ११, धारा १२ (२) (ङ) तथा धारा १२४ सँग बाझिएको नदेखिदा उल्लेखित प्रावधान निवेदन माग बमोजिम अमान्य र वदर घोषित गरिरहन नपर्ने । निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री सुशिलकुमार पन्त र श्री बलराम के.सी. विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक र विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजिरः आदेश न्या.गोपालप्रसाद खत्रीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यस प्रकार छः- २. म निवेदक मिति २०२७।३।३० मा प्रहरी जवान पदमा नियुक्ति पाई २०२८ सा