निर्णय नं. ७१६३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६३ - अंश भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१२/२७ २९७४ निर्णय नं.७१६३ ने.का.प २०६० अङ्क १.२ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०५९ सालको निस्सा प्रदान नं. २२ फैसला मितिः २०५९।१२।२७।५ मुद्दा :– अंश । निवेदक वादीः पर्सा जि. विरगंज उप म.न.पा.वार्ड नं. ९ बस्ने भुवनमान रञ्जितकार समेत विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. बस्ने दयामान रञ्जितकार § अदालतले फैसला गर्दा कानुनी प्रश्नमा एकरुपता आउने किसिम्बाट निर्णय गर्नु पर्ने र कुनै एउटा कनुनी प्रश्नमा निर्णय गरी सकेपछी सोही प्रश्नसँग सान्दर्भिक र गांसिएको अर्को प्रश्नको निरुपण गर्द पहिलेको प्रश्नमा गरिएको निर्णयलाई अन्यथा प्रभाव नपर्ने गरी निर्णय गर्नु पर्ने । § जग्गा खिचोला चलन घर खाली मुद्धाको फैसलामा प्रतिपादित सिद्धान्त प्रस्तुत मिद्धको फैसलामआ प्रतिपादित सिद्धान्तसँग परस्परमा प्रतिकुल देखिई फरक परेको भन्ने आधारमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको यस अदालत संयुक्त ईजलासको मिती २०५९।४।९।५ को आदेशलाई अन्यथा भन्न नमिल्ने । § आफुले बकसपत्रबाट पाएको सम्पत्ती वण्डा नलाग्ने निजी आर्जनको हुने भन्ने प्रतिवादीको जिकिरका सम्बन्धमा यिनै पक्ष विपक्ष भै चलेको जग्गा खिचोला,चलन,घर खाली मुद्धामा सगोलमा रहेको अवस्थामा सगोलकै सम्पत्तिमा अंशियारले खिचोला गरेको नठहर्ने भन्ने यस अदालत संयुक्त इजलसबाट भएको मिती २०५६।३।२।४ को फैसला अन्तिम रहेको छ । सो फैसला अन्तिम रहेको छ । सो फैसलाले विवादित रै नं ३६३ को ज वि ०।०।६।२।। जग्गा सगोलको सम्पत्ती भन्ने उल्लेख गरेको अवस्थाबाट समेटा विवादित घर जग्गा वण्डा लाग्ने नै देखिने । § घर निर्माण गर्न राष्ट्र बैंकबाट लिएको भनिएको ऋण एकासगोलमा रहेक सम्पत्तिमा घर बनाउन लिएको भन्ने देखिदा प्रस्तुत अंश मुद्धाको फिराद परेको मिती २०४६।५।३ भन्दा अघिको ऋण्सम्म अंशियार तिनै दाजु भाईले बराबरी दर्ले व्यहोर्नु पर्ने । § विवादित जग्गा वण्डा नलाग्ने ठहार्‍याएको यस अदालत संयुक्त इजलासको मिती २०५६।३।२।५ को फैसला उल्ती भै प्रस्तुत मुद्धामा विवादित रै नं ३६३ क्षे त्र ०।०।६।२।। को जग्गा र सो मा बनेको घर सगोलको ठहरिएकोले सो घर जग्गाबाट वादी भुवनमान र पुरुषोत्तममानले ३ खण्डको एक एक खण्ड अंश पाई आ-आफ्नो नांउ दर्ता समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला सो हद सम्म सदर हुने । निवेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्री जयकान्त लाल अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०५६।३।२।४ को फैसला उपर पुनरावलोकन गरी पाउं भन्ने वादी पक्षको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय निम्न बमोजिम छ :– २. बाबु आशामान रंजितकार आमा गंगादेवी रंजितकारको दाम्पत्य जीवनबाट ३ छोराहरु क्रमश जेठो म भुवनमान, माहिला पुरुषोत्तममान र कान्छा विपक्षी दयामान हुन् । हामी सम्पूर्ण व्यक्ति एकसाथ सगोलमा बसी संगोलको चल अचल श्रीसम्पत्ति भोग चलन गरी आएकोमा बाबु आमा आफ्नो कालगतिबाट अघिपछि गरी स्वर्गवास भई सक्नु भएको छ । हामीहरु सगोलमा बसी आएका छौं । हामीहरु बीच भएको राय सल्लाह अनुसार आपस