निर्णय नं. ७१६४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१६४ - उत्प्रेषण भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/१८ २७७१ निर्णय नं.७१६४ ने.का.प २०६० अङ्क १.२ विशेष इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री राम नगिना सिंह संवत् २०५८ सालको रिट नं. ........६० आदेश मितिः २०६०।१।१८।५ विषय :– उत्प्रेषण । निवदक : का.म.न.पा.वडा नं. ३१ पुतली सडक बस्ने अधिवक्ता पूर्णचन्द्र पौडेल विरुद्ध विपक्षी : श्री संसद सचिवालय सिंहदरवार काठमाडौं नेपाल समेत § मतदाता नामावली सम्बन्धी ऐन, २०५२ को व्यवस्था नेपाल अधिराज्यको संविधान,२०४७ को धारा १०४ सँग के कसरी वाझिन गएको छ भन्ने सम्बन्धमा निवेदनमा स्पस्ट जिकिर लिन सकेको पाईदैन । यसको अतिरिक्त ऐनको दफा २२ को व्यवस्था निर्वाचन अदालतको हकमा लागु हुने छैन भन्ने व्यवस्था सोही ऐनको प्रतिवन्धात्मक वाक्यांशमा गरिएको पाईन्छ । उत्प्रेषण युक्त परमादेशको रिट निवेदन्मा न्यायिक विशिष्टिकरणको सिद्धान्त अनुरुप निर्वाचन सम्बन्धी प्रश्न निर्वाचन विशेष अदालत बाहेक अन्यत्र उठाउन नपाउने गरी गरेको कानुनी व्यवस्था नेपाल अधिराज्यको संविधान , २०४७ को (धारा ८८ (२) सँग नवाझिने (ने का प ०५६ अंक ७ पृष्ठ ४९६) भनी सिद्धान्त समेटा प्रतिपादन भएको अवस्थामा उक्त दफा २२ संविधानको धारा १०४ सँग वाझिएको भन्न नमिल्ने । § निर्वाचनका लागि मनोनयन पत्र दर्ता भएको व्यक्ती कुनै किसिम्बाट अयोग्य भएमा अर्को कुनै उमेदवार वा निजको वेरसले उजुर गर्न सक्ने व्यवस्था स्थानिय निकाय (निर्वाचन कार्यविधी)ऐन ,२०४८ को दफा २० मा गरिएको व्यवस्था समेतबाट कुनै पनि गैरनेपाली नागरिक मतदाता हुन वा उमेदवार हुन सक्ने अवस्था नदेखिने। § स्थानीय निर्वाचनमा निर्वाचित उर्लने छिरिङ्ग तामाङको हकमा निज गैर नेपाली नागरिक ठहर भै निजलाई निर्वाचित पदाधिकारीको सुचीबाट हटाईएको भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय रशुभको लिखित जवाफ भएको र हाल सो पद नै कायम नरहेकोले सो तर्फ समेत केही बोलिरहनु नपर्ने । निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पूर्णचन्द्र पौडेल विपक्षी तर्फबाटःविद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ:- २. रसुवा जिल्लाको उत्तरी भेगमा लामो समयदेखि तिव्वतियन शरणार्थीहरु बस्दै आएको पाइन्छ । यसरी बसोवास गर्दै आएका शरणार्थीहरु नेपाली नागरिक सरह निर्वाचनमा मतदाता हुन वा उमेदवारको रुपमा भाग लिन नेपाल अधिराज्यको संविधान, २०४७, नागरिकता सम्बन्धी ऐन, नियम समेतबाट प्रतिवन्ध छ । यस्तो प्रष्ट संवैधानिक र कानूनी व्यवस्था हुंदा हुंदै रसुवा जिल्ला लामटाङ्ग गा.वि.स.वडा नं. ६ बाट वडा सदस्य गैर नेपाली नागरिक उल्र्लेन छिरिङ्ग तामाङ्ग निर्वाचित भएका छन् । ३. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १०४ मा निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरेको छ सो बमोजिम निर्वाचनका लागि मतदाता नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्दछ । मतदाता नामावली तयार गर्दा कसैलाई मर्का पर्न गएमा वा कुनै किसिमबाट अयोग्य व्यक्तिको नाम मतदाता नामावलीमा समावेश भएमा वा उमेदवार हुन गएमा त्यस्तो व्यक्ति उपर अदालतमा प्रश्न उठाउन पाउने सम्बन्धमा संविधानले रोक लगाएको छैन । यस विपरीत मतदाता नामावली सम्बन्धी ऐन