निर्णय नं. ७१६५ - वाली मोही निष्कासन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६५ - वाली मोही निष्कासन भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/२९ ३१७१ निर्णय नं.७१६५ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५५ सालको दे.पु.नं. –– ४७७८ फैसला मितिः २०६०।१।२९।२ मुद्दा :– वाली मोही निष्कासन । पुनरावेदक वादी : जिल्ला सप्तरी गा.वि.स.सकरपुरा वार्ड नं. १ बस्ने हरेन्द्रकुमार देव विरुद्ध विपक्षी प्रतिवादी : ऐ.ऐ. बस्ने नारायण मंडल समेत § जग्गाधनीले जग्गा कमाउने मोहिका परिवारहरु मध्ये कस्लाई आफ्नो मोही कायम गर्ने हो ?भन्ने कुराको यकिन नगरि मोहिका पती , पत्नी वा छोरा सबैलाई मोही मान्न नमिल्ने । § कानुनले नै मोहिको मृत्‍युपछी निजमा रहेको मोहियानी हक निजको पती , पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको कुनै एक व्यक्तिमा हस्तान्तरण हुन सक्ने भनी स्पष्ट तोकेको अवस्थामा मोहिका परिवारका सबै व्यक्तिहरुमा मोहियानी हक सर्न नसक्ने। § कुनै व्यक्तिमा रहेको मोहियानी हक कानुन बमोजिम मात्र अरुमा हस्तान्तरण हुन सक्ने। कानुन बमोजिम प्रकृया पुरा नगरि पक्षहरुको व्यवहारबाट मात्र मोहियानी हकको प्रप्ती र समाप्ती हुन नसक्ने । § मोहिको मृत्‍युपछी कानुन बमोजिम प्रकृया पुरा गरी निजका हकवालाहरु मध्ये कुनै खास व्यक्तिलाई मोही कायम नगरी साविक मोहिलाई प्राप्त मोहियानी हकबाट निजको शेषपछी निजका परिवारलाई बन्चित गर्न नमिलने । § साविकदेखी जग्गा कमाउदै आईरहेको मोहिको मृत्‍यु भएपछी पनि निज्का परिवारका सदस्यहरुले नै त्यस्तो जग्गा जोत भोग गरी खेती वाली लगाइने हक मोही नपत्याउन्जेल सम्म रही रहने हुँदा सो हकबाट निस्रित दायित्व पनि निजहरुले व्यहोर्नु पर्ने । § साविक मोहिले कमाई आएको जग्गाको वाली निजको स्वास्नी छोराहरुले जग्गा कमाउन त्यागेको प्रमाण नभएसम्म निजहरुको पेटमा परेको मान्नु पर्ने हुँदा साविक मोहिको मृत्‍यु भएपछी मोहिका स्वास्नी छोराहरुले जग्गाधनीलाई वाली बुझाउनु पर्ने कानुनी कर्तव्य मोही नपत्याउन्जेल पनि मोहियानी हक का दावेदारको हैसियतले स्वत: व्यहोर्नु पर्ने । § जग्गाधनिद्वारा मोही नै नपत्याई साविक मोहिका स्वास्नी छोराहरु सबैलाई मोही मान्न कानुनत : नमिल्ने । § मोहिका स्वास्नी छोराहरुलाई जग्गाधनीले मोही पत्याएको वा साविक मोहिका स्वास्नी छोराहरु मध्ये कसैबाट वाली बुझी भरपाई गरिएको भन्ने पनि नदेखिएको अवस्थामा कानुनत: मोहीको हैसियत नै प्राप्त नभएका म्रितक मोहिका स्वास्नी छोरालाई मोही मानि निजहरुलाई मोहियानी हकबाट निस्कासन गर्न नमिल्ने । फैसला प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत राजविराजबाट मिति २०५४।१।२९ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर यस प्रकार छ :– २. मेरा नाउंमा दर्ता रहेको जि.सप्तरी गा.वि.स.सकरपुरा वार्ड नं. ६ कि.नं. ४७ को ०–११–५ ऐ.कि.नं. ६३ को ०–१९–१० ऐ.कि.नं. २०० को ०्–७–९ जग्गाको मोही आनन्दी मंडल भै निजको मृत्युपछि विपक्षीहरुले आवाद गरी आएकोमा २०५१ सालको कुत मलाई नबुझाएको र सम्बन्धित निकायमा धरौट समेत नराखेकोले कुतको विगो रु.५२३६।७५ दिलाई भराई मोही निष्कासन गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. दावीको जग्गा खांडो नदीको कटान क्षेत्र भित्रमा छ । वाली लाग्न सक्दैन ०–६–० जग्गामा उव्जा भएको छ । सो को वाली वाड फाड गर्दै आएको छु भन्ने समेत व्यहोरको प्रत