निर्णय नं. ७१६६ - दर्ता बदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६६ - दर्ता बदर समेत भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/२५ ६२१८ निर्णय नं.७१६६ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री बलिरामकुमार संवत् २०५५ सालको दे.पु.नं. .....४७५७ फैसला मितिः २०६०।१।२५।५ मुद्दा :– दर्ता बदर समेत । पुनरावेदक प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.४ बस्ने इश्वरी भोमी विरुद्ध विपक्षी वादी : ऐ.ऐ. वडा नं. ३ गछे लामागाल बस्ने गणेशलाल खडगी § सानुकाजी खड्गीले निज को आमा पूर्ण कुमारीको नाम को २ नं ब्रम्हायणी साविक न् नं २५८ को रसिद भिडाई जग्गा दर्ता गरै सकेको अवस्था म पुन: सोही रसिद देखाई आफ्नो बाबुको नाम पूर्ण कुमार भएको भनी झुठ्ठा व्यहोरा लेखाई दुषित तरिकाबाट बिपक्षी वादिको हक भोग मा रहेको विवादित कि नं ५ को जग्गा आफ्नो नाम मा दर्ता गरएको प्रत्यक्षत: देखिन आएको छ । त्यस्तो दुषित दर्तालाई मान्यता दिन कानुनत: स्वत: नमिल्ने र यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको आधारमा समेटा दुषित दर्ता बदर गराउन हक भोग चलन समेत भएका व्यक्तिका विरुद्ध हद म्याद बाधक नहुने देखिएकोले वादी दावी बमोजिम जग्गा प्रतिवादी नाममा भएको दर्ता बदर हुने ठहर्‍याएको सुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत फैसलामा त्रुटी नदेखिने । पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कुमार कार्की विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री सुधानाथ पन्त र श्री नरेन्द्र गौतम अवलम्वित नजिर : फैसला न्या.वलिराम कुमारः पुनरावेदन अदालत, पाटनबाट मिति २०५३।३।७ मा भएको फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यस प्रकार छ :– २. भक्तपुर नगरपालिका वडा नं. १(ङ) कि.नं. ५ को क्षेत्रफल ०–७–० जग्गा मेरो बाबा पूर्ण कुमारका नाममा नाप नक्सा भएको मिति २०२०।१।३१ र २०२०।२।१ मा विभिन्न व्यक्ति हरुबाट राजीनामा गरी लिएको जग्गा मोही लक्ष्मी कुमारी र जग्गाधनीमा मेरा पिता कायम भई नापी भएकोमा दर्ता नामसारीको लागि मालपोत कार्यालयमा जांदा कि.नं. ५ को जग्गा राजीनामा भएको देखिएको भन्ने उल्लेख भएबाट बुझी हेर्दा उक्त जग्गा विपक्षको पति पिता सानुकाजीले निजको नाउंमा २०३२।१२।१ मा दर्ता गर्ने गरी भू.प्र.का.भ.पु.ले निर्णय गरेको कुरा २०४८।८।४।१४ मा नक्कल सारी लिदा थाहा भयो । सो जग्गा २०३३।६।५ मा नाति गोरालाई पास गरेको देखियो । मेरो पिताले राजीनामा पास गरी लिएको जग्गा आफ्नो बाबुको नाम समेत पुन कुमार भनि लेखाई झुठृा दर्ता गर्ने गरी भूमि प्रशासन कार्यालयबाट भएको निर्णय र सो आधारमा भएको दर्ता समेत बदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. अड्डामा रहेको श्रेस्ता खिचोला हुने होइन दर्ता भएको जग्गा सानुकाजिको आमाको नामको भएकोले हाल साविक गर्न सिफारिश दिएको र मैले कुनै कसूर गरेको नहुंदा झुठृा फिराद दावीबाट अलग फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिवादी इश्वरी भोमीको प्रतिउत्तर पत्र । ४. प्रतिवादी अष्टमाया समेत जना ३ ले २०४८।५।२१ मा र प्रतिवादी राम ताल्चा भडेलले २०४८।६।७ मा र प्रतिवादी चन्द्रप्रसादले २०४८।६।४ मा तामेल भएको म्यादमा हाजिर नभई म्यादै गुजारी बसेको । ५. मालपोत कार्यालय भक्तपुरको ०३२।१२।१ को निर्णय र सो निर्णयको आधारमा भएको दर्ता समेत बदर हुने र वादीका नाउंमा दर्ता हुने समेत ठहर्छ भन्