निर्णय नं. ७१६७ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१६७ - ज्यान मार्ने उद्योग भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१०/०२ ६५१० निर्णय नं.७१६७ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत. २०५५ सालको फौ.पु. नं. – २१५४ फैसला मितिः २०५९।१०।२ मुद्धा:ज्यान मार्ने उद्योग पुनरावेदक वादीः सुनिता अधिकारीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः का.जि.जोरपाटी गा.वि.स.वडा नं. ८ बस्ने दिवाकर पण्डित प्रत्यर्थी प्रतिवादी : का. जि जोरपाटी गा वि स वडा नं. ८ बस्ने दिवाकर पण्डित § प्रमाण ऐन ,२०३१ को दफा १८ मा कुनै आमा घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वाव जांच बुझको सिल्सिलामा प्रचलित नेपाल कानुन बमोजिम तयार भएको कुनै लिखितमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ती साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको पाइन्छ । अदालतबाट जारी भएको म्याद अनुसार अदालतमा उपस्थित भई आफ्नो व्यहोरा समर्थन हुने गरी बकपत्र गर्न नसकेको अवस्थामा जाहेरी दर्खास्तको व्यहोरा तथा अनुसन्धान अधिकारि समक्ष कागज गर्ने टिप्पणी प्रसाद निरौला समेटा को कागजको व्यहोरालाई उल्लेखित कानुनी व्यवस्था अनुसार प्रमाण मा लिन नमिल्ने । § प्रतिवादिले मर्ने सम्मको मनसयइवी रखी छुरी हानेको र अन्य व्यक्तिहरुको अवरोधको करण मार्न भने नपाएको भन्ने अवस्थाको पुष्टी हुन सकेको भन्न नमिल्ने । त्यसैले मार्ने सम्मको काम गरी सकेको भन्ने अवस्था नदेखिदा ज्यान सम्बन्धीको १५ नं आकर्षित नहुने । पुनरावेदक वादी तर्फबाटः विद्वान सह–न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५५।२।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी पक्षको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यस प्रकार छ : – २. मिति २०५२।१०।१५ गते दिनको १२.४५ बजेको समयमा बबरमहल सडक विभागको गेट अगाडि काठमाडौं जोरपाटी गा.वि.स.वडा नं. ८ निवासी दिवाकर पण्डितले वकिललाई छुरा प्रहार गरी भागेको अवस्थामा अभियुक्त र छुरी समेत यथास्थानमा सुरक्षित साथ राखी प्रतिवेदन गरेको छु भन्ने समेत व्यहोराको प्र.स.नि. खड्गबहादुर भण्डारीको प्रतिवेदन । ३. ११ इन्ची लामो फलामकै दाप, हड्डीको जस्तो विड भएको फलामको एका तर्फ धार भएको छुरी फेला परेको भन्ने मिति २०५२।१०।१५ को बरामदी मुचुल्का । ४. काठमाडौं महानगरपालिका वडा नं. ११ माइतीघर स्थित पुष्परत्न शाक्यको भुइतल्ला समेत ३ तल्ला भएको पक्की घरको दोश्रो तल्ला पश्चिम दिशा अगाडि मोहडामा भएको आदर्श कानूनी सदनको घाइते अधिवक्ता राजेन्द्र अधिकारी समेतको ल च्याम्बरको घटना प्रकृति विवरण । ५. मिति २०५२।१०।१५ गते दिनको अं. १२.३० बजेको समयमा आफ्नो ल फर्मको वाथरुमबाट हात पुछ्दै फर्म कोठामा प्रवेश गरेको अवस्थामा मैले पूरै नचिनेको केटाले राजेन्द्र अधिकारी कोे हो भनि सोध्यो मैले म हो के कामले होला ? भनि सोद्धासोद्धैको अवस्थामा निजले एक्कासी छुरीले मलाई प्रहार गरी छेक्ता छेक्दै टाउंकोमा प्रहार गर्यो । यसपछि पटक पटक टाउको पछाडी, दाहिने कन्चट, कोखा समेतमा प्रहार गरेकाले मुर्छित भई भुईमा लडेछु । मैले वादी यज्ञबहादुरको तर्फबाट भूमि सुधार कार्यालय काठमाडौं र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी पुर्पक्ष