निर्णय नं. ७१६८ - हक कायम दर्ता वदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६८ - हक कायम दर्ता वदर दर्ता भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/१२ २९१० निर्णय नं.७१६८ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५५ सालको दे.पु.नं. .....४७५९ फैसला मितिः २०६०।१।१२।६ मुद्दा : हक कायम दर्ता वदर दर्ता । पुनरावेदक वादी: जिल्ला सप्तरी गड्गपुर गा.वि.स.वडा नं.३ वस्ने लेलहाई यादवको–छोरा देवनारायण यादव विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ.वस्ने महेन्द्रप्रसाद यादव समेत § एकाको भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाम मा दर्ता रहन गएकोमा कानुन बमोजिमको लिखित वेगर दर्तावालाको भन्न मिल्ने नदेखिने भन्ने सिद्धान्त प्रतिपादन समेत भएको मेरो अंश भागको जग्गा प्रतिवादीले नापीमा दर्ता गरेको भन्ने दावी रहेको र अंश भागको जग्गा होइन भन्ने प्रतिवादीको जिकिर नभएको अवस्था विद्दमान रहेको प्रस्तुत मुद्धामा वादी दावी हद्म्याद्को आधारमा खारेज गर्ने गरेको पुनरावेदन अदालत , राजविराजको फैसला वदर हुने । पुनरावेदक वादी तर्फबाटः वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताद्वय श्री सविता वराल र श्री सतिषकृष्ण खरेल प्रतिवादी तर्फबाटःविद्वान अधिवक्तात्रय श्री श्यामप्रसाद खरेल, श्री गोपालप्रसाद खरेल र श्री गोपालप्रसाद गुरागाई अवलम्वित नजिरःने.का.प. २०३०, नि.नं. ७२०, पृ.२४ र ने.का.प. २०५४, अंक १, नि.नं. ६३०९ पृष्ठ ६३ पूर्ण इजलास फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत, राजविराजको मिति २०५४।७।२८।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९.१.(ग) वमोजिम पुनरावेदन दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. हामी अंशियारहरुले मिति २०१६।११।२ मा मालपोत कार्यालय सप्तरीवाट अंशवण्डा लिखत पारित गरी लिए दिएको सो वण्डापत्र वमोजिमको जग्गा भोग गर्दा कसैको विरोध थिएन । उक्त वण्डापत्रवाट जिल्ला सप्तरी प्रगन्ना माल झमुना मौजे रंजितपुरको २००४ सालको सा.कि.नं. ७०८ को ०­९­१७, ऐ. ऐ. सा.कि.नं. ४९१ को ०­३­८, ऐ.ऐ. सा.कि.नं. ३१२ को ०­३­११, ऐ.ऐ. सा.कि.नं. ३१३ को ०­४­०, ऐ.ऐ. सा.कि.नं. ३१४ को ०­३­१, ऐ.ऐ. सा.कि.नं. १०० को ०­५­४, ऐ.ऐ. सा.कि.नं. ९९ को ०­१­४, ऐ.ऐ. सा.कि.नं. ६८ को ०­३­१८, ऐ.ऐ. सा.कि.नं. ४०९ को ०­१­७, ऐ.ऐ. सा.कि.नं. ४१२ को ०­२­९, ऐ.ऐ. सा.कि.नं. ४१० को ०­१­७ समेत १­१९­६ जग्गाको साथै अन्य विभिन्न कित्ता नम्वरको जग्गाहरु मिलाइ जम्मा ७.१०.५ जग्गा प्रतिवादीका वावु लक्ष्मीलाल समेतले म वादीको अंश भागमा छुट्याई वण्डापत्र गरी दिएको सो जग्गा मध्येवाट हाल सर्भे नापीमा उल्लेखित सा.कि.नं. ४०९, ४१२, ४१० को जग्गा हाल सर्भेमा जिल्ला सप्तरी गा.वि.स. खोजपुर वार्ड नं. ७ कि.नं. ७७ को ०­११­१०–१र२ सा.कि.नं. ३१२, ३१३, ३१४ को जग्गा ऐ.ऐ. हाल सर्भेमा कि.नं. १६९ को ०­९­९ र सा.कि.नं. ७०८ को जग्गा हाल सर्भेमा ऐ.ऐ. वार्ड नं. ६(क) कि.नं. १६१ को ०­८­१२–१र२ र सा.कि.नं. ६८, ६९ र १०० को जग्गावाट हाल, सर्भेमा ऐ.ऐ. कि.नं. ३९४ को ०­१०­४­१र२ र ऐ.ऐ. कि.नं. ३८८ को ०­७­१८–१र२ जग्गा गरी जम्मा २ कित्ता कायम भएको र सा. कि.नं. ४९१ को जग्गावाट हाल सर्भेमा ऐ. कि.नं. ७१ को ०­३­४–१र२ जग्गा कायम भै सो जग्गाहरु प्रतिवादीले आफ्ना नाउमा दर्ता गराइ लिएको कुरा मलाई थाहा थिएन । सो उल्लेखित कि.नं. ७७, १६९, ७१, १६१, ३८८, ३९४ को जग्गामा २०५२ सालको वाली