निर्णय नं. ७१६९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१६९ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१२/१४ ३८२८ निर्णय नं.७१६९ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री वलिराम कुमार संवत् २०५९ सालको फौ.सा.नं. .....४१७ फैसला मितिः २०५९।१२।१४।६ मुद्दाः कर्तव्य ज्यान । वादिः राजेश भटृराईको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः गोरखा जिल्ला वोर्लाङ्ग गा.वि.स.वडा नं. ९ घर भै हाल कारागार शाखा गोरखामा वन्दी रहेकी सम्झना लामिछाने ढकाल § सामाजिक लोकलज्जाबाट बच्ने अभिप्रायले प्रतिवादिले आफु गर्भवती भएको कुरा माईती तर्फ आमालाई पनि नबताएको,अरु कसैलाई पनि थाहा नहुने गरी बच्चा जन्माएको , जिवित बच्चालाई मारेको र मारी सकेपछी म्रितक लाशलाई कपडाले पोको पारी घर देखी तल वारीमा लागि लाशलाई लुकाउने समेतको कार्य गर्दा अरुले थाहा नपाउने गरी गरेको भन्ने समेटा तथ्यगत अवसाथा प्रतिवादिको वयान व्यहोराबाट देखिदा आरोपित कसुर निजले गरेको कुरा शंकारहित किसिमले पुष्टी हुन आउने । § प्रतिवादीको उमेर , वारदात्को प्रक्रिती र सामाजिक लोकलज्जाबाट वच्न गरेको भन्ने कारणबाट सजाय तोक्दा चर्को हुने भनी अ वं १८८ नं बमोजिम ५ (पाँच )वर्ष कैदको सजाय गर्न उपयुक्त हुने भन्ने राय सम्बन्धमा विचार गर्दा,प्रतिवादी सम्झना लामिछाने ढकाल निज को उमेर ,घतनको प्रिष्ठभुमी र सामाजिक परिवेश समेतको आधारमा सो ५ (पाँच ) वर्ष कैद सजाय पनि चर्को हुने देखिदा निज हालसम्म थुनामा रहेको अवधी १।७।११ (एक वर्ष सात महिना एघार दिन ) कैदको सजाय गर्द पनि न्यायको मक् सद पुरा हुने हुँदा सो अनुसार कैद्को सजाय हुने गरी साधक सदर हुने । वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.वलिराम कुमारः न्याय प्रशासन ऐन, २०४८ को दफा १० वमोजिम पुनरावेदन अदालत, पोखराको मिति २०५९।५।४।३ को फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मिति २०५८।४।३१ गते प्रतिवादी सम्झना लामिछाने ढकालले मनोज मुखियाको अवैध गर्भधारण गरी मास पुगेको जातक शिशु जन्माएको स्थानमा गै हेर्दा मृतक शिशुको दायाँ कन्चटमा शंकास्पद घाउ देखिंदा आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको प्र.ह. राजेश भटृराईको जाहेरी प्रतिवेदन । ३. खडगवहादुर ढकालको घरको भुई कनामा रहेको नवजात शिशुको लासमा औसा किरा पर्न शुरु भएको अनुहार सडी कालो भएको र दायाँ कन्चट माथि २ इन्च लामो काटेको घाउ देखिएको, घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का । ४. मिति ०५७।८।२१ गते भिनाजु मनोज मुखियासंग करणी भै मेरो गर्भ रहन गै २०५८।४।३० गते वच्चा जन्माउने व्यथा लागी ऐ. ३१ गते मेरो गर्भवाट वच्चा भुईमा खस्यो । त्यस वखत पीडाले गर्दा केहि थाहा पाइन, पछि हेर्दा मृतक अवस्थामा जातक शिशुलाई देखेको हुँ, मारे मराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान । ५. मिति २०५८।४।३१ गते छोरी सम्झनाले जिउँदो अवस्थामा वा मृतक अवस्थामा वच्चा जन्माएको थियो भन्ने कुरा नदेखेको हुँदा केहि भन्न सक्दिन भन्ने समेत प्रतिवादीका वावु खर्कवहादुर ढकालले प्रहरीमा गरेको कागज । ६. मिति २०५८।४।३१ गते प्रतिवादी सम्झना लामिछानेसंग सोधपुछ गर्दा निजको भिनाजु मनोज मुखियाको अवैध गर्भ धारण गरेको भन्ने थाहा भयो, वारदात के कसरी हुन गयो नदेखेको हुँदा किटान गरी भन्न सक्दैनौं भन्ने समेत व्यहोराको रीता के.सी. समेतका व्यक्त