निर्णय नं. ७१७१ - परमादेश लगायतको उपयुक्त आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१७१ - परमादेश लगायतको उपयुक्त आदेश जारी गरी पाउँ भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/०९ २७६९ निर्णय नं.७१७१ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत २०५७ सालको रि.नं. २७४० आदेश मितिः २०६०।१।९।३ विषयः– परमादेश लगायतको उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला वारा गडहल गा.वि.स.वस्ने दुर्गा शर्मा विरुद्ध विपक्षीः शिक्षा तथा खेलकुद मंत्रालय केशरमहल, काठमाडौं समेत § परिक्षा व्यवस्थित तथा मर्यादीत रुप मा सन्चालन गर्न हरेक जिल्लामा गठन गरिने नियम ३६ (१) को परीक्ष समान्वय समितिको काम कर्तव्य र अधिकार हेर्दा परिक्षा केन्द्र तोक्न परीक्षा समितिलाई सिफारिश गर्ने र मन्त्रालयले तोके बमोजिम काम गर्ने भन्ने उल्लेख भएको र सो समन्वय समितिलाई यो यस प्रकारको अधिकार समितिलाई रहे भएको वा मन्त्रालयबाट तोकी आए बमोजिम भए गरिएको भनी जिल्ला शिक्षा कार्यालय ,बाराबाट पेश भएको लिखीत जवाफमा उल्लेख गर्न नसकेबाट पनि उक्त समितिको मिती २०५६।९।२२ को निवेदीकको परिक्षा फाराम्हरु रद्द गर्ने गरेको निर्णय अधिकार प्राप्त समितिले गरेको नदिखिने । § शिक्षा नियमावली ,२।४९ को नियम ३६ (१) बमोजिम परिक्षा समन्वय समितिको कार्य माध्यमिक परिक्षा व्यवस्थित तथा मर्यादित रुपमा सन्चालन गर्ने तोकिएकोमा निवेदिकाहरु मकवानपुरबाट वसाई सरी बारामा आई परिक्षा दिई सकेपछी परिक्षाको नतिजा मुलतवीमा राखेको देखियो। परिक्षा सन्चालन गर्ने उक्त समितिको २०५६।९।२२ को निर्णयबाट भाईसकेको परिक्षाको नतिजा मुलतवी गर्ने निर्णय गरेको वेरितको देखिदा वदर हुने । निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र सुवेदी विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री सूर्यप्रसाद पोखरेल अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निर्णय यस प्रकार छ :– २. हामी निवेदकहरुले वारा जिल्लाको श्री गंभीरा वज्रकिशोर माध्यमिक विद्यालयवाट टेष्ट परीक्षा उतीर्ण गरी २०५६ सालको एस.एल.सी. परीक्षामा नियमित रुपमा म निवेदक दुर्गा शर्माको सिम्वल नं.०३६३४१९ क्यू र म निवेदक जेनिसा शर्माको सिम्वल नं.०३६३३९२ पि कायम भै एस.एल.सी.परीक्षा दिई परीक्षाफल प्रकाशितको प्रतिक्षामा रहेकोमा परीक्षा नियन्त्रण कार्यालयले ०५७।३।१७ मा २०५६ सालको एस.एल.सी. परीक्षाको नतिजा गोरखापत्रमा प्रकाशित गरेको र सो मा हामीहरुको सिम्वल नं. देखेनौ । विद्यालयमा गई हामीहरुको मार्कसिट माग गर्दा अन्य परीक्षार्थीको पास – फेलको मार्कसिट आएको छ तर तपाईहरुको आएको छैन । उत्तर पुस्तिकाहरु जिल्ला शिक्षा कार्यालयमा वुझाई दिनु हाम्रो दायीत्व हो सो पूरा गरेका छौ भन्ने जवाफ दिइयो । विपक्षी जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गर्दा तपाईहरुको कपी हामीले परीक्षा नियन्त्रण कार्यालयमा पठाएका हौं उतै सम्पर्क गर्नुहोस भन्ने भनाई भयो । त्यसपछि क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो कुरा राख्दा हामीलाई थाहा छैन सम्वन्धित निकायममा जानु भनियो । तत्पश्चात शिक्षा मंन्त्रालय, माध्यमिक शिक्षा उर्तीण परीक्षा समिति र परीक्षा नियन्त्रण कार्यालयमा गई आधिकारिक व्यक्तिसंग हाम्रो परीक्षाफल सम्वन्धमा जानकारी माग्दा यो आन्तरिक र कार्यालयको गोप्य कुरा हो तपाईहरु पास फेल भएको कुरा अहिले वताउन मिल्दैन भन्ने ठाडो जवाफ दिइयो । ३. हाम