निर्णय नं. ७१७२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१७२ - अंश भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/०८ ३८६४ निर्णय नं.७१७२ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५४ सालको दे.पु.नं. ..४२४४ फैसला मितिः २०६०।१।८।२ मुद्दा :– अंश पुनरावेदक प्रतिवादीः जिल्ला कपिलवस्तु गा.वि.स.सिहोखोर वडा नं १ वस्ने निजामुद्दीन मिया समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने सफी महमद मियां । § प्रतिवादिले रितपुर्वक वण्डा गरेको नभई घरसारमा वाडँफाडँ गरी लिएको र पछी उखडामा कमाएको जग्गा आ -आफ्नो नाँउ दर्ता गरी निजि आर्जनको भएको भन्ने प्रतिउत्तर जिकिरका हकमा रित पुर्वक वण्डा पत्र पारीत नभएको एकाबाबु को दुई भाई छोराहरु विच अंशवण्डा भैसकेको छ भन्ने सकिने स्थीति नदेखिने § वादी प्रतिवादी दुवै नाँउमा भुमी सम्बन्धी अनुसुची फाराम १ नं तथा ७ नं फारम हरु अलग अलग भरी छुट्टै बस्दै आएको भन्ने सम्वन्धमा जग्गाको विवरण भरी एकै परिवारका २ व्यक्त्तिले अलग अलग पेश गर्दैमा अंशवण्डा भैसकेको भन्न सकिने स्थिती नहुने । § कानुन बमोजिम वरावर हक हिस्सा अंश कायम हुने दाजु भाई विचमा देखिएको असमान जग्गादर्ताको अवस्था देखिदा वादी प्रतिवादी बीच अंश वण्डा भएको र वादीले अंश हक छुट्टी सकेको भन्न सकिने अवस्था नहुने । पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यस प्रकार छ :– २. वावु कल्लु मियाका छोरा साहमोहमद गुल्ले मिया र म सफी महमद समेत जना ३ भएको गुल्लेको स्वास्नी प्रतिवादी दुलारी मियाइनी भएको निजको छोरा प्रतिवादी निजामुद्दिन तथा कमरेश शाह समेत २ जना भएको, शाहमहमदको स्वास्नी छोरा छोरी समेत कोही नभएको वावु आमा दाजु शाह महमद र गुल्ले समेत परलोक हुनु भएको म र प्रतिवादीहरु समेत संगोलमा वसी आएकोमा आपसमा चित्त नवुझेकोले २०४८।१।१५ गतेका दिन मेरो अंश भाग छुटयाई दिनुहोस भनी प्रतिवादीहरु संग भन्दा तिमीलाई केही पनि दिदैनौ भनी वण्डा छुटयाई नदिनु भएकोले फिराद परेको अधिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी आधा अंश भाग छुटयाई पाउँ भन्ने समेत फिराद पत्र । ३. दावी अनुसार वादीले अंश पाउने कुनै अवस्था छैन । वादीको फिराद जिकिर झुठ्ठा हो । यो वादीले ०१६ साल वैशाख १ गते आफ्नो अंश लिई अलग भएका हुन । वावु गुल्ले मियाले छुट्टै जिमिदार काँहा हारवाही गरेका र वादीले छुट्टै जिमिदारकोमा कारवाही गरी उखडा विवरण फाराम भरी हरवाही चलाई दर्ता समेत गराई भोग चलन गरी आएका छौ । ७ नं. फाँटवारी पनि छुट्टाछुट्टै भरी पेश भएको र सवै व्यवहार छुट्टाछुट्टै भएकोले वादीको झुठ्ठा दावीवाट फुर्सद दिलाई पाउँ भन्ने समेत प्रतिउत्तर पत्र । ४. शुरु कपिलवस्तु जिल्ला अदालतको आदेशानुसार वादी प्रतिवादीका साक्षी वुझिएको र प्रमाण मिसिल समेत साथै पेश भएको रहेछ । ५. वादीले पुनः अंश पाउँ भन्ने दावी पुग्ने नदेखिंदा प्रतिवादीवाट अंश पाउं भन्ने वादी दावी नपुग्ने ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५१।५।७ को फैसला । ६. वादीले प्रतिवादीवाट अंश पाउने नठहराई मलाई हराई भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी हाम्रो शुरु फिराद मागदावी वमोजिम हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र