निर्णय नं. ७१७३ - धर्मपुत्र लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१७३ - धर्मपुत्र लिखत वदर भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१२/१७ ३२४२ निर्णय नं.७१७३ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत २०५६ सालका दे.पु.नं. ..६१८५ फैसला मितिः २०५९।१२।१७।२ मुद्दाः धर्मपुत्र लिखत वदर । पुनरावेदक वादीः जिल्ला महोत्तरी, गा.वि.स. कोल्हवा वगैया वार्ड नं.२ वस्ने शितलीदेवी तेली विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वस्ने वौएलाल साह तेली § मालपोत कार्यालयबाट रजिष्ट्शन भएको लिखित वदर गराउने सम्वन्धमा दानवकस को २ नं ले गरेको व्यवस्था वाहेक अन्य अवस्थामा रजिष्ट्शन भएको लिखित माल पोत कार्यालयले व दर गर्न सक्ने अवस्था नरहेने । § धर्मपुत्र राख्नेलाई खान लाउन दिएको ,नदिएको,घर को सम्पत्ती दुरुपयोग गरे नगरेको ,शारिरीक वा मानसिक यातना जस्ता कुरा गरे नगरेको भन्ने विषय प्रमाण बुझी मुद्धाको रोहवाट निरोपण हुने विषय भएकोले माल पोत कार्यालयको छेत्राधिकार भित्र पर्ने देखिन न आउने । § माल पोत कार्यालयले धर्मपुत्र लिखित व दर हुने ठहर्याएको ०५५।२।२१ को निर्णयमा अधिकार छेत्रात्मक त्रुटी भएको आधारमा so ओ निर्णय व दर हुने ठहर्याएको पुनरावेदन अदालत फैसला मनासिव देखिदा स दर हुने । पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत जनकपुरको मिति २०५६।३।२१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. मैले र.नं. ६१६९ मिति ०४६।३।९ मा जि.म.गा.वि.स. कोल्हवा वगैया वडा नं. २ वस्ने वौएलाल साहलाई धर्मपुत्र राखेकोमा धर्मपुत्रले मेरो सेवा सत्कार र मेरो छोरीको विवाह दान समेत नगरी खान लाउन समेत नदिई जथाभावी सम्पत्ति हिनामिना गर्न लागेको हुंदा धर्मपुत्रको लिखत वदर वातिल गरि पाउं भन्ने समेत व्यहोराको सितली देवीले मा.पो.का. महोत्तरीमा दिएको निवेदन। ३. मैले धर्मपुत्र अनुसारको काम गरेको हुं मलाईनै निज धर्मपुत्र राख्ने सितली देवीले घरवाट निकाला गरि खान लाउन नदिएको हुंदा सो सम्वन्धमा मैले म.जि.अ.मा अंश मुद्दा दिएको हुं । मैले आजसम्म कुनै जग्गा जमिन हिनामिना गरेको पनि छैन । निजको वेसल्लाहमा घरछाडी हिडेको पनि छैन । झुठा व्यहोराको उजुरी गरी अनुचित दावी लिएको हुंदा विपक्षीको निवेदन अ.वं. १८० नं. बमोजिम खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको वौएलालको लिखित जवाफ । ४. प्रतिवादीले वादी दावी बमोजिम लिखत वदर हुनु नपर्ने भनी प्रमाणवाट देखाउन नसकेको हुंदा मुलुकी ऐन धर्मपुत्रको महलको ११ नं. बमोजिम धर्मपुत्रको लिखत वदर हुने ठहर्छ भन्ने मा.पो.का. महोत्तरीको मिति ०५५।२।२१ को निर्णय । ५. लिखत वदर गराई माग्ने निवेदिकाको कथनको पुष्टि गर्ने कुनै प्रमाण दाखेल गरिएको छैन, लिखत वदर गर्नुपर्ने औचित्य नरहेको कुरा दर्शाई मैले प्रतिवाद गरेको हुं, वदर गर्नुपर्ने नपर्ने कुराको निरोपण प्रमाणको मुल्यांकन र विश्लेषणवाट मात्र हुन सक्ने हुंदा प्रमाण वुझि निर्णय र निष्कर्षमा पुग्न सक्ने अधिकार नेपाल कानूनले मालपोत कार्यालयलाई प्रदान गरेको छैन । अधिकारको शुन्यतामा क्षेत्राधिकार भन्दा वाहिरी विषय ग्रहण गरी मा.पो.का. महोत्तरीले गरेको उक्त त्रुटिपूर्ण निर्णय वदर गरी पाउं भन्ने समेत व्यहोराको वौएलालको पुनरावेदन पत्र । ६. धर्मपुत्रको लिखत वदर गर्ने अधिकार मालपोत का