निर्णय नं. ७१७४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१७४ - उत्प्रेषण भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०२/२७ ३०६४ निर्णय नं.७१७४ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत २०५६ सालको रिट नं. ३३८२ आदेश मितिः २०६०।२।२७।३ विषयः– उत्प्रेषण । निवेदकः जिल्ला डडेलधुरा वगरकोट गा.वि.स. वडा नं १ दुगडी वस्ने वर्ष ५४ को भवानी दत्त चटौत विरुद्ध विपक्षीः श्री निजामती कितावखाना, हरिहर भवन समेत § निवेदकको पहिलेको शैक्षिक योग्यतामा उल्लेख बह्एको जन्म मिती लाई नै निज को वास्तविक जन्म मिती कायम हुने गरी निज को नागरिकता को प्रमाणपत्र उल्लेखित उमेर निरोगिताको प्रमाणपत्र र निज आँफैले भरेको सिटरोल समेतले समर्थन गरिरहेको अवस्था मा निज ले उमेर को हद बाट सेवाबाट अवकाश पाउने मिति नजिक भैरहेको अवस्थामा पेश गरेको संशोधित जन्म मिती लाई मान्यता नदिने कार्य लाई अन्यथा भन्न नमिल्ने। § निवेदकले मौका मा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र को आधार मा उमेर को गणना गरी ५८ वर्ष उमेर पुरा भएपछी उमेर्को हद को कारणले दिएको अनिवार्य अवकाश लाई कानुन विपरित भन्न् मिल्ने नहुँदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने देखिदा रिट निवेदन खारेज हुने । निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान उपन्यायाधीवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र निर्णय आदेश यस प्रकार छ :– २. म निवेदकको जन्म ८।१।१९४५ मा भएकोमा मैले सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयवाट सन १९६३ मा पूर्वमध्यमा पास गरेको सोको प्रमाणपत्रमा गल्तिले मेरो उमेर १४–१–१९४१ हुन गयो । सो गल्ती सच्याई पाउँ भनी मैले सम्पूर्णानन्द विश्व विद्यालयमा कारवाही चलाएकोमा २५ मार्च १९९९ मा मेरो उमेर ८–१–१९४५ कायम गरिदियो । त्यसरी मेरो उमेर ८–१–१९४५ कायम भएपछि निजामती किताव खानामा भएको मेरो रेकर्डमा पनि सोही वमोजिम गरी पाउँ भनी मैले श्री सर्वोच्च अदालतमा ०५६।५।१५ मा निवेदन दिएं । मेरो निवेदनमा कारवाही हुँदा ०५६।५।१६ को सर्वोच्च अदालतको पत्रले निजामती कितावखानालाई पुनरावेदन अदालत महेन्द्रनगरका निमित्त रजिष्ट्रार श्री भवानी दत्त चटौतको जन्ममिति २००२।६।२४ तदनुसार १९४५ जनवरी ८ भएकोमा विश्व विद्यालयवाट पहिले प्राप्त प्रमाणपत्रमा अन्यथा भएकोले हाल सोही विश्वविद्यालयवाट सच्याई आएको व्यहोरा वाँहाले यस अदालतमा प्रस्तुत गर्नु भएको निवेदनवाट जानकारी हुन आएकोले सम्पूर्ण कागजात सहित पठाइएको छ । वाहांको जन्ममिति सच्याई संशोधित अभिलेख राखिदिन हुन भनी पत्र पठाएकोमा सो पत्र वमोजिम मेरो शैक्षिक योग्यताको प्रमाणपत्र अनुसार २००२।९।२४ मा जन्म भएकोमा २०६०।९।२४ मा मात्र ५८ वर्ष पूरा हुने भई सोही मितिमा मैले अवकास पाउनु पर्नेमा श्री पुनरावेदन अदालत महेन्द्रनगरको २०५६।६।५ को पत्रले निजामती कितावखानाको मिति २०५६।६।५ को पत्र अनुसार नि.से.ऐन, २०४९ कोदफा ३३(१) अनुसार तपाईको उमेर मिति २०५६।६।५ मा ५८ वर्ष पूरा भै २०५६।६।६ वाट अनिवार्य अवकास हुनु हुने भन्ने न्याय सेवा आयोगको ०५६।५।२१ को पत्र प्राप्त हुन आएकोले ०५६।६।६ देखि लागू हुने गरी सेवा वाट अनिवार्य अवकाश दिएकोछ भन्ने व्यहोरो उल्लेख रहेछ । ३. यसरी मेरो जन्ममिति २००२।९।२४ तदनुसार १९४५ जनवरी ८ भनी शैक्षिक योग्यता पेश गरेकोमा त्यसलाई सर्वोच्च अद