निर्णय नं. ७१७५ - लागु औषध (टिडिजेसिक वुप्रिनर)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१७५ - लागु औषध (टिडिजेसिक वुप्रिनर) भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१२/२४ ३७८९ निर्णय नं.७१७५ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत २०५ सालको फौ.पु.नं. २००९ फैसला मितिः २०५९।१२।२४।२ मुद्दाः लागु औषध (टिडिजेसिक वुप्रिनर) पुनरावेदक प्रतिवादीः जिल्ला धनुषा घोडघास गा.वि.स.वा.नं. ६ मा वस्ने विमल कुमार झा. विरुद्ध प्रत्यर्थी वादीः प्र.ना.नि अमलवहादुर श्रेष्ठ समेतको प्रतिवेदनले श्री ५ को सरकार § लागु औषध वरामद भएको वरामदी मुचुल्कामा प्रतिवादी रोहवर्मा बसेको र उक्त मुचुल्कामा गरेको सही हस्ताक्षर आफ्नो होइन भन्न नसकेको अवस्थामा रोहवर मा बसेको कुरालाई अन्यथा भन्न नमिल्ने । § प्रतिवादिबाट २१० ओटा टिडिजेसिक व्रुपिनोरफिन इन्जेक्सन वरामद भएको हुँदा त्यत्रो मात्रामा वरामदी समान अरु कारणबाट लिई हिंडेको हो भनी भन्न सक्ने अवस्था मिसिलबाट नदेखिनुका साथै निज बाट बरामद भएको लागु औषध टिडिजेसिकलाई National Forensic Science Laboratory बाट परिक्षण गरी मिती २०५२।५।२८ मा प्राप्त प्रतिवेदनमा त्यस्तो इन्जेक्सन परीक्षण गर्ने प्रविधी नभएको भन्ने उल्लेख गरे पनि विषेशज्ञको रायमा AS mentioned in the label Sample Contains narcotic drug Buprenorphine उल्लेख भएको तथा बरामदी लागु औषध को सेम्पल लेवलमा लेखिएको कुरालाई अन्यथा प्रमाणित हुन नसकेको अवस्तामा उक्त पदार्थ लागु औषध टि डि जेसिक होइन भनी अनुमान गर्न नमिल्ने । § मिती २०५१।२।२ को नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार पनि उक्त २ Ml को ampoule मा बरामद भएको टि डि जेसिक नाम Buprenophine injection लागु औषधकै परिभाषा भित्र परेको देखाई निज ले आफुसँग साथमा रहेको लागु औषध ,लागु औषध ऐन ,2033 को दफा १२ बमोजिम ऐन र ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेश बमोजिम प्राप्त गरेओ वा राखेको हो भनी प्रमाण पेश गर्न समेत नसकेको देखिदा निज लाई लागु औषध ओसारपोसार गरेको ठहर गरी आइ शुरू धनुषा जिल्ला अदालत कैद वर्ष २ गरेको मनासिव ठहर गरी जरिवाना सम्म नगरेको इन्साफ केही उल्टी गरी प्रतिवादीलाई लागु औषध नियन्त्रण ऐन , २०३३ को दफा १४ (१) (झ )बमोजिम रु १,००,०००। एक लाख जरिवाना सेमत हुने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने । पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५४।५।१८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. २०५२।५।१८ गते राती अं. २०.२० वजेको समयमा नगराइन गा.वि.स.वडा नं. ३ स्थित रामप्रसाद पासवानको पसलमा शैलेन्द्र ठाकुर र विमल झाले वोकी ल्याएको सुपर डिलक्स भन्ने लेखिएको प्याकेट भित्र लागू औषध टेडिजेसिक फेला परेको र शैलेन्द्र ठाकुर भागी गएको र विमल झा पक्राउ परेको भन्ने वरामदी मुचुल्का । ३. वरामद लागु औषध टेडिजेसिक मेरो होइन । भारत वेनिपट्टी वस्ने मेरो सालो चन्द्रकान्त मिश्रले घर सम्म लगी राखि दिनु भनि दिएको हो । २०५२।५।१८ गते सो सामान वोकी घरतर्फ आउन लाग्दा नगराईन चोक होटलमा रक्सी मासु खादै गर्दा साथी शैलेन्द्र ठाकुर र अर्को नचिनेको व्यक्ति भेटभयो । सो सामान मैले शैलेन्द्रलाई वोक्न दिए अर्को पसलेले पैसा वांकी छ भनि शैलेन्द्रसंग झगडा गरी पोका खोस्न लागे मैले