निर्णय नं. ७१७६ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१७६ - जग्गा दर्ता भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/०८/१३ ३३३७ निर्णय न.७१७६ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्र उपाध्याय माननीय न्यायाधीश श्री रामनगिना सिंह फैसला सम्वत् २०५४ सालको दे.पु.नं. .....३४८६ मुद्दा :– जग्गा दर्ता । पुनरावेदक प्रतिवादी: रुपन्देही मालपोत कार्यालयको आदेश पर्चाले श्री ५ को सरकार ........... विरुद्ध प्रत्यर्थी वादी: ऐ. गा.वि.स. सूर्यपूरा वा.नं. ६ वस्ने राम सुरत प्रसाद वरै ........................ § एकतर्फी रुप मा कार्वाही चलेको विषयलाई मुद्धा मामिला सरह मणी न्याय प्रशासन ऐन, २०४८ को दफा ८ (१) ले निवेदन उपरको कारवाहीमा पुनरावेदन सुन्ने अधिकार नै नभएको, माल पोत ऐन , २०३४ बमोजिम गरेको निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था नभएको , त्यसरी हुँदै नभएको अधिकार क्षेत्र ग्रहण गरी लाग्नै नसक्ने पुनरावेदन ग्रहण गरी गरेको निर्णयमा अधिकार छेत्रात्मक त्रुटी देखिदा पुनरावेदन अदालत बुटवलको फैल्सला उल्टी भै पुनरावेदन खारेज हुने । पुनरावेदक प्रतिवादी तर्फबाट : विद्धान सहन्यायाअधिवक्ता श्री कृष्ण प्रसाद प्रसाई प्रत्यार्थी वादी तर्फबाट : विद्धान अधिवक्ताद्वय श्री राजेन्द्र घिमिरे र श्री सुरेन्द्र कुमार महतो अवलम्वित नजिर : नि.न ६२५, ने.का.प २०५३ ,पृ.५४७ फैसला न्या.हरिश्चन्द्र उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) वमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने भई प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. जिल्ला रुपन्देही गा.वि.स. सूर्यापूरा वडा नं. ६ वस्ने साविक जग्गा धनी राम अघोर थारु समेतका फांटको जग्गा उखडामा कमाई खाई आएको जग्गाको जिल्ला अदालत रुपन्देहीवाट मिति २०४५।८।१४ को निर्णयले अरु कित्ताको जग्गा यस कार्यालयको निर्णयवाट दा.खा. भई प्र.पु. प्राप्त गरी सकेको र ऐ. वडा न. ६(क) को कि.नं. २४९ मा कुनै विवाद नभै दा.खा. हुन वांकी रहेको र २८८ मा गा.वि.स. सूर्यपूराको तर्फवाट विवाद भै जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलि २०४७।७।२७ मा निर्णय भएको र सो निर्णयमा चित्त नवुझी पुनरावेदन अदालत वुटवलमा मुद्दा चलि त्यहांवाट पनि २०४८।१२।११।३ मा फैसला भएको हुंदा जिल्ला रुपन्देही सूर्यपूरा गा.वि.स.वडा नं. ६क कि.नं. २४९ को क्षे.फ. ०–०–८ र ऐ.ऐ. वडा नं. ६क कि.नं. २८८ क्षे.फ. ४–१६–१ समेत जम्मा जग्गा ४–१६–९ दा.खा. गरी प्रमाणपत्र पाउनको लागि निवेदन गरेको छु भन्ने समेत व्यहोराको राम सुरतप्रसाद वरईको मालपोत कार्यालय रुपन्देहीमा दर्ता भएको निवेदन । ३. राम सुरतप्रसाद वरइले यसै गा.वि.स. वडा न. ६क कि.नं. २८८ ऐ. २४९ को जग्गा २०२१ सालदेखि जोत भोग गरी आएका र निजको नाममा उक्त कि.नं. का जग्गाहरु उखडा विशेष अदालतवाट समेत फैसला भएको हुंदा हालसम्म पनि निजले उक्त कि.नं. का जग्गाहरु आफ्नै भोगचलनमा लिएका हुंदा उक्त कि.नं का जग्गा निज राम सुरतप्रसाद वरईका नाममा नियमानुसार दर्ता गरी गराई दिनु हुन अनुरोध साथ सिफारिश गरिन्छ भन्ने सूर्यपूरा गा.वि.स. को मिति २०५२।२।१२ को सिफारिश पत्र । ४. श्री ५ को सरकारको नाउंमा दर्ता भैसकेको जग्गा निवेदकको मागदावी वमोजिम निजका नाममा दर्ता गर्न नमिल्ने र कि.नं. २४९ को हकमा पनि निवेदकले दुवै कित्ता जग्गा एकै पटक दर्ता गर्न भनी सनाखत गरेका विरहमा झाडी समेत देखिएको हुंदा दर्ता गर्न मिल्ने नदेखिंदा प्रस्तुत निवेदनका दायरी लगत कटृा गरी तामेली फांटमा वुझाई दिने र निवेदकलाई जानकारी दिनु