निर्णय नं. ७१७७ - निषेधाज्ञायुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१७७ - निषेधाज्ञायुक्त परमादेश भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/०३ ४०३९ निर्णय नं.७१७७ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत् २०५८ सालको रि.नं. ७३९४ आदेश मितिः २०६०।१।३।४ मुद्दा :– निषेधाज्ञायुक्त परमादेश । पुनरावेदक निवेदकः रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वार्ड नं.६ दयापथ बस्ने शंकरप्रसाद विश्वकर्मा विरुद्ध प्रत्यर्थी विपक्षीः ऐ.ऐ वार्ड नं. ७ स्थित नेपाल बैंक लिमिटेड, सिद्धार्थनगर शाखा भैरहवा समेत § ऋणीले तमसुक गरिलिएको ऋण भाखाभित्र ऋणीबाट असुल उपर गरिलिनु र सो म्याद भित्र ऋणीले सांवा ब्याज नबुझाएमा धितो रहेको सम्पत्ती बाणिज्य बैंक ऐन , २०३१ को दफा ४७ (क ) (१) बमोजिम लिलामीको सार्वजनिक सुचना प्रकाशित गरी लिलामी प्रकृया अगाडि बढाउनु गैर कानुनी मान्न नमिल्ने । § ब्याज हकमा अन्य र ऋणीहरुले पाए सरह्को सुविधा मैले पनि पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्द बन एउटा व्यापारी संस्था भएकोले ऋणी र बैंक बीचको समजदारीबाट मात्र ब्याज मिनाहा वा घटी कायम गर्न सकिने पारिपाटी देखिएकोले पुनरावेदकले यसलाई अधिकारको रुपमा प्रस्तुत गर्न सक्ने अवस्था नदेखिने। § बैंकबाट लिएको ऋण साँवा र ब्याज सेमत पुनरावेदकले नबुझएको अवस्थामा धितो रहेको सम्पत्ती लिलाम गरी ऋण असुल गर्ने प्रकृया अनुसार लिलामी सुचना प्रकाशित गरेको बिपक्ष बैंकको कार्यबाट निवेदकको हकाधिकारमा आघात पर्ने अवस्था बिद्दमान नदेखिदा निवेदन खारेज हुने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिदा सदर हुने । निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५७।४।३२ को फैसला उपर निवेदक पक्षको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. मिति २०५६।१०।९ मा प्रकाशित गोरखापत्रको नेपाल बैङ्क लिमिटेडको घर जग्गा लिलाम विक्रीको सूचना भन्ने शीर्षक अन्तर्गतको घरेलु उद्योग ४८।८७ भै शंकर काष्ठ कार्यालय सि.नं. पा. वार्ड नं. ६ गल्ला मण्डिको प्रो. शंकरप्रसाद विश्वकर्माको धितो सुरक्षण विवरणमा उल्लेखित जिल्ला रुपन्देही सि.न.पा. वार्ड नं. ६ दयापथ टोलस्थित नापी नभएको मालपोत कार्यालय रुपन्देहीको रसिद नं. १३६५ को क्षेत्रफल ०–०–६ जग्गा र सो मा बनेको घर समेत उल्लेख भएको सम्पत्ति म निवेदकको हो, सो सम्पत्तिलाई विपक्षीहरु मिली लिलाम गर्ने पूर्ण शंका लागेको छ । शंकर काष्ठ उद्योगको लागि सो जग्गा धितो राखी रु.५०,०००।– कर्जा लिएको र रु.१२,७२८।– पटक पटक गरी बुझाएको छु र साँवा रु.५०,०००।– र ब्याज रु.५०,०००।– बुझाउने छु, धितो फुकुवा गर्नुहोस् भन्दा नमान्नु भएकोले मेरो गाँसबास उठाउने शंका भैरहेको छ । मेरो ७ (सात) लाख पर्ने सम्पत्ति मूल्यांङ्कन नैं नगरी लिलाम गर्ने सूचना प्रकाशित भएछ र के कति रकम लिनदिन बाँकी रहेको भन्ने कुरा सूचनामा लेखिएको छैन । यस्तै अवस्थामा अरुले ब्याज मिन्हा पाएको भै साँवा मात्र बुझाउने सुविधा मलाई विपक्षीहरुले दिनु भएको छैन । तसर्थ विपक्षीहरुका नाउँमा लिलाम बिक्री नगर्नु भन्ने अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पटक पटक भौचरअनुसारको रकम कट्टा गरी तिर्न बुझाउन पर्ने रकम बुझी धितो फुकुवा समेत गरी दिनु भन्ने समेत निवदेनको निवेदन दावी । ३. वाटाका