निर्णय नं. ७१७८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१७८ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०१/०४ २८१४ निर्णय नं.७१७८ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत् २०५४ सालको फौ.पु.नं.२६७८ सम्बत् २०५७ साल फौ.सा.नं.३५१ फैसला मितिः २०६०।१।४।५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला धनुषा धनौजी गा.वि.स.वडा नं.७ मा घर भै हाल जिल्ला प्रशासन कारागार शाखा महोत्तरीमा थुनामा रहेको राजकुमार मण्डल बिरुद्ध प्रत्यर्थी वादीः वीरेन्द्र झाको जाहेरीले श्री ५ को सरकार वादीः वीरेन्द्र झाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रतिवादीः जिल्ला धनुषा धनौजी गा.वि.स.वडा नं.७ मा घर भै हाल जिल्ला प्रशासन कारागार शाखा, महोत्तरीमा थुनामा रहेको राजकुमार मण्डल § प्रतिवादीको अधिकार प्राप्त अधिकार समक्ष भएको बयान स्वेच्छाको होइन भने पनि त्यसको पुष्टि गर्न नसकेकोले प्रहरीमा भएको सावितीलाई लास बरामद भएको स्थिति, लास जाँच प्रकृति, लास जाँच विवरण समेतबाट समर्थित भएको स्थिततिमा सा साविती र त्यसबाट स्वभाविक रुपले देखिएको कुराहरु प्रमाणमा लिन मिल्ने देखिने । § सर्जमिनका मासनस समेतले अदालतमा उपस्थित भै बकपत्र गर्दा प्रतिवादी राजकुमारले मारेको हो भनी पोल गरी बकपत्र गरेको समेतका कारण प्रमाणबाट प्रतिवादी राजकुमार मण्डलले अघनु मण्डललाई कर्तव्य गरी मारेको कुरा पुष्टि हुन आएकाले पतिवादी राजकुमार मण्डललाई जन सम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको शुरुको फैसल सदर गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेकै देख्रिंदा सदर हुने । पुनरावेदक तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, जनकपुरको मिति २०५६।३।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पर्न आएको पुनरावेदन र न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक समेत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. जिल्ला धनुषा धनौजी गा.वि.स.वडा नं.७ स्थित राम सागरको घर घडेरी दक्षिणमा रहेको सुर्जा मण्डल खत्वेको चौकी आंगन भएको सो घरहरु मध्ये पूर्वबाट पश्चिमतर्फ फर्काएको २ कोठा भएको घर रहेको सो कोठाको बिचमा रहेको बाँसको टाटी मूनि अं.२ फिट माटो देखि तल मृतक अघनु मण्डललाई घाँटीमा डोरीको पासोले कसी कर्तव्य गरी मारी खाल्टो खनी गाडी लास फेला परेको भन्ने समेत लास जाँच मुचुल्का । ३. मेरो बाबुको आज भन्दा १०/११ वर्ष पहिला नै मृत्यु भैसकेको थियो । मेरो आमा परमेश्वरी र मृतक अघनु मण्डल बीच शारीरिक यौन सम्पर्क हुन थालेको थाहा पाई पटकपटक झगडा समेत भएको र निज आमासँग रामदेव यादव समेतसँग पनि यौन सम्र्पक हुन थालेको भन्ने हल्ला सुनेको तर मलाई थाहा थिएन । मिति २०५४।१।१० गते हामी खत्वे जातीको मडोकारी पूजा गर्नको लागि सबै जना जम्मा भई बसी छलफल गरी गण्डामा बसेको थियौं, त्यतिकै बेला रामदेव यादवले बोलाई तिम्रो आमासँग अघुनीको यौन सम्बन्ध छ । गाउँघरमा बदनाम भै सक्यो तिमीहरु केही गर्दैनौं भनि भनेबाट निजसँग मैले के गर्न सक्छौं भन्दा आज तिमीहरु मेरो साथमा बस तिम्रो आमासँग यौन सम्पर्क गर्न अघुनी मण्डल आउछ । त्यही मौका पारी खतम गर्नु पर्दछ भनी सल्लाह गरे केही छिनपछि अघुनी मण्डल आमाको कोठामा आई अं.१०:१५ मिनेट बसी कोठाबाट बाहिर निस्की आफ्ना घरतर्फ जान लाग्दा म रामदेव यादव समेतले समाती सुर्जा मण्डलको घर भित