निर्णय नं. ७१७९ - ठेक्का कवुलियत नामा बमोजिमको वांकी रकम असुल गरि पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१७९ - ठेक्का कवुलियत नामा बमोजिमको वांकी रकम असुल गरि पाउं भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१२/१९ ३१६० निर्णय नं ७१७९ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत् २०५७ सालको दे.पु.नं. ६६७१ फैसला मितिः २०५९।१२।१९।४ मुद्दाः ठेक्का कवुलियत नामा बमोजिमको वांकी रकम असुल गरि पाउं । पुनरावेदक वादीः महेन्द्रनगर नगरपालिका कार्यालय महेन्द्रनगरका तर्फवाट ऐ. कार्यालयका सचिव माथवर सिंह थापा विरुद्ध विपक्षी प्रतिवादीः कन्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका वडा नं. ४ वस्ने केशवराज शर्मा § नगर पञ्चायत अविछिन्न उत्तराधिकारवाल स्वशासीत र संगठीत संस्था एवं व्यक्ति र चल अचल सम्पत्ति प्राप्त गर्ने भै खरिद विक्री गर्न सकनुका साथ साथै ब्यक्ति सरह अफ्नो नाउँवाट नालेस उजुर गर्न सक्ने संस्था भएकोले त्यस्तो स्रस्थाले ठेकेदारसँग गरेको ठैकक सम्बन्धी कामहरु सरकारी ठेक्क बन्दोवस्त ऐन, २०२० अन्तर्गत भए गरेको मान्न नमिल्ने । § प्रतिवादीले २०४५६ साल चैत्र मसान्त भित्र चौथो किस्ता बुझाउने लिखित सहमती जनाई रहेकोमा नेपाल भारत सिमानामा नाकाबन्दी भएको कारण शर्त बमोजिमको काम सम्पनन हुन नसकी चैत्र मसान्तसम्म किस्ता बुझाउन नसकेको र तेश्रो किस्ताको बाँकी रकम र चौथो किस्ता मिन्हाको लागि दिएको निवेदनमा नगरपञ्चायतले मिन्हा नदिने भनिसकेपछि पुनरावेदक वादीहरुलाई चैत्र मसान्त देखिनै मुद्दा गर्नुपर्ने कारण सिर्जना हुने। पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५६।९।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. तत्कालीन म.न.न.पा.को मिति २०४५।२।२८ का प्रकाशित सूचना अनुसार आ.व. २०४५।०४६ को लागी व्यापार सवारी कर तथा विश्राम कर संकलन गर्न २०४५।३।२० गते रु १७,२५,०५१।५१ मा विपक्षी केशवराज शर्माका नाउंमा ०४५।३।२२ गते निर्णय गरेको थियो । ०४५।३।२० गते तत्कालीन म.न.प. का र विपक्षी विच कवुलियतनामा भै नियमानुसार कर वुझाउने गरी ०४५।४।३१ गते विपक्षीलाई ठेकका बट्टा पुर्जि प्रदान गरियो, कवुलियतनामा बमोजिम पहिलो किस्सा रु ४३१२६२।८७ दोश्रो किस्सा रु ४३१२६२।८७ र तेश्रो किस्सा मध्ये रु १९०९६५। गरि जममा रु १०५३४९१।४२ वुझाई सक्नु भएको र तेश्रो किस्ता मध्ये रु २४०२९७।१९ र चौथो किस्सा रु ४,३१,२६२।८७ गरी जम्मा रु ६७१५६०।०९ विपक्षीले हाल सम्म वुझाउनु भएको छैन । यसरी कवुलियतनामा बमोजिम बुझाउनु वांकी रु ६७१५६०।०९ र सो को व्याज रु ६५२२४१।२४ मुद्दा फैसला हुंदा सममको व्याज र मुद्दा दर्ता गर्दा राखेको कोर्टफि समेत विपक्षीवाट भराई पाउं भनने व्यहोराको फिराद पत्र । ३. विपक्षीले मलाई दुःख हैरानीमा पार्न ०४५।०४६ सालको कुरालाई २०५४ सालमा आई गलत अर्थ लगाई हदम्याद नाघी मुद्दा दिएका छन् । प्रस्तुत मुद्दा प्रमाण मुकररका दिननै खारेज हुनु पर्ने हो । पहिलो र दोश्रो किस्ता वुझाई तेश्रो किस्ता मध्ये रु १,९०,९६५।६८ वुझाएकै समय देखि भारत नेपाल नाका वन्द भई कुनै वाहान सामान आउन नपाई व्यापर सवारी कर तथा विश्राम कर उठाउन नपार्य तेश्रो किस्साको वांकी रकम र चोथो किस्सा मिन्हाका लागी विभिन्न ठाउंमा र अन्य न.पं.ले मिन्हा दिएको सिफारिश पत्र समेत संलग्न राखी लिखित अनुरो