निर्णय नं. ७१८१ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१८१ - मोही नामसारी भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/०९/०३ ६९१२ निर्णय न.७१८१ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५५ सालको दे.पु.नं. ......४३९० मुद्दा :– मोही नामसारी । पुनरावेदक प्रतिवादी : जिल्ला वारा गा.वि.स. तेलकुवा वा.नं. १ वस्ने अवध किशोरप्रसाद ............ विरुद्ध प्रत्यर्थी वादी : ऐ. जिल्ला गा.वि.स. मझरिया वा.नं. ३ वस्ने बन्सी राउत अहिर............... § कुनै पनि ऐनले अघि भोगी वा प्राप्त गरी सकेको सुविधा हक सम्बन्धी काम कुरामा प्रतिकूल असर पार्न सक्दैन । अधिको ऐनबाट प्राप्त हक र सुविधामा असर पार्नको निमित्त उक्त ऐनमा प्रष्ट रुपमा व्यवस्था गरिएको हुनुपर्छ अर्थात भूतलक्षी रुपमा आएको हुनुपर्छ तर प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दोश्रो संशोधनले श्री ५ को सरकारको स्वामित्व भएको जग्गामा मोहियानी हक नलाग्ने सम्बन्धी गरेको कानूनी व्यवस्था भूतलक्षी रुपमा लागू नभै मिति २०२५।७।९ देखि मात्र प्रारम्भ भएको देखिन्छ । यस व्यवस्थाबाट भूमि सम्बन्धी ऐन, २०२१ को दोश्रो संशोधन पूर्वको कानूनी व्यवस्था बमोजिम प्राप्त गरिएको वा भोगी सकेको हक र सुविधा दायित्वमा प्रतिकूल प्रभाव पारेको भन्न नमिल्ने । § पुनारावेदक र पुनरावेदकका दाताले समेत विवादित जग्गा पारित गराई लिँदा वादीलाई ज.घ. स्वीकार गरी जग्गा खरिद गरेको अवस्था समेत देखिनाले शुरुले दावी खारेज गर्ने गरेको इन्साफ उल्टी गरी वादी बमोजिम बाबुको मृत्यु पछि निजका छोरा यी वादी बन्सी राउत अहिरको नाउँमा मोहियानी नामसारी गर्ने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा पु.वे.अ. को इन्साफ सदर हुने । पुनरावेदक प्रतिवादी तर्फबाट : विद्धान अधिवक्ता श्री पिताम्वर सिलवाल प्रत्यार्थी वादी तर्फबाट : विद्धान अधिवक्ताद्वय श्री कमल नारायण दास तथा श्री सतिश कुमार झा अवलम्वित नजिर : फैसला न्या. केदारप्रसाद गिरी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. साविक ज.ध. सेनप्रभाका नाम दर्ता जि. वारा गा.वि.स. मझरियावार्ड नं. ४ कि.नं. ४३ को ज.वि. २–१२–० को मोही मेरो पिता गुदर राउत अहिर हुनु भएकोमा पिताको २०३२ सालमा परलोक भैसकेको र उक्त जग्गा मैले जोती कमाई आएको र जग्गाको आधी वाली उक्त जग्गाको ठेक्का लिने ठेकेदारहरुलाई वुझाई आएकोमा उक्त जग्गा २ दुई कित्तामा विभाजित भै कायम कि.नं. २३४ र २३५ भै ज.ध. सुवर्ण सम्सेर भएकोमा उक्त जग्गा मैले नै जोती आएको उल्लेखित जग्गाको मोही स्व. पिता गुदर राउतको एक मात्र छोरा म निवेदक भएको र स्व. सुवर्ण सम्सेर पछिको हकवाला विपक्षीहरु हुनुभएको हुंदा मेरो नाउंमा मोही नामसारी गरी पाउं भन्ने समेत वादीको निवेदन मागदावी । ३. वादीले दावी गरेको जग्गाको ज.ध. साविकमा सुवर्ण सम्सेर भएको र साविक कि.नं. ४३ कि.का. भै कायम कि.नं. २३४, २३५ कायम भै उल्लेखित जग्गाको ज.ध. म शैलजा राणा सुनिती राणा र देवर रुकुम समसेर राणाको नाममा दर्ता कायम रहेको, वादीका पिता गुदर राउत उल्लेखित जग्गाको मोही नभएको, हाम्रो ससुरा सुवर्ण सम्सेर ज.व.रा.को ३ छोरा जेठो कनक सम्सेर, माहिला कन्चन सम्सेर र कान्छो रुकुम सम्सेर हुन् । ससुरा सुवर्ण सम्सेरलाई राजकाज मुद्दामा तत्कालिन विशेष अदालतको मिति २०१९।३।२२ गतेको फैसलाल