निर्णय नं. ७१८२ - वैदेशिक रोजगार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१८२ - वैदेशिक रोजगार भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/१२/२४ ३२९४ निर्णय न.७१८२ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्वत् २०५५ सालको फौ.पु.नं. .................२१३३ सम्वत् २०५६ सालको फौ.पु.नं. .................२०२२ फैसला मिति :-२०५९।१२।२४।२ मुद्दा :– वैदेशिक रोजगार । पुनरावेदक वादी: फुलगेन यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी :का.जि.का.न.पा.वडा नं. ३० वस्ने उदयवहादुर श्रेष्ठ पुनरावेदक वादी: फुलगेन यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी: का.जि.का.न.पा.वडा नं. १७ क्षेत्रपाटी वस्ने जगदीशवहादुर श्रेष्ठ § प्रतिवादीको वयान हेर्दा प्रतिवादीले वैदेशिक रोजगार मिलाई दिनका लागि रुपैंया लिएको नभई त्यसको वैदेशिक रोजगारमा जाने मानिसलाई हवाई जहाजको टिकटको लागि अग्रीम रुपैयाँ लिएको देखिन आएको हुनाले त्यस्तो ब्यहोरालाई कसूरमा सावित भएको भन्न मिल्ने नदेखिँदा वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ ले यस ऐन बमोजिम इजाजत पत्र नलिई कसैले वैदेशिक रोजगार व्यबसाय संचालन गर्न पाउने छैन भन्ने व्यवस्था गरेको देखिँदा सा् बमोजिम प्रतिवादी जगदीशवहादुर श्रेष्ठले इजनाजत प्राप्त गरी वैदेशिक रोजगार व्यवसाय संचालन नगरी विदेश जान हवाई टिकट मिलाउने काम गर्ने गरेको र प्रतिवादीको सो कार्यले वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४)२) बमोजिमको कसूर गरेको भन्न नमिल्ने । § जाहेरवालाले अदातलमा आई वकपत्र गर्दा प्रतिवादी उदयवहादुरको कसूरमा संलग्नता बारे मौन रही निजबारे उल्लेख गर्न सकेको देखिँदैन । सह अभियुक्त जगदीशबहादुरले उदयबहादुरको समेत कसूरमा संलग्नता रहेको भनी पोल गर्न पनि नसकेको र प्रतिवादी उदयवहादुर अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत वयान गर्दा कसूरमा पूर्णतः इन्कार रही बयान गरेको देखिँदा समेत निजलाई कसूरदार ठहर्‍याउन नमिल्ने । पुनरावेदक वादी तर्फबाट : विद्धान श्री का.मु नायव महान्यायाधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक प्रत्यार्थी प्रतिवादी तर्फबाट : विद्धान अधिवक्ताद्वय श्री पन्ना मान तुलाधर,श्री महादेव यदाव , श्री पवन कुमार जैसवाल र श्री वाल मुकुन्द श्रेष्ठ अवलम्वित नजिर : फैसला न्या. रामनगिना सिंह : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. रारा ट्राभल्स एण्ड टुर्स प्रा.लि. खोली वस्ने जगदीसवहादुर श्रेष्ठले विदेश अरवमा काम गर्ने हो मासिक १५।१६ हजार पाइन्छ भनि विभिन्न प्रलोभनमा पारी म समेतवाट तीन लाख उन्नान्तीस हजार लिई निजले म समेतलाई वैदेशिक रोजगार नदिलाई पटक पटक रुपैंया माग्दा रुपैंया समेत नदिएको हुंदा निजको अफिसवाट रुपैंया वुझेको भरपाई समेत यसै साथ दाखिला गरेको छु । निज उपर कानूनी कारवाही गरि पाउं भन्ने समेत व्यहोराको फुलगेन यादवको जाहेरी। ३. जाहेरवालालाई वैदेशिक रोजगार लगाई दिन्छौं भनि निज जाहेरवालाले आफ्नो र अरु साथीहरुको समेत पासपोर्ट र रु ३,२९,०००।– मेरो अफिसमा जम्मा गरेको हो । ग्लोवल म्यान पावर सप्लाई प्रा.लि. का हिरावहादुरसंग कुराकानी हुंदा भिषा आएको छैन भनि भनेको हुंदा जाहेरवाला समेतलाई वैदेशिक रोजगार लगाई दिन सकिएन भन्ने समेत व्यहोराको जगदीशवहादुर श्रेष्ठले प्रहरी अधिकृत र सरकारी वकिल समक्ष गरेको वयान । ४. जगदीशले मलाई पार्टनर दिन्छु भनी मैले शुरुमा नै पार्टनर स