निर्णय नं. ७१८३ - छुट जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१८३ - छुट जग्गा दर्ता भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०५९/०९/०३ ८५४९ निर्णय न.७१८३ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत २०५५ सालको दे. पु. नं...........४८०२ मिति :-२०५९।९।३।४ मूद्दा :– छुट जग्गा दर्ता । पुनरावेदक प्रतिवादी: जिल्ला महोत्तरी मटौलिया गा. वि. स. वडा नं. ४ बस्ने पवित्रा देवी यादवनी बिरुद्ध प्रत्यर्थी वादी: ऐ. ऐ वस्ने भक्ति यादव § मालपोत ऐनको दफा ७(२) बमोजिमको विवादमा मालपोत अधिकृतले जग्गा नाप जाँच ऐन, २०१९ को अधिकार क्षेत्र र कार्यविधि अपनाई निर्णय गर्न ती दुवै एने पृथक अवस्थामा पृथक पृथक उदेश्यका लागि बनेको देखिन आएबाट छुट जग्गा दर्ता गरी पाउँ भन्ने विषयमा मातपोत कार्यालयले मालपोत ऐनको दफा ७(२) कै परिधि भित्र रहि निर्णय गर्नुपर्ने हुन्छ । छुट जग्गा दर्ता गरी पाउँ भनि परेको निवेदनमा दर्ता सम्बन्धमा आपत्ति गरी विवाद उठाएको तेरोमेरोको विवाद परेपछि दुवै पक्षलाई सम्बन्धित अदालतमा गई हक कायम गराई ल्याउनु भनि निर्णय सुनाउनु पर्ने । § मालपोत अधिकृतलाई विवादको जग्गा अस्थायी दर्ता गर्ने र चित्त नबुझे अदातलमा जानु भनि भन्ने अधिकार मालपोत ऐनले प्रदान गरेको नदेखिँदा मालपोत कार्यालयले गरेको मिति २०५३।८।१३ को निर्णय बदर गरी अदालतबाट हक कायम गराई ल्याउन अदालत समक्ष जानु भनी सम्बन्धित पक्षलाई सुनाउनु भनी निर्णय गर्न मालपोत कार्यालयमा पठाउनु पर्नेमा पुनरावेदन नै खारेज गर्ने ठहर्‍याएको पुनरावेदन अदालतको निर्णय मिलेको नहुँदा उल्टी भै बदर हुने । पुनरावेदक प्रतिवादी तर्फबाट : प्रत्यार्थी वादी तर्फबाट : विद्धान अधिवक्ता श्री जयकुमार गोइत अवलम्वित नजिर : फैसला न्या.गोपालप्रसाद खत्री : पुनरावेदन अदालत जनकपुरको मिति २०५४।१०।२१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. गोदावरी देवी कार्कीको नाउँमा दर्ता कायम रहेको ज. न. पा. वडा नं. ७ (ग) कि. नं. ५११ को जग्गा हाल शहरी क्षेत्र नापीवाट नाप नक्सा हुँदा ऐ. वडा नं. ७ सिट नं. १३९५–११ कि. नं. ३७ को ज. वि. ०–०–७–१ र ज. न. पा. वडा नं. ७(ग) सा. कि. नं. ५११ को जग्गा वार्ड नं. ७ सि. नं. १६९–१३९५–११ को कि. नं. ३३ समेतको जग्गाको जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयको च. नं. ४७०२ मिति ०५२।२।४ को यस कार्यालयको नाउँमा पठाएको पत्रानुसार मेरा नाउँमा जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलव्ध गराई पाउँ भन्ने भक्ति यादवको निवेदन । ३. पारित राजीनामा गुठी कार्यालयको दाखिल खारीजको पत्र, धनुषा जिल्ला अदालतको फैसला नक्सा विवरण ज. न. पा. को सिफारिश र सर्जमिन समेतवाट गोदावरी देवी कर्णसँग खरिद गरी लिएको साविक ज. न. पा. वडा नं. ७ कि. नं. ५११ हाल शहरी नापी अनुसार कायम ज. न. पा. वडा नं. ७ सिट नं. १३९५–११ कि. नं. ३७ ज. वि. वि. ०–०–७–१ ऐ. कि. नं. ३३ को ज. वि. ०–०–३–२ र कि. नं. ३७ कै उत्तर तर्फको जग्गा समेत निवेदक भक्ति यादवको हक भोग भित्रको भन्ने वलियो प्रमाण मिसिल सँलग्न रहेको हुँदा निजको नाउँमा अस्थाई दर्ता गरि चित्त नबुझ्नेलाई सम्वन्धित अदालतमा ३५ दिन भित्र जान सुनाई दिने भन्ने मालपोत कार्यालय धनुषाको मिति ०५३।८।१३ को निर्णय आदेश । ४. गुलाई राउतले रविन्द्र महासेठ उपर दिएको ज. खि. मुद्दामा नाप नक्सा हुँदा मेरो जग्गा समेत नाप नक्सा भएको र रविन्द्रले म उपर