निर्णय नं. ७१८५ - कर्तब्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१८५ - कर्तब्य ज्यान भाग: ४५ साल: २०६० महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/०२/०८ २९२९ निर्णय न.७१८५ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत २०५९ सालको साधक नं. ….४२५ सम्बत २०५९ सालको निवेदन नं. … १११० फैसला मिति : २०६०।२।८।५ मुद्दाः– कर्तब्य ज्यान । वादी : मुराती केवटीनको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रतिवादी : रुपन्देही जिल्ला असुरैना गा.वि.स. वडा नं. १ बस्ने सन्तोषी केवट § प्रतिवादी सन्तोषी केवट र नीजको देखि जान्ने साक्षीको कुरा एक आपसमा मिल्न भिड्न नआएको देखिँदा नीज प्रतिवादी सन्तोषी केवटको अदालतको इन्कारी वयान प्रतितलायक नदेखिने । § प्रतिवादी २०५३।२।२८ पश्चात जाहेर मिति २०५३।३।७ सम्म एकाघरकी बुहारीको खोज खबर नगरी मौन बस्नु, जाहेरीमा उल्लेखित स्थानबाट लास भेटिनु मृतकका कपालका रौंहरु विषको प्रभावले झर्नु, समेतका परिस्थितिजन्य तथ्य प्रमाणबाट यी प्रतिवादीले अभियोग दावीको कसूर गरेको होइन रहेछन् भन्न नसकिँदा निज प्रतिवादीलाई अभियोग दावीको कसूर गरेको ठहराई अभियोग दावी बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको शुरु फैसला सदर गरेको पुनारावेदन अदालतको फैसला मिलेकै देखिँदा साधक सदर हुने । वादी तर्फबाट : प्रतिवादी तर्फबाट : अवलम्वित नजिर : फैसला न्या. केदारप्रसाद गिरी : न्याय प्रशासन ऐन, २०४८ को दफा १० अन्तर्गत साधक जाँचको लागी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. वर्ष २० उचाई ४ फिटकी १ छोरीकी आमा प्रभावती केवटीन मेरी छोरीलाई विपक्षी मध्येका सदानन्दन केवटले ०५३।२।२८ गते राती फकाई मोल रु ६००।– पर्ने १/१६ तोलाको सुनको नथुनी मोल रु १६०।– पर्ने चाँदीको फुली १ थान नगद रु १००।– गरी जम्मा ८६०।– को नगद एवं चल सम्पत्ति सामान समेत सँगै साथमा लिई नमालुम मेरो घरवाट कहा लापत्ता गरि दिएकोले दुवै जना विपक्षीहरु सदानन्द केवट र सन्तोषी केवटलाई झिकाई मेरी छोरीको खोज तलास गराई सामान समेत दिलाई पाउँ भन्ने मुरातीकेवटले दिएको हुलिया निवेदन । ३. सदानन्द केवटले भारतको आफन्त घरवाट भगाई ल्याई मेरी छोरी प्रभावतीलाई स्वास्नी वनाई राखेको थिए । ०५३।२।२८ देखि निजको घरमा मेरी छोरी नभएपछि छोरीलाई कतै वेपत्ता पारेकी भनि खोज तलास गरी पत्ता लगाउँदै थिए, घरमा मेरी छोरी सौता हुन गएको कारणवाट नै छोरीलाई कुटपिट एवं गाली गलौच गर्ने गर्दथे निज छोरीलाई मार्नु पर्ने कारण घरमा जेठी श्रीमती भएकी र निजका छोरा छोरी समेत भएको कारणवाट घर परिवारको मिलोमतो सहमतीवाट मारी जि. रु असुरैना गा. वि. स. वार्ड नं. १ वनरहवा स्थित गाउँको दक्षिण पट्टी निज सन्तोषी केवटको खेतको सव्जी पानी सिंचाई गर्ने चौका इनारामा माटोमा पुरी जमिनसँग वरावर रहेको देखेकी हुँदा मेरी छोरी प्रभावती केवटलाइ सन्तोषी केवट र निजकै छोरा सदानन्द केवट समेतले मारी पुरेकोमा पूर्ण विश्वास लागेकोले निजलाई पक्राउ गरी कारवाही गरी सो घटनामा अन्य मानिसहरु सँलग्न भए निजहरुवाटै खुलाई कारवाही समेत गरी पाउँ भन्ने मुराती केवटले दिएको जाहेरी दरखास्त । ४. जिल्ला रुपन्देही असुरैना गा. वि. स. वडा नं. १ वनरहवा स्थित सन्तोषी केवटको खेतमा रहेको साग सव्जीमा पानी निकाली सिंचाई गर्ने महडा चौडा रहेको सो पुरै माटोले पुरी जमिनसँग वरावर रहेको सो जमिनमा पूर्व दक्षिण तर्फको भागमा २ ठाउँमा दवि कुनै जन्तुले खोतले जस्तो देखिएको सो ठाउँमा प्रहरीद्व