निर्णय नं. ७१८७ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१८७ - लेनदेन भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/१२ ७९३८ निर्णय नं.७१८७ ने.का.प.२०६० अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्बत् २०५९ सालको दे.पू.इ.नं. .....६१ फैसला मितिः २०६०।३।१२।५ मुद्दा :– लेनदेन । पुनरावेदक वादीः जिल्ला मकवानपुर चित्लाङ गा.वि.स. वडा नं. ९ वस्ने मदनवहादुर थापा विरुद्ध बिपक्षी प्रतिवादीः ऐ.वडा नं. ७ वस्ने खिन्द्रवहादुर थापा क्षेत्री § कपाली तमसुक र करारनामाको लिखत अलग अलग ब्यवहार प्रमाणका लिखत भएतापनि यिनै दुई पक्षका वीच यी दुई लिखत भएको र पहिले कपाली तमसुक गरी रुपैया लिनु दिनु भएको र पछिबाट रुपैया कर्जा लिने ऋणीलाई नै रुपैया दिई निजको जग्गा पास गरि लिने शर्त राखी करारनामाको लिखत भएको देखिई यी दुई लिखत अलग अलग प्रकृतिका हुने भएपनि लिखतका पक्षहरु एउटै र यिनै पक्षहरुका वीचको व्यवहार मिलाउन भए गरेको देखिएवाट वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको इन्साफ सदर गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने । (प्र.न. १६) निवेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री तुल्सी भटृ विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री मनोज दवाडी अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :- २. बिपक्षीले मबाट व्यापार व्यवसाय गर्न भनि मिति ०५०।११।२४ गते कपाली तमसुक लेखी रु. ४३,८७५।– कर्जा लिनु भएकोमा भाखा भित्र साँवा ब्याँज नबुझाएकोले लिखत मितिवाट फिराद मिति सम्मको हुने ब्याज रु. ९,०९३।५० र साँवा समेत गरी ५२,९६८।५० साथै विगो भरी भराउ हुने अवस्था सम्मको ब्याज र कोर्ट फी समेत दिलाई भराई पाउँ भन्ने व्यहोराको फिरादपत्र । ३. वादी दावीको रु. ४३,८७५।– को सम्बन्धमा बिपक्षी र मेरो वीच २०४९।२।५ मा कपाली तमसुक गरी लिए दिएको थियो । सो कर्जा मैले चुक्ता गर्न नसकेको हुँदा कागज फेरी भाखा बढाउने सहमति भई ०५१ साल भाद्र मसान्त सम्ममा बुझाउने मिति ०५०।११।२४ गते कागज फेरेको थियो । ०४९।२।५ को कट्टा तमसुक म सँग छ । तत्पश्चात बिपक्षीले ताकेता गरी राखेको हुँदा रु. १५,०००।– बुझाइसकेको र बाँकी रु. २९,०००।– वापतमा मैले आफ्नो जग्गा बिक्रि गर्ने भनि बिपक्षी र मेरो वीच ०५१।५।१ मा करारनामाको कागज लिनु दिनु भै बिपक्षीले म उपर नालिस गरी हक कायम दर्ता समेत हुने गरी यसै अदालतवाट ०५२।२।२१ मा फैसला समेत भइसकेकोले बिपक्षीलाई कुनै रकम तिर्न पर्ने छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. वादी दावीको मिति २०५०।११।२४ को लिखत र सहिछाप मैले गरी दिएको हुँ । रकमको सम्बन्धमा वादीले पाइसकेकोले तिर्न वुझाउन पर्ने होइन भन्ने व्यहोराको प्रतिवादीको वयान । ५. प्रतिवादीले पेश गरेको फट्टा तमसुकमा लागेको सहीछाप ठिकै हो । तर कागज फेरी फट्टा गरी फाली दिएको तमसुक फेरी जोडी पेश गरेको हुँदा सो प्रमाणमा लाग्ने होइन भन्ने ब्यहोराको वादीको वयान । ६. दावीको लिखत गरिदिएमा प्रतिवादी सावित भएका र रु.१५,०००।– वुझाएको कुनै भरपाइ पेश गर्न सकेको देखिंदैन । करारनामामा पनि कपाली तमसुकको कर्जा वापत जग्गा लेनदेन गरेको भन्ने देखिंदैन । लिखत वमोजिमका रुपैया