निर्णय नं. ८५४८ - दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५४८ - दर्ता बदर दर्ता भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/०८/२८ ५२९१ निर्णय नं. ८५४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री भरतराज उप्रेती पुनरावेदन नं.२०६५–CI–०२९७,०३२६,०८८८, ०८९१ फैसला मितिः २०६७।८।२८।३ मुद्दाः दर्ता बदर दर्ता । पुनरावेदक प्रतिवादीः मालपोत कार्यालय इलामको तर्फबाट मालपोत अधिकृत नेत्रप्रसाद शर्मा विरुद्ध प्रत्यर्थी वादीः इलाम जिल्ला मावु.गा.वि.स. वडा नं. ८ बस्ने बिरे भोटे भन्ने पासाङ्ग दावा शेर्पा पुनरावेदक प्रतिवादीः नेपाल सरकार, भूमिसुधार तथा व्यवस्थापन विभाग, बबरमहल काठमाडौँ विरुद्ध प्रत्यर्थी वादीः इलाम जिल्ला मावु गा.वि.स. वडा नं. ८ बस्ने बिरे भोटे भन्ने पासाङ्ग दावा शेर्पा पुनरावेदक वादीः इलाम जिल्ला मावु गा.वि.स. वडा नं. ८ बस्ने विरे भोटे भन्ने पासाङ्ग दावा शेर्पा विरुद्ध प्रत्यर्थी प्रतिवादीः मालपोत कार्यालय इलाम समेत पुनरावेदक प्रतिवादीः नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय विरुद्ध प्रत्यर्थी वादीः बीरे भोटे भन्ने पासाङ्ग दावा शेर्पा शुरु फैसला गर्ने : मा.जि.न्या.श्री लेखनाथ घिमिरे पुनरावेदन फैसला गर्नेः– मा.का.मु.मु.न्या. श्री पुरुषोत्तम पराजुली मा.न्या.श्री पुरुषोत्तम भण्डारी § कुनै पनि व्यक्तिको सरोकार र सम्बन्ध देखिएको अचल सम्पत्ति सम्बन्धमा प्रतिकूल निर्णय (Adverse Decision) गर्नुपरेको खण्डमा त्यस्तो व्यक्तिलाई संविधान तथा प्रचलित कानूनले उपलब्ध गराएको सम्पत्तिको अधिकारलाई दृष्टिगत गर्दै उचित सुनुवाईको अवसर प्रदान गर्नुपर्ने । (प्रकरण नं.५) § नापीको समयमा कुनै कित्ता जग्गा यो यसको भनी लेखाएकै भरमा त्यो नै हकभोगको निरपेक्ष आधार र प्रमाण हुन सक्दैन । नापीमा सार्वजनिक वा सरकारी पर्ति जग्गा, भीर पाखो वा वनजंगल व्यक्ति विशेषको नाममा नापी गराएकै भरमा सार्वजनिक जग्गाको अस्तित्व समाप्त हुन सक्ने पनि होइन । नापी भएको जग्गाको दावी गर्दा दावीअनुरूपको समर्थित निश्चयात्मक प्रमाण जसको नाममा नापी भएको छ, निजले पेश दाखिल गर्नुपर्ने । § जग्गाको मूल स्रोतमा नै क्षेत्रफल उल्लेख भएको नदेखिएको अवस्थामा वादीले दावी गरेकै भरमा बिनाआधार प्रमाण सोही दावीबमोजिम निर्णय गर्नु मुनासिव हुँदैन । नापी नभएको जग्गा खरीद गरेको र त्यसबाट वास्तविक क्षेत्रफल नखुलेको अवस्थामा राजीनामाको किल्लाभित्र रही खरीदकर्ताले गरेको भोगचलन र बसोवासलाई आधार मानी क्षेत्रफल कायम गर्नु न्यायसंगत हुन आउने । (प्रकरण नं.६) § निजी वन राखेको भन्ने आधारहीन दावीलाई समर्थित प्रमाणको अभावमा विश्वास गर्न नसकिने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री धर्मप्रसाद उप्रेती प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान नायव महान्यायाधिवक्ता श्री प्रेमराज कार्की र विद्वान उपन्यायाधिवक्ता श्री योगराज वराल अवलम्बित नजीरः सम्बद्ध कानूनः § मालपोत ऐन, २०३४ को दफा २४(३) फैसला न्या.मोहनप्रसाद सिटौलाः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पुनरावेदन अदालत इलामको मिति २०६५।५।८।१ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– तीन ढुंगादेखि उत्तर, सीमाना पानी ढलोदेखि दक्षिण, श्रीमाई खोला शीर पूर्व, काला पोखरीको छिपछिपे खोल्सा पश्चिमको मावु गा.पं. वडा नं. ८ मा भएको विखे भञ्ज्याङ भनेको फोकटे र गुराँसे जग्गा थैली रु. २६००।– मा थ.नरसिंहबहादुर थेवेबाट