निर्णय नं. ७१८९ - लिखत दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१८९ - लिखत दर्ता बदर दर्ता कायम भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०२/१५ ३००७ निर्णय नं.७१८९ ने.का.प.२०६० अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी संवत् २०५८ सालको दे.पू.ई.नं. ..४९ फैसला मितिः २०६०।२।१५।५ मुद्दा :– लिखत दर्ता बदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला धरान नगरपालिका वडा नं. १६ घर भै हाल मोरङ जिल्ला विराटनगर उप–महानगरपालिका वार्ड नं.६ बस्ने अमृत कार्की विरुद्ध प्रत्यर्थी वादीः मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वार्ड नं. ९ बस्ने मातृकाप्रसाद कोइराला समेत § मानो चामल छुटृी भान्सा अलग गरी आएको छु भन्ने प्रतिवादीको भनाइ रहेतापनि कुन मिति देखि मानो भान्छा अलग गरी मानो छुट्याई बसेको हो सो कुरा पुष्टि हुने वस्तुनिष्ट प्रमाण देखाउन र पेश गर्न सकेको नदेखिंदा केवल अदालतमा परेको विवादको जवाफ दिने प्रयोजन स्वरुप चलिरहेको मुद्दामा लगाएको प्रतिउत्तरमा लेखिएको जिकिरबाट मात्रै त्यस्तो महत्वपूर्ण र दुरगामी असर दिने विषयवस्तु स्थापित हुन नसक्ने । § विवादको सम्पत्ति सगोलको नभएको निजी आर्जनबाट खरीद गरेको भन्ने प्रतिवादी अजय कोइरालाले प्रतिउत्तर जिकिर लिए पनि सो जग्गा प्रत्यर्थी वादीहरु समेतको अंश हक लाग्ने भनि अंशियार बीचको विवादका सम्बन्धमा शुरु र पुनरावेदन अदालतले गरेको निर्णय उपर यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन समेत नगरी निज प्रतिवादी अजय कोइराला सो फैसलालाई चित्त बुझाई बसेबाट सो फैसला निजको हकमा अन्तिम भै रहेको देखिने । § विवादको जग्गा अंशियारको मन्जूरी वेगर निजहरुको हकमा असर पर्ने गरी लिखत गरी दिन प्रतिवादी अजय कोइरालालाई कानूनले अधिकार प्रदान गरेको छ भन्न नसकिने । § सगोलको सम्पत्ति अंशियाराहरुको मन्जूरी नदेखिए मन्जूर नगर्नेको हक जति फिर्ता हुने लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेको पाइदा वादीहरुको समेत अंश लाग्ने सगोलको सम्पत्ति वादीहरुको मन्जूरी नलिई पारित गरेको मिति २०५१।३।२७ को लिखत मध्ये मन्जूर नगर्ने ६ जना वादीहरुको हक जतिको लिखत बदर गरी यी प्रतिवादीका नाउंमा भएको दर्ता समेत बदर गरी प्रत्यर्थी वादीहरुका नाउंमा दर्ता समेत हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने । (प्र.नं. १५ देखि १७) निवेदक वादी तर्फवाट विपक्षी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।५।२७ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड(क) र (ख) का आधारमा दोहर्याई हेर्ने निस्सा प्रदान भई संयुक्त इजलासका माननीय न्यायाधीशका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. फिरादी मध्ये म मातृकाप्रसाद कोइराला र म मञ्जू कोइराला पति पत्नी हौं । हाम्रो ५ भाइ छोरामा जेठा म फिरादी विमल कोइराला, माइलो म कमलप्रसाद कोइराला, साहिलो प्र. मध्येको डा. अजय कोइराला, काहिलो म विजय कोइराला र कान्छो स्व. सञ्जय कोइरालाको श्रीमती म पुष्पा कोइराला हौं । हामी बिच अंशवण्डा भएको छैन । सबैजना सगोलमा बसी व्यवहार गरी आएका छौं । हामीहरु सगोलमा रहेको अवस्था हामीहरु सबैको सग