निर्णय नं. ७१९१ - उत्प्रेषणको आदेश जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१९१ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/१९ ५२०४ निर्णय नं. ७१९१ ने.का.प.२०६० अङ्क ३.४ विशेष इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५८ सालको रिट नं. .....७६ आदेश मितिः २०६०।३।१९।५ बिषयः उत्प्रेषणको आदेश जारी गरीपाउँ । निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३२ घर भई साविक राष्ट्रिय अनुसन्धान विभागमा निरीक्षक पदमा कार्यरत रही विशेष प्रहरी विभागमा सरुवा गरिएको सिरीश पाठक विरुद्ध विपक्षीः श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय, सिंहदरवार समेत § शान्ति सुरक्षाको प्रत्याभूतिको लागि वनाइएका सवै व्यवस्थाहरु सवैले थाहा पाउनै पर्ने प्रकृतिको हुनुपर्छ भन्न नहुने । § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ को प्रतिवन्धात्मक वाक्यांशले कानून वमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाइएको मानिने छैन भन्ने व्यवस्था गरी कानून वमोजिम गोप्य राख्नुपर्ने ठहर भएका बिषयलाई प्रकाशित गर्न नपर्ने र सवैले सो को जानकारी पाउनु नै पर्छ र पाउने संवैधानिक हक नै हो भन्ने अर्थ गर्न नमिल्ने § विशेष सेवा ऐनको उद्देश्य नेपाल अधिराज्यको सुरक्षा व्यवस्थासंग सम्बन्धित भएको र सो सम्बन्धमा सो ऐनको दफा १२ ले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न श्री ५ को सरकारले आवश्यक नियमहरु वनाउन सक्नेछ र त्यस्ता नियमहरु श्री ५ को सरकारले सार्वजनिक रुपमा प्रकाशन गर्ने छैन भनी गरेको व्यवस्था संविधानको धारा १६ को प्रतिकूल रहेको नदेखिने । § निवेदक जुन सेवामा कार्यरत रहेको हो सो सेवा सम्बन्धी नियमावलीले समान कार्य प्रकृति भएको अन्य सेवामा श्री ५ को सरकारले सेवा परिवर्तन गरी सरुवा गर्न सक्ने र प्रहरी नियमावलीले समेत अन्यत्र सेवावाट सरुवा भई आउन सक्ने कुरालाई स्वीकार गरेको अवस्था देखिन आएवाट यसरी भएको सरुवावाट निवेदकको पेशा रोजगार गर्ने हकमा कुनै आघात परेको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.न. १७ र १८) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(१) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. म निवेदक नेपाल विशेष सेवा ऐन २०४२ को दफा ६ अनुसार २०४६।३।२९ मा सहायक निरीक्षक पदमा शुरु नियुक्ति भै सोही ऐनले निर्दिष्ट र नियमित गरेको सेवा अन्तर्गत बिपक्षी मध्येको राष्ट्रिय अनुसन्धान विभाग र सो विभागका मातहतका कार्यालयमा समेत बसी निष्ठापूर्वक राष्ट्रको सेवा गर्दै आएको र त्यहि सेवाको प्रतिफल स्वरुप २०५३ सालमा निरीक्षक पदमा पदोन्नति पाई कार्य गर्दैरहेको म निवेदक समेतलाई सेवा शर्त र नियुक्तिका प्रक्रिया नै अलग भएको अलग्गै ऐन अन्तर्गतको सेवा परिवर्तन हुने गरि सरुवा गर्न मिल्ने होइन भन्ने समेत व्यहोराको निवेदन समेत पेश गर्दा गर्दै बिपक्षी राष्ट्रिय अनुसन्धान विभागले मिति २०५८।११।२९।४ मा प.सं. १११ प्र.– ५।१७९,९१४ को रमाना पत्र निवेदकलाई वुझाइयो । सो पत्र वमोजिम श्री ५ को सरकार (मन्त्रीपरिषद) को मिति २०५८।९।२५ को निर्णयानुसार तपाईको यस विभागको निरीक्षक पदवाट विशेष प्रहरी विभागको प्रहरी निरीक्षक पदमा सरुवा तथा स्थानान्तरण भएको श्री गृह मन्त्रालयको प.सं. ०५८।५९ च.नं. २७४२ मिति २०५८।१०।२ को पत्र प्राप्त भएको हुँदा आफू सरुवा भएको स्थान विशेष प्रहरी विभागमा हाजिर हुन जान मिति २०५८।१२।१ गते र