निर्णय नं. ७१९३ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१९३ - भ्रष्टाचार भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०५९/११/२६ २७४९ निर्णय नं. ७१९३ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५५ सालको फौ.पु.नं. – २०६४ फैसला मितिः २०५९।११।२६।२ मुद्दाः – भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः सुर्खेत उत्तरगंगा गा.वि.स.वार्ड नं. ८ बस्ने धर्मबहादुर थापा विरुद्ध प्रत्यर्थी वादीः वन कार्यालय सुर्खेतको जाहेरी पत्रले श्री ५ को सरकार § पुनरावेदन अदालत नियमावली, २०४८ मा भएको तेश्रो संशोधन मिति २०५४।१२।१० मा लागू भइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा निर्णय गर्ने अधिकार एक न्यायाधीशको इजलासलाई भएको नदेखिंदा पुनरावेदन अदालत सुर्खेतको एक न्यायाधीशको इजलासबाट प्रस्तुत मुद्दामा मिति २०५४।१२।१८ मा भएको फैसलामा प्रत्यक्षतः अधिकार क्षेत्रको त्रुटि भएको देखिंदा उक्त फैसला बदर हुने । (प्र.नं. १९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी प्रत्यर्थी वादी तर्फवाटःविद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री कृष्णप्रसाद प्रसाई अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत सुर्खेतको मिति २०५४।१२।१८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :– २. यस कार्यालयका लेखापाल धर्मबहादुर थापाले नं. २५१ ख ३ धरौटी खाताबाट रु १,४५,४००।– झिकी हिनामिना गरेको प्राप्त धरौटी स्टेटमेण्टबाट देखिन आएको र यस किसिमको धरौटी कारोवार भएको कार्यालयको श्रेस्ताबाट समेत देखिन आएको हुंदा अनियमित कार्य गर्ने लेखापाल धर्मबहादुर थापालाई आवश्यक कार्यवाही हुन अनुरोध छ भन्ने समेत व्यहोराको जिल्ला वन कार्यालय सुर्खेतको च.नं. १५२३ मिति २०५१।१०।१८ को पत्र । ३. मेरो जिम्माबाट जम्मा रकम रु.१,४५,४००।– हिनामिना भएको भन्ने कुरा सो रकम म आफैले चेक काटी बैंकबाट नगद लिई नामसारी गरेको व्यहोरा सत्य सांचो हो । सो मध्ये रु. ५००।– मिति ०५१।७।१५ मा पविता नेपालीलाई रु.४००।– र कार्यालयको धरौटी खातामा सदरस्याहा रु.१००।– गरेको छु । सो बाहेक अरु रकम मैले नै आफैं व्यक्तिगत काममा लगाएको हुं। सो रकमको चेक काट्दा म र जिल्ला वन अधिकृत हरिनारायण मण्डल समेत जना २ को संयुक्त दस्तखतबाट काटिएको थियो र सोहि आधारमा बैंकबाट भूक्तानी भएको हो । यसरी काटिएको चेकको भुक्तानी रकम म आफैले लिई नास मास गरेको छु । सो रकम मेरो आमा र वहिनी समेत विरामी भै औषधि उपचार गराउन पर्ने र म संग रकम नै नभएको कारणले आमा र बहिनीलाई बचाउनका लागि वाध्य भै कार्यालयबाट चेक काटी रकम निकाली औषधि उपचार गराएको हुं । सो रकम म फिर्ता बुझाउन तयार छु भन्ने समेत व्यहोराको लेखापाल धर्मबहादुर थापाले विशेष प्रहरी अधिकृत समक्ष मिति २०५१।१०।१९ मा गरेको बयान । ४. जिल्ला वन कार्यालयको खाता नं. २५१ ख ३ धरौटीबाट भुक्तानी भएका सबै चेकहरुमा का.मु. जि.वन अधिकृत हरिनारायण मण्डल र लेखापाल धर्मबहादुर थापाले दस्तखत गरेको र निजहरुको दस्तखत भिडाएर नियमानुसार भुक्तानी भएको सक्कलै चेकहरु यसै साथ पठाईएको छ भन्ने समेत व्यहोराको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतको च.नं. ३५४२ मिति ०५१।१०।२० को पत्र । ५. मेरो र लेखापाल धर्मबहादुर थापाको संयुक्त दस्तखतबाट रकम झिकेको भन्ने भनाइ गलत हो । का