निर्णय नं. ७१९४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१९४ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०२/०९ २७८९ निर्णय नं.७१९४ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५७ सालको फौ.पु.नं. – २४०७ सम्वत् २०५७ सालको फौ.सा.नं. .. २९९ फैसला मितिः २०६०।२।९।६ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः पर्वत जिल्ला भोर्ले गा.वि.स.वडा नं.९ घर भई हाल जिल्ला कारागार शाखा पर्वतमा थुनामा रहेको वर्ष २१ को चन्द्रबहादुर मल्ल विरुद्ध प्रत्यर्थी वादीः तीर्थ प्रताप सेनको जाहेरीले श्री ५ को सरकार वादीः तीर्थ प्रताप सेनको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः पर्वत जिल्ला भोर्ले गा.वि.स.वडा नं.९ घर भई हाल जिल्ला कारागार शाखा पर्वतमा थुनामा रहेको वर्ष २१ को चन्द्रबहादुर मल्ल § अ.वं. १८८ नं. को प्रयोग उचित र मनासिव माफिक न्याय सम्पादनको लागि न्यायाधीशको तजबिजको विषय हुनाले आरोपित व्यक्तिद्वारा गरिएको अपराधको संगिनता, अपराध गर्नुपर्ने कारण र अवस्था, अभियुक्तको उमेर, निजको सामाजिक एवं आर्थिक पृष्ठभूमि, निज उपर परिवारको निर्भरता इत्यादि विविध कुराहरु मध्ये सबै वा कुनै त्यस्तो तजविज गर्ने न्यायकर्ताले महत्वपूर्ण राय लगाउन सक्ने । § प्रस्तुत मुद्दामा एकाघरसंग बसेको विवाहिता पत्नी र नावालक ९ महीनाकी छोरीलाई समेत कर्तव्य गरी मारी प्रतिवादी आफू र निजको आमा समेतका परिवार मिली लास दवाउने र आफै खोजी पाउं भनि निवेदन समेत गरी अपराधिक क्रियालाई छली हिड्ने अपराधिक प्रकृतिका प्रतिवादीका हकमा यस किसिमको सुविधा प्रदान गर्नु न्यायोचित नहुने । (प्र.नं. ३५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राजेश्वर आचार्य प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत वाग्लुङको मिति २०५७।२।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) र १० अनुसार पुनरावेदन परी र साधक जाहेरी भई आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. मेरो छोरी गायत्री मल्ल र नाम थाहा नभएकी ९ महिनाकी नातिनी घरमा नभएको कुरा ०५५ साल साउन १३ गते थाहा पाई घरमा गै बुझ्दा निज दुवै आमा छोरी श्रावण २ गते नै घरदेखि हिंडेको भन्ने थाहा हुन आएकोले निज दुवैको हुलिया समेत निवेदन गरेको छु, खोजतलास गरी पाउं भन्ने तिर्थ प्रताप सेनले इलाका प्रहरी कार्यालय त्रिवेणीमा दिएको निवेदन । ३. म निवेदक चन्द्रबहादुर मल्लले तिर्थप्रसाद सेन ठकुरीको छोरी गायत्री मल्ललाई ०५२ साल वैशाख महिनामा विवाह गरी ०५४ साल मंसीरमा निजबाट एक छोरीको जायजन्म समेत भई राम्रो मेलमिलाप गरी बसी आएका थियौं । यस्तैमा यही श्रावण महिनाको २ गतेका दिन श्रीमती गायत्री कुमारी मल्ल बालक छोरी समेतलाई लिई हिडेकी र निज हापमेन समेत भएकी र निजलाई मिसन अस्पतालमा लगी उपचार गरेको थिएं, निज यस भन्दा पनि पहिला भागी माइतमा जाने गर्दैथिइन यस्तैमा निज गायत्रीको बुबा छोरी भेट्न आउनु भयो । माइतमा पनि नभएको थाहा पाई गाउं घरमा खोजतलास गर्दा पनि पत्ता लगाउन नसकिएकोले हुलिया समेत दिई यो निवेदन चढाएको छु खोजतलास गरी पाउं भन्ने व्यहोराको चन्द्रबहादुर मल्लको इलाका प्रहरी कार्यालय भोर्लेमा दिएको निवेदन । ४. मेरो छोरी गायत्री सेनलाई चन्द्रबहादुर मल्लसंग विवाह गरी दिई निजहरुबाट गत २०५४ साल मंसीर महिनामा शिखा मल्ल नाम गरेकी नातीनी समेतको जन्म भएको थियो । छोरी माइतमा जाने आउ