निर्णय नं. ७१९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१९५ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०५९/११/१४ २६०० निर्णय नं.७१९५ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत् २०५८ सालको फौ.सा.नं. ..४०१ फैसला मितिः २०५९।११।१४।४ मुद्दा :– कर्तव्य ज्यान । वादीः माइली तितुङ तामाङको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः धादिङ जिल्ला तसर्पु गा.वि.स.वडा नं. ९ वस्ने मखमली तितुङ § जन्मदाको अवस्था जिउंदो नै रहेको वच्चा लासको प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतवाट वच्चाको मुखमा चुरोटको वट्टाको कागज कोचिएको स्थितिले गर्दा निज प्रतिवादीको कारणले वच्चाको मृत्यु हुन गएको होइन भन्ने स्थिति देखिन नआउने। § कुनै धन सम्पत्तिको लाभ अथवा कुनै रिसइवी साध्नको लागि निज प्रतिवादीवाट सो अपराध भएको नभई गाउं घरको लाजगाल र परिवारको इज्जत वचाउनको लागि आफैले जन्माएको वच्चालाई कर्तव्य गरी मार्नुपर्ने अस्वभाविक कार्य निज कलिलो उमेरको केटीवाट हुन गएको देखिन आएकोले तत्काल निज थुनामा वसेको अवधि ३ बर्ष ८ महिना १४ दिनको सजाय नै पर्याप्त देखिने । (प्र.नं. १८) वादी तर्फवाटः प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन २०४८ को दफा १०(२) वमोजिम साधक जाँचका लागि पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ : – २. मेरी जेठी छोरी अविवाहीता वर्ष १८ को मखमली तितुङ तामाङले ०५६।२।२३ गते वच्चा जन्माई मृत्यूसमेत भएकोले आवश्यक कार्वाही गरी पाउं भन्ने जाहेरी दरखास्त । ३. धादिङ जिल्ला तसर्पु गा.वि.स. वडा नं. ९ स्थित जाहेरवालीको घरमा बोराभित्र पुरानो सुतिको ज्याकेटमा नवजात शिशुको लाश भएको भन्ने घटनास्थल तथा लाश जांच मुचुल्का । ४. काठमाडौं वानेश्वर स्थित लक्ष्मण श्रेष्ठको घरमा काम गर्न वस्दा ०५५ साल आश्विन महिनामा घर धनीकै नाता पर्ने ठमेल तिरको विनोद श्रेष्ठले यौन सम्पर्क गरेकोले ०५६।२।२३ गते आफ्नै घरमा वच्चा जन्मेको र सुरुवालको वायांतर्फको खुट्टाबाट झरेकोले भुईमा ठोकिन गै मृत्यु भएको भन्ने मखमली तितुङको वयान । ५. महिना पुगेको पुरुष जातक वच्चा जन्मेको टाउकोमा इन्जुरीको कारण गिदीमा रक्तश्राव तथा इन्जुरी भै मरेको मुखमा कागजहरु कोचिएको भन्ने पोष्टमार्टम रिपोर्ट । ६. वच्चा जन्माएको कुरा अरुले थाहा पाए गाली गर्छन भनेर लट्ठीले ३।४ चोटी वच्चाको टाउकोमा हाने, वच्चाले मुख खोलेकोले चुरोटको वटृा कोची दिएको हुँ भन्ने मखमलीको ततिम्वा वयान । ७. मखमलीले मेरो घर छोडेको १ बर्ष भयो । निजले मेरो घरमा गर्भ वोके जस्तो लाग्दैन । विनोद श्रेष्ठ भन्नेलाई म चिन्दीन भन्ने लक्ष्मणलाल श्रेष्ठको कागज । ८. जाहेरी दरखास्त, घटनास्थल तथा लाश प्रकृति विवरण मुचुल्का, प्रतिवादीको वयान, लक्ष्मणलाल श्रेष्ठको कागज समेतबाट प्रतिवादीले ०५६।२।२३ गते जिउंदो वच्चा जन्माई लाठाले टाउकोमा हानी मुखमा कागज कोची बोरामा हाली मुलुकी ऐन सम्बन्धी महलको १ तथा १३(३) को कसूर अपराध गरेकोले निजलाई सोही ऐनको सोही दफा १३(३) वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी । ९. का.जि.का.म.न.पा.वडा नं. १० वस्ने लक्ष्मणलाल श्रेष्ठको घरमा काम गर्दा वस्दा ०५५ साल असाज महिनामा लक्ष्मणलाल श्रेष्ठको आफन्त पर्ने विनोद श्रेष्ठले मलाई समाती कोठामा लगी कारणी लेनदेन भयो । सो बेला म रजस्वला भएको ८।९ दिन भएको थियो । ममा गर्भ रहेछ म ०५६ साल