निर्णय नं. ७१९६ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१९६ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०५९/१२/१८ ३१५८ निर्णय नं.७१९६ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५७ को रिट नं. ....३०७२ आदेश मितिः २०५९।१२।१८।३ बिषय :– उत्प्रेषण समेत । निवेदकः ललितपुर जिल्ला ल.पु.उ.म. न.पा.वडा नं. २० बस्ने गणेश शाक्य समेत विरुद्ध विपक्षीः श्री भूमिसुधार कार्यालय, ललितपुर § भूमिसुधार कार्यालय ललितपुरवाट झिकाइएको निर्णय फायल अवलोकन गर्दा, विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने सम्बन्धमा उक्त कार्यालयवाट आवश्यक छानवीन तथा निर्णय गर्दाको अवस्थामा स्पष्ट रुपमा देखिने त्रुटी (Apparent error) भएको देखिन नआउंदा त्यस्तो प्रत्यक्ष त्रुटी विद्यमान नरहेको अवस्थामा कानून वमोजिम निर्णय गर्ने अधिकारीवाट भएको निर्णयको औचित्य (Merit) भित्र प्रवेश गरी यस अदालतले हस्तक्षेप गर्नु मनासिब नहुने। § अघि परेको जग्गा वाँडफाँड मुद्दालाई पछि सृजना गरिएको मोही निष्काशन एवं गुठी सम्वन्धी मुद्दाले प्रभावित गर्छ भन्न नमिल्ने । (प्र.नं. १२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रमेश कुमार मैनाली विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री शरद खडका, विद्वान अधिवक्ता श्री नारायणप्रसाद दवाडी अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ : – २. ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ६(ख) कि.नं. ६२८ को क्षे.फ. ०–१–२ , ऐ.ऐ. कि.नं. ६३५ क्षे.फ. ०–१५–० जग्गा हामी निवेदकहरु दिलवहादुर, गणेश र राजकुमारको नाममा, ऐ. कि.नं. ६५८ को क्षे.फ. २–५–० जग्गा न्हुच्छे विर, तुईसिंह, सानुकाजि र हेमराज शाक्यको नाममा र ऐ.कि.नं. ६४३ क्षे.फ.०–९–० जग्गा तुईसिंह, जुजुभाई, हेमराज समेतका नाउंमा दर्ता रहेको यी जग्गाहरु हामीहरुको नाममा दर्ता भएतापनि दर्तावालाहरुको मात्र एकलौटी हक लाग्ने नभई हामीहरुको समान हक लाग्ने निजी गुठीको जग्गा हो । दर्तावाला गुठियारहरु मध्ये न्हुच्छेवीरले गुठी चलाउन नसक्ने भनि गुठीवाट राजिनामा दिएकोले वांकी दर्तावालाहरुले उपरोक्त कित्ता जग्गाको आयस्थावाट हाम्रा पितापूर्खाको पालादेखि प्रत्येक वर्षको भाद्र अष्टमी यल पंचदानको दिन धानद्रव्य दान गरी गुठी चलाउने गरी आएका छौं । सो जग्गाहरु वीरमायांले जग्गाधनी र मोहीलाई आधा वांडफाड गरी पाउं भनि भूमिसुधार कार्यालयमा निवेदन गरेकी रहिछन् । सो जग्गाहरु वाँडफाँड गर्ने सिलसिलामा कारवाही हुँदै जाँदा राजभाई शाक्यले कि.नं. ६२८ क्षे.फ. ०–१–२ र कि.नं. ६३५ क्षे.फ.०–१५–० जग्गाको हकमा ०५७।१।२८ मा गुठी सम्बन्धी विवाद भई अदालतमा मुद्दा चलिरहेकोले यो मुद्दा मुलतवी राखी पाउं भनि दिएको निवेदनको आधारमा भूमिसुधार कार्यालय ललितपुरवाट मिति ०५७।२।१६ मा मूलतवी राख्ने आदेश भएको थियो । सो आदश वेरीतको भएको भनी वीरमायाले दिएको निवेदनमा पुनरावेदन अदालत पाटनवाट मिति २०५७।३।२२ मा कानूनी आधार नखुलाई हचुवा तवरले मूलतवी राख्ने गरेको ०५७।२।१६ को आदेश त्रुटीपूर्ण हुंदा वदर गरी दिएको छ भन्ने आदेश भयो । उक्त आदेश त्रुटीपूर्ण भएको व्यहोरा उल्लेख गरी सो आदेश वदर गरी पाउँ भनी यस अदालतमा उत्प्रेषण बिषयको रिट निवेदन दायर गरी पूर्पक्षमा रहेका अवस्थामा बिपक्षी भूमिसुधार कार्यालयवाट विवादित जग्गाका मोही र जग्गाधनीमा विवा