निर्णय नं. ७१९७ - वहु विवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१९७ - वहु विवाह भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/१८ ३५११ निर्णय नं.७१९७ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५८ सालको फौ.पु.नं.....२९०७ फैसला मितिः २०६०।३।१८।४ मुद्दाः वहु विवाह । पुनरावेदक प्रतिवादीः जि.वाँके खास कारकाँडो गा.वि.स. वडा नं. ८ वस्ने रत्ना गुरुङ समेत विरुद्ध विपक्षी वादीः निर्मला आलेको जाहेरीले श्री ५ को सरकार § मु.ऐ. विहावारीको महलको ११ नं. मा भएको व्यवस्थावाट थाहा पाएको मिति हदम्याद शुरु हुने र मुद्दा चलाउने सम्बन्धित निकायले थाहा पाएको मिति नै थाहा पाएको मिति कायम हुने देखिन आउने भनी मिति २०५६।८।१७ मा यस अदालतवाट सिद्धान्त समेत प्रतिपादन भै रहेको स्थितिमा हदम्यादको कारण देखाई अभियोगपत्र खारेज गर्ने गरेको शुरु वाँके जिल्ला अदालतको फैसला उल्टी गरी जो जे वुझनु पर्दछ वुझी पुनः इन्साफ गर्नु भनी तारेखमा रहेका पक्ष र मिसिल शुरु वाँके जिल्ला अदालतमा पठाई दिने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने। (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत, नेपालगन्जको मिति ०५८।१।३ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छ । २. घरमा म विवाहित पत्नी हुँदा हुँदै रोमेन्द्र सिंह आलेले सुर्खेत इतराममा वस्ने रत्ना गुरुङ्गलाई दोस्रो विवाह गरी स्वास्नी तुल्याएकोले निजहरु दुवै जनालाई मुलुकी ऐन विहावारीको महल अन्तरगत कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त । ३. म निज रोमेन्द्र सिंह आलेको घरमा ०५४ साल देखि दुध दिने गर्दथे, सोही सिलसिलामा निजको घरमा दुध दिन जाँदा जेठी श्रीमती निर्मला आले र कान्छी श्रीमती रत्ना गुरुङ्गलाई घरमा देखेको हुँ भन्ने समेत व्यहोराको मुनराम यादव समेतले गरी दिएको कागज । ४. रोमेन्द्र सिंह आलेले घरमा निर्मला आले श्रीमती छंदाछंदै रत्ना गुरुङ्गसंग दोश्रो विवाह गरी घरमा ल्याई प्र. रोमेन्द्र सिंह आलेले मुलुकी ऐन विहावारीको महलको ९ नं. विपरीत कसूर गरेको र श्रीमती रत्ना गुरुङ्गले प्र. रोमेन्द्रको घरमा श्रीमती भएको जानी जानी आफुले निजसंग विवाह गरी श्रीमती भै वसेकीले प्र. रत्ना गुरुङ्गलाई र प्र. रोमेन्द्र सिंह आलेलाई ऐ. महलको १० नं. वमोजिम सजाय गरी पाउन माग दावी गर्दै प्र.हरु फरार रहेकोले अदालतवाटै समाव्हान म्याद जारी गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी । ५. मेरो माइती घर सुर्खेत इतराममा भएको र रोमेन्द्र सिंह आले पनि सुर्खेतमा आउने जाने गर्दथे र मेरो माइती घरमा पनि आउने गरेकोले मिति ०५० साल देखि नै निजसंग चिनजान भएकोले हामीहरुको हित्तचित्त मिली मिति ०५५।८।१६ गते मेरो र रोमेन्द्र सिंह आलेको प्रेम विवाह भएको हो । रोमेन्द्र सिंहको स्वास्नी छ भन्ने मलाई थाहा थिएन । मैले निजसंग सोध्न पनि सोधिन । रोमेन्द्र सिंहले पनि वताएनन्, मैले जानी जानी विवाह गरेको होइन भन्ने समेत व्यहोराको प्र. रत्ना गुरुङ्गले अदालतमा गरेको वयान । ६. प्रतिवादी रोमेन्द्र सिंह आलेको नाउँमा जारी भएको म्यादमा हाजिर नभै गुजारी वसेको । ७. प्रतिवादीका साक्षीहरुले गरेको वकपत्र मिसिल सामेल रहेको । ८. जाहेरवालीलाई उपस्थित गराउन लेखि पठाएकोमा उपस्थित नभएको । ९. २०५१ सालमा भएको विवाहलाई जाहेरवाली