निर्णय नं. ८५४९ - उत्प्रेषण परममादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५४९ - उत्प्रेषण परममादेश भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/१०/०४ ३१३७ निर्णय नं. ८५४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६६–WO–०१९७ आदेश मितिः २०६७।११।६।६ मुद्दा :– उत्प्रेषण परमादेश । निवेदकः धादिङ्ग जिल्ला, चैनपुर गा.वि.स वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला मच्छेगाउँ गा.वि.स.वडा नं ६ बस्ने कृष्णबहादुर श्रेष्ठ समेत विरुद्ध विपक्षीः नेपाल टेलिभिजन संस्थान प्रधान कार्यालय समेत § सेवा विधिशास्त्र (Service Jurisprudence) मा कर्मचारीको पक्षमा उदार व्याख्या अपेक्षित छ । कानूनले नै स्पष्ट शब्दमा नपाउने भनी निषेध नै गरेको सुविधा दिन मिल्दैन । तर सुविधा नदिने नै उद्देश्य राखी गरिने व्याख्यालाई अपव्याख्या मान्नुपर्ने । § स्वेच्छिक अवकाश लिन सूचना दिने कर्मचारी कार्यरत् नै छन् भने अन्य कर्मचारीले पाउने तलब वृद्घि समेतका सुविधा नदिने भन्ने तर्क संविधान संरक्षित समानताको सिद्घान्त अनुकूल हुन्छ न त जहिले पनि सुविधा दिने सम्बन्धमा कानूनले प्रत्यक्षरुपमै निषेध गरेको अवस्थामा बाहेक कर्मचारीको हितमा कानूनको व्याख्या गरिनु पर्दछ भन्ने सेवा विधिशास्त्रको आधारभूत सिद्घान्त अनुकूल नै हुने । (प्रकरण नं.५) § नीतिगत रुपमा निर्णय गर्दा कुनै कर्मचारीले सुविधा प्राप्त गर्ने र सोही हैसियतका बढ तलब दिने निर्णय लागू भएपछि अवकाश लिएका यी निवेदकहरूले प्राप्त गर्न नसक्ने भनी अर्थ गरिनु हुँदैन । समानहरूका बीच समानता कायम गर्ने क्रममा कानूनको प्रयोग गर्दा असमान व्यवहार गरिनु हुँदैन । यसो गरिएको देखिन्छ भने त्यसलाई न्यायसंगत मान्न उचित नहुने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वानद्वय अधिवक्ता श्री हरि उप्रेती र श्री नरेन्द्र पाठक विपक्षीहरूको तर्फबाट विद्वान अधिवक्ता श्री रमेश बस्नेत अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१) § नेपाल टेलिभिजन संस्थान, कर्मचारी सेवा शर्त विनियमावली, २०५५ विनियम ५७ क(२) (३), ९९, १०१, ११४, ११५क, ११६ आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ बमोजिम परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– हामी निवेदकहरू नेपाल टेलिभिजन संस्थानमा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरू हौं । नेपाल टेलिभिजन संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, २०५५ मिति २०६५।३।६ मा भएको पाँचौं संशोधनले संस्थानमा कार्यरत् कर्मचारीहरूलाई स्वेच्छिक अवकाशसम्बन्धी नयाँ व्यवस्था गरेको र विनियमावलीको विनियम ११५क(१) बमोजिम संस्थानले मिति २०६५।४।१५ मा एक महिनाको अवधि तोकी स्वेच्छिक अवकाशको सूचना प्रकाशित गरेअनुरूप हामी भिन्न–भिन्न कर्मचारीले विभिन्न मितिमा आवेदन दिएपछि सञ्चालक समितिको मिति २०६५।५।३० को निर्णयबाट २०६५।७।१ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका छौं । स्वेच्छिक अवकाश लिनुभन्दा अगाडि २०६५ आश्विन महिनामा बढ भएको तलबमानअनुसारको रकम भुक्तानी पाउनु पर्नेमा साविक सञ्चालक समितिको मिति २०६५।७।४ को निर्णयविपरीत स्वेच्छिक अवकाश लिनुभन्दा अघि बढ भएको तलब रू.२०००।– र सोअनुसारको सुविधा नदिने गरी हालको सञ्चालक समितिले मिति २०६५।९।२० र २०६६।५।९ मा गरेको निर्णय बदरभागी छ भनी निवेदन गरेका छौं । स्वेच्छिक अवकाश प्राप्त गर्नु अगाडि हामी निवेदकहरू एक तहमाथि बढुवा भई २०६५ आश्विन मसान्तसम्म कार्यालयमा कार्यरत् रहेकै