निर्णय नं. ७१९८ - अदालतको अपहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१९८ - अदालतको अपहेलना भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०५९/११/२८ २४७२ निर्णय नं.७१९८ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०५५ सालको फौ.पु.नं. ....१८७८ फैसला मितिः २०५९।११।२८।४ मुद्दाः अदालतको अपहेलना । पुनरावेदक प्रतिवादीः जि.ध.जनकपुर नगरपालिका कार्यालयका प्रमुख वजरंगप्रसाद साह विरुद्ध विपक्षी निवेदकः जनकपुर नगरपालिका वडा नं. ४ वस्ने रामषिस चौधरी § पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।१०।१२।५ मा निवेदकको माग वमोजिम नक्सापास गर्न मिल्ने वा नमिल्ने भन्ने वारे जो जे वुझ्नुपर्छ आफैले वुझी यथाशीघ्र नक्सापास सम्वन्धी निर्णय गरी दिनु भनी परमोदशको आदेश जारी भएको र सो आदेश वमोजिम जनकपुर नगरपालिकाका प्रमुख समेतले नक्सापास हुने नहुने सम्वन्धमा निर्णय नगरी जग्गाको स्वामित्व र नक्सापास गराउने अधिकार नपाएको भनी परमादेश मुद्दामा प्रश्न र विवाद उठाएको पाइदा पुनरावेदन अदालतबाट जारी भएको परमादेशको आदेशको विपक्षी जनकपुर नगरपालिका कार्यालयले निसंकोच र वस्तुनिष्ठ आधारमा पालना गरेको नपाइने । § नगरपालिकाका प्रमुखका नाउंमा न्याय र सद्विवेक समेतको आधारमा परमोदशको आदेश वमोजिम गरी दिनु भनी पुनरावेदन अदालत जनकपुरबाट आदेश भएको देखिंदा आफ्नो आदेश पालना गराउन अदालतले त्यस्तो आदेश गर्नु न्यायसम्मत नै देखिंदा सो सदर हुने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री विजयकुमार सिंह विपक्षी निवेदक तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५४।११।३ को फैसला उपर जनकपुर नगरपालिकाका प्रमुख वजरंगप्रसाद साहको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः २. जनकपुर नगरपालिका वडा नं. ४ मा अवस्थिति हक भोगको हाल कि.नं. ४० को अधुरो घर जग्गामा पारीवारिक निवास स्थान खुल्ला असुरक्षित तथा चाहिने पर्दा पोश नभएकोले घर निर्माण कर्य पुरा गर्न हेतु २०४९।०५० सालमा तला थप गर्नलाई नियमानुसार लाग्ने दस्तुर समेत घरको नक्सा र रीतपूर्वकको निवेदन जनकपुर नगरपालिका कार्यालयमा दाखिल गरी उक्त नक्सा निवेदनमा आवश्यक सवै प्रक्रिया पुरा भई सो नक्सा मिसिल नं. ७१६ मा जनकपुर नगरपालिका प्रमुखको अन्तिम स्वीकृति मात्र वांकी रहेकोमा प्रमुखलाई उक्त नक्सापास गरी दिनका लागि वारम्वार आग्रह गरेको तर निजले नक्सापास वारे निर्णय नगरी निवेदन समेत लिन इन्कार गरेको हुंदा मिति २०५४।५।२० गतेका दिन हुलाकवाट रजिष्ट्री गरी रीतपूर्वकको निवेदनका साथै परमादेश शुरु दे.नं. २१५ को प्रमाणित फोटोकपी पठाएको छु । निजले फैसला आदेशलाई वास्ता नगरी आज सम्म फैसला आदेश वमोजिम निर्णय गरेको छैन । हकदैयायुक्त घर जग्गामा तल्ला थप गरी श्रीसम्पत्ति उपभोग गर्ने जस्ता मेरो नागरिक अधिकारवाट मलाई वंचित राखी उक्त फैसला आदेशलाई वेवास्ता गरी मनमानी गरेकाले जनकपुर नगरपालिका प्रमुखले संविधान कानूनसम्मत पदीय आचरण नगरेकाले निज माथी कारवाही गर्न हेतु संविधान कानूको संरक्षक हेतु यस सम्मानित अदालतमा निवेदन चढाएको छु भन्ने निवेदक राम अशिष चौधरीको मिति २०५४।६।७ गतेको निवेदन । ३. यसमा के कसो भएको हो ? निवेदकको लेख अनुसार अदालतको अवहेलना आदेशको प्रतिकूल काम गरेको छ छैन ? भएको व्यहोरा खुलाई आदेश प्राप्त भएका मितिले ७ दिन भित्र अदालत