निर्णय नं. ७१९९ - अवण्डा हत्तिनी वण्डा गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१९९ - अवण्डा हत्तिनी वण्डा गरी पाउं भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/०९ ३३८८ निर्णय नं.७१९९ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्वत २०५७ सालको दे.पु.नं. ..७०८५ फैसला मितिः २०६०।३।९।२ मुद्दाः अवण्डा हत्तिनी वण्डा गरी पाउं । पुनरावेदक प्रतिवादीः जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं. १० मौजा जदाहरा वस्ने राम लखन कुर्मीको मु.स. गर्ने कैलासी कुर्मी विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वस्ने राम उग्रह कुर्मी § वादी प्रतिवादी वीच यस भन्दा अगाडि पनि अंश मुद्दा परी २०४२।३।५ मा मिलापत्र भएको भन्ने देखिन्छ । सो मिलापत्रको व्यहोरा हेर्दा चल सम्पत्ति हाडाभाँडा र घर मिन्ही डिहको जग्गा समेत घरसारमा वांडी लिई सकेको र भारतको सम्पत्ति वादीले प्रतिवादीलाई दिएमा नेपालको सम्पत्ति वादीले पाउने भन्ने समेतको व्यहोरा उल्लेख भई मिलापत्रमा उल्लेखित अचल जग्गाको हक वादीको र अरु नेपालको सम्पत्ति प्रतिवादीकै हुने प्रष्ट रुपमा लेखिएको देखियो । अंश मुद्दामा भएको उल्लेखित मिलापत्र समेतवाट यी वादी प्रतिवादी वीच कुनै सम्पत्ति अंशवण्डा गर्न वाँकी रहे भएको अवस्था नदेखिने । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम दोहराउने निवेदनमा निस्सा प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः २. वाजे सर्जुका छोरा राजकुमार, अदैवर र शुलाभ, ३ छोरा भएको, अदैवर र सुलाम समेतका सन्तान अघि नै छुटिृ भिन्न भएको । राज कुमारको छोरा म र विपक्षी भएकोमा यिनै प्रतिवादीले म समेत उपर अंश मुद्दाको फिराद दिई मुद्दा चलेकोमा सराकतको सम्पत्ति मध्ये चल भाडावर्तन र जग्गा घर समेतका विवरण खुलाई २०४२।३।५।४ मा मिलापत्र गरेको सगोलको हतिनी १ जिउ मात्र भएकोले भाग वण्डा लगाउने अनुकूल नमिली वण्डा गर्न वांकी रहेको सगोलको सम्पत्ति भएकोले अव हत्तिनीको मोल गरी वण्डा गरौं भन्दा विपक्षीले नमानेकोले रु.१,५०,०००। पर्ने उक्त हत्तिनीको आधा रु.७५,०००। वरावरको वण्डा छुट्याई दिलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४९।९।१७।६ को राम उग्रह कुर्मिको फिरादपत्र । ३. मिति २०४२।३।५।४ को मिलापत्रमा कुनै पनि चल सम्पत्ति वण्डा गर्न पर्ने वांकी रहेको भन्ने उल्लेख छैन । हत्तिनी वण्डा गर्न छुटेको भए अनिवार्य रुपले अवण्डा भनी लेख्नु पर्ने सो नभएको सो मिलापत्र पनि हात्ती हराएको र सो हात्तीको धनी म मात्र भएकोले तलास गरी जि.प्रहरी कार्यालयवाट मिति २०४७।११।१९।१ मा वुझी लगेको र नारायणी सफारी होटल चितवनमा वहालमा दिएको छु । सम्पत्ति वण्डा हुंदा १२ वोरको १ नाले वन्दुक र रु.१५,०००। नगद विपक्षीले लिई हत्तिनी मेरो भागमा परेको हुंदा वादीलाई वण्डा गर्नुपर्ने होइन । दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको मिति २०५०।१।२।४ को राम लखन कुर्मीको प्रतिउत्तर पत्र । ४. शुरुको आदेशानुसार वुझिएका वादीका साक्षी सूर्य नारायण कर्ण, राम आधारे मिश्र र प्रतिवादीका साक्षी वद्रिप्रसाद कान्हु, प्रमात्मालाल श्रीवास्तवले गरेको वकपत्र मिसिल सामेल रहेछ । ५. २०४२।३।५।४ मा मिलापत्र भएको अंश मुद्दा पर्दाको अवस्थामा विवादको हत्तिनी वण्डा नलागी अवण्डा भै रहेको देखिंदा विवादित हत्तिनी जिवीत भै भौतिक रुपमा वण्डा गर्न नमिल्ने हुंदा त्यसवाट आर्जन ह