निर्णय नं. ७२०० - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२०० - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/३१ २४६६ निर्णय नं.७२०० ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५६ सालको रिट नं. ३८६७ आदेश मितिः २०६०।३।३१।३ विषयः–उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः बारा जिल्ला वतरी गा.वि.स. वडा नं. ६ वस्ने वर्ष ५६ को रामेश्वरप्रसाद यादव विरुद्ध विपक्षीः पुनरावेदन अदालत हेटौंडा समेत § जग्गा जेथा मुचुल्कामा निवेदक स्वयं रोहवरमा रहेको र सो कारवाहीमा चित्त नवुझे १५ दिन भित्र उजुरी गर्नुपर्नेमा म्याद भित्र निवेदन परेको समेत नपाइएकोले निवेदकको उजुरीलाई कानून वमोजिम गर्नु भनी गरेको बारा जिल्ला अदालतको आदेशलाई कायमै राखेको पुनरावेदन अदालत हेटौडाको आदेशमा त्रुटी नदेखिएको र सो आदेश समेतवाट निवेदकको हकमा कानून प्रतिकुल आघात पुगेको नदेखिंदा निवेदकको माग वमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १४) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल र विद्वान अधिवक्ता श्री अरुणकुमार ज्ञवाली विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री मिलनकुमार राई अवलम्वित नजिरः आदेश न्या.कृष्णकुमार वर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(१) र (२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. विपक्षी लोचन साहले आमा सकलीदेवी संग २०४४।७।१९ मा ऋण लिई भाखामा साँवा व्याज नवुझाएकोले निज उपर २०४७ सालको दे.नं. १७६५ को लेनदेन मुद्दा र लिखत कीर्ते भनी प्रतिवादीले भने उपर कीर्ते मुद्दा समेत दायर भएकोमा लेनदेनतर्फ सावा व्याज भरी पाउने र कीर्तेतर्फ दावी नपुग्ने ठहरी वारा जिल्ला अदालतवाट फैसला भई सोही फैसलालाई पुनरावेदन अदालतले २०५७।३।२७ मा सदर गरी अन्तिम भइसकेको छ । लेनदेन मुद्दाको विगो भरी पाउन आमा सकलीदेवीले २०५४।२।२७ मा बारा जिल्ला अदालतमा दर्खास्त दिएकोमा विपक्षी लोचन साहले हामीवाट पाएका जग्गा कित्ताहरु नै देखाई अन्दाजी मोल समेत खुलाउनु भएको थियो । सो को कारवाई हुदै जाँदा २०५४।९।२७ मा तायदाती मुचुल्का र २०५४।१०।१७ मा मूल्याङ्कन मुचुल्का भई लिलामी मिति समेत तोकिएकोमा विपक्षीले विगो वुझाउँछु भनी लिलाम हुन नदिएपछि २०५६।११।१९ को लिलामी तारेख तोकिएको छ । उक्त जग्गाको मूल्याङ्कन अत्यधिक वढी र अवास्तविक हुँदा आमा सकली देवीले वेरीतको मूल्य वदर गरी जग्गाको वास्तविक मुल्य कायम गरी पाउँ भनी २०५५।२।४ मा वारा जिल्ला अदालतमा निवेदन दिएकोमा २०५४।१०।१७ को मोल कायम कागजमा स्वयँ निवेदक रोहवरमा वसी सहीछाप समेत गरेकोले सोही दिन थाहा पाएको हुँदा हुदै २०५५।१।३१ मा नक्कल लिई थाहा पाएको भनी निवेदन पर्न आएको द.स. को ६१ नं. र जिल्ला अदालत नियमावली वमोजिमको म्याद भित्र नपरेको भन्ने आधारमा कानून वमोजिम गर्नु भन्ने जिल्ला न्यायाधीशवाट आदेश भयो । सो उपर अ.वं.१७ नं. वमोजिम पुनरावेदन अदालतमा निवेदन पर्दा २०५५। ६।११ मा सदर हुने आदेश भई २०५६।६।१३ मा लिलामी सूचना गरी गरेको छ र भरी भराउको कारवाही चल्दै जाँदा आमा सकली देवीको २०५६।७।१२ मा मृत्यु भएकोले २०५६।८।७ मा निवेदकले सकार गरेको छु । पुनरावेदन अदालतवाट भएको आदेशलाई वदर गराउने अन्य वैकल्पिक र प्रभावकारी उपचारको अभावमा प्रस्तुत रिट निवेदन मार्पmत यस अ