निर्णय नं. ७२०२ - प्रतिषेध उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२०२ - प्रतिषेध उत्प्रेषण भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०५९/०९/०९ २९१८ निर्णय नं.७२०२ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५४ सालको रिट नं. ३०९७ आदेश मितिः २०५९।९।९।३ मुद्दाः– प्रतिषेध उत्प्रेषण । रिट निवेदकः का. जि. का. म. न. पा. वडा नं. ३० कान्तिपथ स्थिति हिमालय सेक्युरिटिज एण्ड फाइनाइन्स लि. केन्द्रीय कार्यालयका तर्फबाट महाप्रबन्धक भुवनेश्वरप्रसाद शाह बिरुद्ध विपक्षीः जिल्ला प्रशासन कार्यालय, बबरमहल, काठमाडौं समेत § जुन विषयमा उजुरी परेको हो तत् सम्बन्धमा कारवाहीको सिलसिलामा सहयोग समेत गर्ने प्रतिवद्धता दर्शाई निवेदक कम्पनीले जिल्ला प्रशासन कार्यालयमा निर्णय प्रतिलिपि सहित मिति २०५४।१२।१६ मा पत्र पठाएको समेत देखिन आइरहेको अवस्थामा वीत्त कम्पनी ऐन, २०४२ र कम्पनी ऐन, २०५३ को प्रयोजनार्थ कम्पनीको कारोवार सम्बन्धी सक्कल लिखत या संचालक समितिको सक्कल माइन्यूट समेत मगाई परीक्षणका लागि हेर्न सकिने तर आफुकाहाँ अनिश्चित कालसम्म राख्न उल्लेखित कानूनी व्यवस्थाबाट मिल्ने अवस्था नदेखिएको र सो सम्बन्धमा महाप्रवन्धकलाई तारेखमा राख्ने गरेको कार्य समेत कानून अनुरुप भएको भन्न मिल्ने नदेखिदा त्यसरी तारेखमा राख्ने र कम्पनीको सक्कल निर्णय किताब पेश गर्नु भनि मिति २०५४।१२।१० मा गरेको आदेश कानूनसम्मत नदेखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ११) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री लोकभक्त राणा र श्री केशवप्रसाद भटृराई विपक्षी तर्फवाटः सह न्यायाधिवक्ता श्री टिकावहादुर हमाल अवलम्वित नजिरः आदेश न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम यस अदालतमा पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. निवेदक कम्पनीमा सर्वसाधारणको खुल्ला बिक्रीबाट रहेको शेयर मध्ये प्रति शेयर रु.१००।– दरको १०० कित्ता शेयर का.जि.का.म.पा.वडा नं.२१ भोटेबहाल बस्ने गोपाल पि.जोगाईको नाममा रहेकोमा मिति २०५४।११।१० मा ऐ.वडा नं.२१ भोटेबहाल बस्ने शुष्मा जोगाई ले मेरो जेठाजु गोपाल पि जोगाईको नाममा रहेको १०० कित्ता शेयर निज गोपाल पि जोगाई बिरुद्ध झुठा विवरण पेश गरी वंशजको नाताले नेपाली नागरिकता लिएकोमा उजुरी परेको हुँदा त्यस कम्पनीको शेयर निजको नजिकको नातेदार भाई बुहारी भएकोले मेरा नाउँमा नामसारी गरी पाउँ भन्ने समेत निवेदन दर्ता हुन आएबाट संचालक समितिको बैठकबाट निर्णय भए अनुसार सार्वजनिक सूचना प्रकाशित गरेकोमा विपक्षी जिल्ला प्रशासन कार्यालयले शेयर नामसारी गरी पाउँ भनी दिएका निवेदन लगायतका कागजात अनुसन्धानको लागि पठाई दिनु भनी पत्र लेखिएको र निवेदक कम्पनीका महाप्रबन्धक भुवनेश्वरप्रसाद शाहलाई प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार भनी टेलिफोनबाट बोलावट भए बमोजिम उपस्थित भई सम्पूर्ण व्यहोरा सहित अवगत गराइएको र माग भएको सम्पूर्ण कागजात समेत पठाएकोमा पुनः महाप्रबन्धकलाई बयान गराउने बयान नगरेमा थुनामा राख्ने, हातकडी लगाउने धम्की समेत दिई तारखेमा राख्ने काम गरिएको छ । कम्पनीको सक्कल निर्णय समेत उपलब्ध गरी दिन आदेश गरिएकोमा कम्पनीको सक्कल निर्णय किताब वीत्त कम्पनी ऐन, २०४२ बमोजिम पठाउन नमिल्ने जानकारी गराएपछि ३ दिन भित्र सक्कल निर्णय किताब पेश नगरे प्रशासनिक हस्तक्षेप गरिने भनि टेलिफोनबाट भन्ने काम भएको छ । कम्पनीमा रहेको शेयर कसैले दा