निर्णय नं. ७२०५ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२०५ - अंश नामसारी भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०५९/१२/१४ ३६४५ निर्णय नं.७२०५ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५५ सालको दे.पु.नं. .. ५०८६ फैसला मितिः २०५९।१२।१४।६ मुद्दा : अंश नामसारी । पुनरावेदक वादीः जिल्ला नवलपरासी बदौली गा.वि.स. वार्ड नं.५ बेतहानी बस्ने झल्लु भरको छोरा बिपत भर विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐजन बदौली गा. वि. स. वार्ड नं.५ बस्ने बिन्दरावती भर § वादी प्रतिवादी बीच रीतपूर्वकको अंशवण्डाको लिखत नभएको एवं बिक्री ब्यवहार समेत नभएको अवस्थामा केवल भूमि सम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि १ नं. र ७ नं. अनुसूची भरकै आधारमा अंश बण्डाको महलको ३० नं. बमोजिमको ब्यवाहार प्रमाणबाट छुट्टी भिन्न भएको भनी अंश जस्तो नैसर्गिक हकलाई संकुचित पार्नु न्यायोचित नदेखिने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५५।२।२४ को फैसला उपर न्याय प्रशासन एन, २०४८ को दफा ९ बमोजिम वादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. वावु भल्लु भरका २ छोराहरुमा जेठो रामपत भर र कान्छो म विपत भर भएकोमा रामपतको मृत्यु भैसकेको र निजको हक खाने जेठो भोजराज, कान्छो धर्मराज भएकोमा भोजराजको मृत्यु भै निजको श्रीमती विन्दरावती भर नावालक छोरा भिखारी र सुखारी छन् । धर्मराजको मृत्यु भै निजको हक खाने कोही नभै विपक्षी विन्दरावती र म विपत भर २ अंशियार भई आजसम्म एकासगोलमा सगोल सकारतको आर्जनको केही जग्गा विपक्षीको लोग्ने भोजराजको नाउँका दर्ता भएको र केही जग्गा मेरो नाउँमा दर्ता भएता पनि आधि आधि जग्गा घरसारमा वांडफांड गरी भोगचलन गरी आएता पनि रीतपूर्वको बण्डा गरौं भन्दा भन्दै विपक्षीको मृत्यु भएको र विपक्षी अरुको बहकावमा लागी बण्डा गर्न नमानेकोले अंशवण्डाको १, २, ३, ५ र ३५ नं. बमाजिम फिराद गर्न आएको छु । बिपक्षी संग तायदाती फाँटवारी मागीं सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश दिलाई मेरा नाउँमा दर्ता नामसारी गरी कोर्ट फी समेत दिलाई भराई पाउँ भन्ने समेतको वादीको फिरादपत्र । ३. विपक्षीको फिराद दावीसंग म सहमत छैन, विपक्षी मेरो ससुरासंग अघि नै छुट्टी भिन्न भै छुट्टै व्यवहार गरी भु.सु. ७ नं. फारम पनि आफ्नो आफ्नो छुट्टै भरी आएकोले अंशवण्डाको ३० न.ले ब्यवहार प्रमाणबाट छुट्टिएको हुदां वादी दावी खारेज गरीपाउँ भन्ने समेतको विन्दरावतीको प्रतिउतर जिकिर । ४. वादी प्रतिवादी बीच अंशवण्डा नभएको हुदां वादीले अंश पाउनु पर्ने भन्ने वादीका साक्षीहरुको र वादीले प्रतिवादीबाट अंश पाउनु पर्ने हाईन भन्ने समेतको प्रतिवादीका साक्षीहरुको वकपत्र मिसिल सामेल रहेको । ५. अंशवण्डाको ३० नं. मा भएको कानूनी ब्यवस्था बमोजिम वादी प्रतिवादी छुट्टी भिन्न भै अलग बसेको भन्ने कुरा ब्यवहार प्रमाणबाट देखिन नआएकोले वादी प्रतिवादी अघि नै छुट्टी भिन्न भएको भन्ने प्रतिवादीको जिकिर तथ्ययुक्त देखिन आएन । वादीले प्रतिवादीबाट दावी बमोजिम आफ्नो अंश पाउने हुदां वादीले तायदातीमा उल्लेखित सम्पत्तिबाट २ भागको १ भाग सम्पत्ति छुट्याई आफ्नो नाममा दर्ता समेत गराई लिन पाउँने ठहर्छ भन्ने समेत ब्यहोराको नवलपरासी जिल्ला अदालतको मिति २०५४।२।१ को फैसला । ६. हामी वादी प्रतिवादी बीच आ-आफ्नो अंश भागको जग्गा आ-आफ्