निर्णय नं. ७२०६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२०६ - अंश भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/२० ३४८२ निर्णय न.७२०६ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत् २०५५ सालको दे.पु..नं. ५१०३ फैसला मितिः २०६०।३।२०।६ मुद्दाः अंश । पुनरावेदक प्रतिवादीः सुर्खेत जिल्ला उत्तर गंगा गा.वि.स. वडा नं.९ वस्ने कर्णवहादुर गौतम बिरुद्ध विपक्षी वादीः ऐ. ऐ. वडा नं. ८ वस्ने लिलावती वली § वण्डापत्र वदर नभएको स्थितिमा छुट्टी भिन्न भै सकेका भद्रवहादुर र चेतन कुमारवाट वादीले अंश पाउने देखिएन । त्यस वाहेक वाकी एकासगोलमा रहेका प्रतिवादी र कर्णवहादुर, निजकी श्रीमती तुल्सी गौतम तथा छोरा रुद्रवहादुर वादी समेत जम्मा ४ अंशीयारको वीच मात्र वण्डा हुन वांकी रहेको देखियो । यस्तो अवस्थामा अंशवण्डा नभई एकासगोलमा रहेका अंशीयार मध्ये घरको मुख्य प्रतिवादी कर्णवहादुरवाट पेश भएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिवाट वादीले अंशवण्डा छुट्याई लिन पाउने । (प्र.नं. २५) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत सुर्खेतको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी कर्णवहादुर गौतम लोग्ने र म फिरादी स्वास्नी हौ, निज पतीका ४ श्रीमती मध्येमा एउटीवाट रुद्रवहादुर गौतम, एउटीवाट चेतन कुमार गौतम, एउटा वाट भद्रवहादुर गौतमको जन्म भई अरु श्रीमती मरीसकेका हुंदा एक श्रीमती म फिरादी समेत ५ जना अंशियार छौ । विपक्षी पति र मेरा वीचमा मिति ०१७ सालमा विवाह भै निजका साथमा रहदा वस्दा निजका र मेरा सहवासवाट ०१९ साल आषाढ महिनामा एक छोराको जन्म भएकोमा २०२० साल श्रावणमा निज छोराको मृत्यु भै सकेपछि विपक्षी पहिले मलाई राम्रो वोली हुन नदिने राम्रोहात लाग्न नदिने गरी हेला गर्दा पनि मैले सहेर मिति ०२५ साल देखि माइतीमा भाई चक्रवहादुर वलीका घरमा आई ऋण सापट गरी ज्याला मजदुरी गरी जीवन निर्वाह गरी आएकीमा मैले पटक पटक अन्यायीसंग गई खान लाउन दिई राख्नु होस भनी मिति ०५१ साल श्रावण २५ गतेका दिन विपक्षी लोग्नेसंग गई कुरा गर्दा अन्यायी पतिले तंलाई हेरविचार गरी राख्दैन भन्दा त्यसो भए मेरो अंश भाग दिनुहोस भन्दा अन्यायी पतिले अंश भाग पनि दिदैन जहां गै जे गर्न सक्छौ गर भनी जवाफ दिएकाले अन्यायमा परी मुलुकी ऐन अंशवण्डाको महलको १, २, १० क, २८, ३५ नं. का आधार तथा हदम्याद भित्र फिरादपत्र ल्याई आएकी छु । विपक्षी पतिवाट अंशवण्डाका २०, २१, २२, २३ नं. वमोजिम सम्पूर्ण चलअचल सम्पत्तिको फाटवारी लिई हामी ५ जना अंशियार हुंदा सम्पूर्ण सम्पत्तिको ५ भाग लगाई ५ भाग मध्ये मेरो एक भाग अंश दिलाई पाउं भन्ने लिलावती गौतमको फिराद दावी । ३. वादीका माइती दाङ जिल्लामा भै सो ठाउंमा रहदा वस्दा वादीको ३ जना संग विवाह भै सकेको रहेछ, वादी आफ्ना माइती संग सुर्खेतआई वसेको अवस्था निज संग मेरो चिनजान उठबस भै माया प्रेम बसी मैले वादीलाई ०१७ सालमा विवाह गरेतापनि वादी कहिल्यै घरमा नबसी माइतीमा नै बसेको, दावीमा उल्लेख भए वमोजिमको छोरा वादीले आफ्ना माइतीमा नै जन्माएकी र उसको मृत्यु पनि माइतीमा नै भएको, वादी घरमा नवसी माइतीमा नै बसेकीले पटक पटक लिन जांदा मेरो छोरा म¥यो तिम्रो जहान परिवारको सेवा चाकरी गरी म खान सक्दैन म माइतमा नै बस्छु भनी वादीले भन्दा त्यसो भए मैले दिएका